Posted by: metta September 29, 2015
Evil India
Login in to Rate this Post:     0       ?        

भारतको व्यवहार अन्तर्राष्ट्रिय कानुन सम्मत छैन्: प्रा सुवेदी

कान्तिपुर संवाददाता, लन्डन

आश्विन ११, २०७२- लन्डनस्थित कानुनका एकजना ज्ञाता प्रा. डा. सूर्य सुवेदीले भारतले हाल गरिरहेको अघोषित नाकाबन्दी अन्तर्राष्ट्रिय कानुन सम्मत नभएको टिप्पणी गरेका छन् ।

बेलायतको लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक सुवेदीले कान्तिपुरसँग कुरा गर्दै सन् १९६५ को पारवहन सन्धि र नेपाल भारत डब्लुटिओको सदस्य भएका हैसियतले भारतले आपूर्तिमा रोकतोक गर्नु अन्तर्राष्ट्रिय कानुन विपरित भएको उल्लेख गरे ।

भारतले आधिकारिक रुपमा नाकाबन्दी गरिएको नभनेको अवस्थामा नकारात्मक सोच्नु अलिक हतार हुने जनाउँदै नेपाल भारत बुझेका सुवेदीले भने, ‘आधिकारीक नभएपनि व्यवहारत: नाकाबन्दी जस्तो देखिएको छ । यस्तो गर्न अन्तर्राष्ट्रिय कानुनले भारतलाई अनुमति दिंदैन ।’

उनले सन् १९८९ मा भारतले आधिकारिक रुपमै दुईवटा नाकामात्र सञ्चालन गर्न सकिने बताएको उल्लेख गर्दै भने, ‘यसपटक औपचारिक रुपमै नाकाबन्दी गरिए नेपाल यस मुद्दा लिएर डब्लुटिओमा जान सक्छ ।’

http://kantipur.ekantipur.com/news/2015-09-28/20150928202847.html

Read Full Discussion Thread for this article