[Show all top banners]

metta
Replies to this thread:

More by metta
What people are reading
Subscribers
[Total Subscribers 0]
:: Subscribe
Back to: Kurakani General Discussion Refresh page to view new replies
 Evil India

[Please view other pages to see the rest of the postings. Total posts: 63]
PAGE: <<  1 2 3 4  
[VIEWED 33526 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 4 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 09-26-15 8:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 
 
The postings in this thread span 4 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 10-03-15 10:32 AM     [Snapshot: 1742]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

गोर्खे ब्रो, मेरो विचार सुन्न धेरै जिद्दी गरेकोले तिमीले अझै अचार खान नपुगेको हो कि भन्ने लाईराछ
 
Posted on 10-13-15 7:35 PM     [Snapshot: 2124]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

भिसाको निर्णय १५ 'वर्किङ डे'मा भइसक्ने लेखिएकाले राहदानी बेलैमा फिर्ता आउनेमा ढुक्क थिएँ । अक्टोबर ६ तारिखका दिन भिसामा निर्णय भइसकेको र राहदानी लिन सम्बन्धित ठाउँमा सम्पर्क राख्नु भन्ने बेहोराको इमेल आयो । तर लगातार ३ दिन गइसकेँ भारतबाट कुनै पनि कागजपत्र नआएको जानकारीमात्र दिइएको छ । अर्को शुक्रबारसम्म पनि आएन भने मलाई भिसा दिएकै भए पनि काम लाग्दैन ।

भिसा पाउनेमा उति शंका छैन तर १९ तारिखभन्दा पहिले राहदानी हात पर्ला कि नपर्ला भन्ने चिन्ता बढी छ । करिब दुई साता यता भारतबाट राहदानी फिर्ता आएकै छैन रे ! अर्को साता पनि आएन भने मेरो स्विस भिसा पनि खेर जान्छ । आउँछ नै भनेर ढुक्क हुने ठाउँ छैन । भारतमै गएर भए पनि राहदानी संकलन गर्ने भन्दै थिए केही । शनिवारको टिकट छ रे । म त त्यसो गर्ने पक्षमा छैन । सकेसम्म भारतमा टेक्नै नपरोस् । 

भारतको साटो नेपालीको राहदानी पाकिस्तान वा बंगलादेश पठाएको भए पनि यति धेरै अविश्वास लाग्ने थिएन । भिसा आवेदन लिने र फिर्ता बुझाउने ठेकेदार कम्पनीका स्थानीय कामदार भारतीय नै होलान् । कतै तिनकै बेवास्ता वा अरू कुनै कारणले नेपालीलाई दुःख दिनैका लागि यस्तो विलम्ब गराइदिएको त हैन ? हैन होला तर भारतीयहरूको व्यवहार हेर्दा शंका त लाग्छ नै । भीएफएसका कर्मचारीका अनुसार भारतले भिसा लागेका राहदानी पनि फिर्ता ल्याउन नदिएपछि दिल्लीबाट दुबई लगेर काठमाडौं ल्याउन लागिएको छ रे ! नयाँ दिल्लीस्थित बेलायतको हाइकमिसनका अधिकारीले 'राजनीतिक समस्या' भनेर मानवीय पक्षलाई उपेक्षा गरे रे ! कुनै पनि जहाजले भारी ल्याएको छैन रे । नेपालको परराष्ट्र मन्त्रालयले चासो राखेकै छैन। कसैले निवेदन नदिउन्जेल छु मतलब ? एक जना विद्यार्थी छटपटीँदै थिए । भोलिको टिकट छ रे ! विश्वविद्यालयमा एकपटक थपिसकेकाले भर्ना हुने म्याद अब थप हुँदैन भनेर । 

दुष्टताको पनि हद हुन्छ नि ! डाँक त युद्धरत शत्रुले पनि रोक्तैनन् । यो भीएफएस ग्लोबलको पनि त जिम्मेवारी हो । नेपाल सरकारै नालायक भएपछि जनताका समस्यालाई वास्ता नगर्ने भएपछि जनताले हेपिनु र सहनु बाहेक अरू गर्नै पो के सकिन्छ र ! 

http://nagariknews.com/component/k2/story/46876.html

Last edited: 13-Oct-15 07:37 PM

 
Posted on 10-16-15 6:42 PM     [Snapshot: 2530]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

–यो आन्तरिक मामिलामा खुल्ला हस्तक्षेप नै हो । अरुको विकृतिको उपमा दिएर हामी शक्तिशाली राष्ट्रले जे पनि गर्न सक्छौं भन्ने धारणा चाहिं ठीक होइन । जुन परिस्थिति अहिले सिर्जना भएको छ यसका बारेमा सबै कुरा जगजाहेर छ । कहाँबाट ढुङ्गा आएको छ । कहाँबाट ट्रक आएन । 
हेर्नुस् १७ हजार नेपाली मार्नका लागि सघाउने त उही भारत नै रहेछ । अब फेरि त्यही अवस्था दोहोरिन दिनु हुँदैन ।

http://www.weeklynepal.com/

पहिलो संविधानसभाको उत्तराद्र्धदेखि नै नेपालभित्रको बाह्य शक्ति सन्तुलन आफ्ना लागि प्रतिकूल बन्दै गएको थियो । चीनलगायत पश्चिमा शक्तिहरूको प्रभाव बढ्दै गएको अनुभूति भारतीय सत्तालाई भइसकेको थियो । सम्भवतः यही अनुभूतिको अभिव्यक्तिका रूपमा त्यसले तत्कालीन प्रधानमन्त्रि बाबुराम भट्टराईमार्फत ‘नेपाल कतै मर्ज हुनसक्ने’ घुर्कीयुक्त स्वर निकाल्न लगाएको थियो । यति गर्दा पनि खासै असर नहुने देखेपछिको कदमका रूपमा त्यसले बाबुराम र मधेसवादी गुटहरूलाई प्रयोग गरेर जर्बजस्ती एकपक्षीय कदमबाट संविधानसभा विघटन गर्न लगाएको थियो ।

दोस्रो संविधानसभा दिल्लीका लागि अझ प्रतिकूल सावित भयो । त्यसपछि त्यसले नेपालमाथिको षड्यन्त्रको रणनीतिमा परिवर्तन ग¥यो । निर्वाचनमा बढारिएका मधेसवादी गुटहरूलाई खेरखार पारेर प्रतिपक्षमा राख्यो र ‘तामिल टाइगर’ का रूपमा स्थापित गर्ने योजना अघि बढायो । चार दलका बीचमा भएको १६ बुँदे सहमतिलाई कार्यान्वयन हुन नदिन संविधानसभा संवाद समितिको अध्यक्षका नाताले बाबुरामलाई अधिकतम रूपमा प्रयोग गरेर महिनौंसम्म गत्यावरोध खडा ग¥यो । अन्तिम समयमा रामवरण यादवलाई पनि प्रक्रियाविरुद्ध प्रयोग गरेको तथ्य स्पष्ट छ ।

संविधान जारी भएपछि परिस्थिति पूरै बदलियो । दशकौंदेखि एजेन्ट, गुप्तचर र दलालहरूलाई खेलाएर आफ्नो प्रान्तको भन्दा पनि तल्लोस्तरको व्यवहार प्रदर्शन गर्दै आएको त्यसले आफ्नो आदेश नसुनीकन संविधान जारी गर्नुलाई आफ्नो शरीरको मासुको टुक्रा काटिएको अनुभूति ग¥यो । यद्यपि संविधान जारी हुनुको घटना एमाओवादी, कांग्रेस र एमालेको देशभक्तिपूर्ण चिन्तनको परिणाम नभएर नेपालको भू–राजनीतिमा बाह्य शक्ति सन्तुलनमा आएको परिवर्तनको परिणाम थियो, तापनि यो दिल्लीका लागि झट्का र नेपालका लागि थोरै मात्रामा भए पनि राहतको विषय चाहिँ थियो ।

माओवादीका ठाउँमा मधेसवादी गुटहरू, प्रचण्डको सट्टा बाबुराम, संसदवादीहरूको भूमिकामा कांग्रेसभित्रका केही संदिग्ध तत्वहरू खडा छन् र शक्तिकेन्द्रका रूपमा निशाना बनेको राजतन्त्रको ठाउँमा संविधान छ ।

१२ बुँदेमा दलहरूले गरेको पापकर्मका रूपमा जन्मिएको नागरिकता ऐनपछि दिल्लीको प्रमुख कुत्सित अभीष्ट भनेको समग्र तराईको विभाजन गर्नु हो । त्यसपछि पहिलो चरणमा पहाडी भू–भागलाइ भुटानीकरण गर्ने र दोस्रो चरणमा फिजीकरण गर्ने योजना रहेको छ । यो कुत्सा संविधानको संशोधनको दुई तिहाइ प्रक्रियाबाट पूरा हुन सम्भव छैन । त्यसैले त्यसले संविधानलाई कार्यान्वयनमा जान नदिने रणनीति अख्तियार गरेको छ । संविधानसभाले जारी गरेको संविधान नै कार्यान्वयनमा जान नसकेर अन्यथा परिस्थिति उत्पन्न भयो भने नेपाल रसातलमा भासिने कुरा असंदिग्ध छ ।

दिल्लीको आपराधिक मृगतृष्णाले संविधानमा के चाहेको हो भन्ने कुरा पनि आमनेपालीहरूले बुझिराख्न एकदमै जरुरी छ । त्यसले चाहेको पहिलो कुरा नेपाललाई थुन्न सकिने गरी मधेस प्रदेशको संरचना निर्माण गर्नु हो । त्यसको दोस्रो कूआकांक्षा भनेको नेपाली नागरिकता लिएका सबै भारतीयलाई वंशजका नागरिकका रूपमा रूपान्तरण गरेर राष्ट्रपति÷प्रधानमन्त्री बनाउने बाटो खोल्नु हो । तेस्रोमा जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण एवं सरकारी जागिरमा कथित समावेशी नीति लागू गराएर विधायिका तथा कार्यपालिका सबै तहहरू कब्जा गर्ने योजनाहरू पर्दछन् ।

सन्धि–सम्झौताहरू संसद्को दुई तिहाइ बहुमतबाट अनुमोदन गर्नुपर्ने भनेर राखिएको संवैधानिक व्यवस्थालाई हटाएर एकजना दलालको हातबाट नेपालका सबै स्रोत–साधनहरू खाने रणनीति त्यसको चौथो अभीष्ट हो भने कालापानीलगायत त्यसले अतिक्रमण गरेका नेपाली भू–भागको हक छोड्न लगाएर आफूले बनाएको नक्सामा सही गर्न लगाउने कुरा पाँचौं अभीष्टमा पर्दछ । दिल्लीका यी रणनीतिहरू कथित नेहरू डक्ट्रिन र मुस्लिम विरोधमा आधारित हिन्दु व्यापारी संगठन आरएसएसको ‘हिमालयदेखि हिन्द महासागर’ को अवधारणासँग जोडिएर आएका छन् भन्ने कुरा स्पष्ट छ ।

यसका लागि अघि सारिएका भरपर्दा प्यादा भनेका ०६४ सालमा तत्कालीन भारतीय विदेश सचिव प्रीतिशरण र ‘रअ’ का प्रतिनिधि सम्मिलित बैठकले पटनामा गर्भाधान गरेका मधेसवादी गुटहरू हुन्, जसको आडभरोसा भनेको नक्कली नागरिकता रहेको छ । भारतीय भूमिबाट नेपालविरुद्ध नाकाबन्दी र नेपाली सुरक्षाकर्मीहरूमाथि आक्रमण गर्ने हतियारका रूपमा प्रयोग गरिएका यी नेपाल विरोधी गिरोहलाई त्यसले ‘तामिल टाइगर’ का रूपमा उठाउन खोजेको छ । यिनीहरूलाई अगाडि सारेर वार्ताका नाममा संविधानलाई निष्प्रभावी बनाउनु त्यसको मुख्य उद्देश्य रहेको छ ।

परिस्थितिलाई पुनः अराजकतामा लैजाने दिल्लीको दोस्रो हतियार भनेको सरकार गठनको प्रश्नमा सहमति हुन नदिने हो । प्रधानमन्त्रीको झगडा लामो समयसम्म लम्ब्याएर दलहरूलाई थकाउने, तीन दलमा विभाजन ल्याउने, नाकाबन्दीको विरोधलाई विषयान्तर गर्ने, सरकारका लागि लड्ने दलहरूमध्ये एउटा पक्षलाई मधेसवादीहरूसँग मिलाएर मुख्य पदहरू कब्जा गर्ने र भूकम्पबाट क्षतविक्षत भएको जनजीवनलाई तङ्ग्रीन पनि नदिएर विकराल समस्या खडा गर्ने योजनामा दिल्ली लागेको छ । यसका लागि दर्जनौं दलालहरूलाई त्यसले मुख्य पदको आश्वासन बाँडिरहेको छ ।

दिल्लीले सुरु गरेको चौथो खतरनाक खेल भनेको आफ्नो योजनालाई बद्नाम हुन नदिन मधेसवादी गुटहरूको पक्षमा पहाडी चेहराका गुप्तचर र एजेन्टहरूलाई सामेल गरेर तराई विभाजनको षड्यन्त्रलाई प्रभावकारी बनाउनु हो । दिल्लीको नांगो शिखण्डीका रूपमा मैदानमा उत्रिएका बाबुराम भट्टराई मात्र होइन, कांग्रेसभित्रका केही कुतत्वहरू, जो विदेशी नागरिकका रूपमा विवादास्पद छन्, लाई समेत त्यसले मधेसवादी गुटहरू र नाकाबन्दीको पक्षमा खडा गरेको छ । यी तत्वहरू प्रयोग गरेर त्यसले नाकाबन्दीको विकल्पको खोजीमा सरकारलाई अघि बढ्न दिइरहेको छैन ।


 
Posted on 10-29-15 8:01 PM     [Snapshot: 2897]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

मोदीले राखेका पाँच गोप्य शर्तहरु यस्ता छन्
बुधबार, ४ कार्तिक

मोदीको पहिलो शर्त: राष्ट्रपतिमा मधेशी मोर्चाका संयोजक महन्थ ठाकुरलाई निर्विरोध निर्वाचित गर्नु पर्दछ ।

मोदीको दोश्रो शर्त: तराईका सम्पूर्ण जिल्लाहरुमात्र राखेर तराई मधेशमा दुई प्रदेश वनाइनु पर्दछ । यो सम्भव नभए पूर्वी मधेशमा कोशी नदीको दुबैतिरको जिल्ला दुई नम्बर मधेश प्रदेशमा राखिनु पर्दछ र पश्चिम तराईको पाँच नम्बर प्रदेशमा कर्णाली नदीको दुबैतिरका जिल्ला राखेर वनाइनु पर्दछ ।

मोदीको तेश्रो शर्त: केन्द्रीय संसदमा तराईको जनसंख्याको आधारमा बहुमत सांसद संख्या हुनु पर्दछ ।

मोदीको चौथो शर्त: नेपालको नदीनाला र ठुला ठेक्काहरुमा भारतीय कम्पनिलाइ प्राथमिकता दिइनु पर्दछ । भारतीय कम्पनीहरुले नसक्ने र नचाहने काम मात्र अरुलाई दिनु पर्दछ ।

मोदीको पाँचौ शर्त: नेपालका ठुला र मझौला नदीहरुमा उच्च वाँध वनाएर पानी जम्मा गरि पानी कम हुने मौसममा भारतलाई पानी दिइने गरि नयाँ सम्झौता गरिनु पर्दछ ।

http://www.nepalsandesh.com/2015/10/21/160916.html


‘भारतले लामो योजना सहित नाकाबन्दी गरेको छ, उस्लाई पन्छाउन हामी सक्दैनौं’
शनिबार, ३० असोज

२०४५ मा अकारण निहुँ बनाएर भारतले नाकाबन्दी गर्यो । अकारण भन्नुको मतलब भारतले जुन–जुन कारण देखाएको थियो, ती गोप्य थिएनन्। चीनबाट हतियार ल्यायो भन्नेमा उसको ठूलो गुनासो थियो। सरकारले चीनबाट हतियार ल्याएकै हो। भारतसँग किन्न खोज्दा नदिएपछि सरकारले चीनबाट आयात गरेको हो। त्यो पनि सार्वजनिक रूपमा ल्याएको हो। तत्कालीन प्रधानमन्त्री मरिचमान सिंहले सार्वजनिक गरेरै चीनबाट हतियार ल्याएका थिए। भारतले निहुँ खोज्नुपर्ने कारण नै थिएन। अहिले २०७२ मा अघोषित नाकाबन्दी गर्यो । नाकाबन्दीको कारण सार्वजनिक रूपमै थाहा भएको तर बुझ्न नसकेको र नेपाली नेताहरूले सम्बोधन गर्न नसकेको कारण भएको हो।

२०४५ सालको नाकाबन्दी भएकै अवस्थामा देशमा सत्ता परिवर्तन भयो। तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले सार्वजनिक रूपमै भनेका थिए कि २०४५ सालको नाकाबन्दी हटाउन भारतले अघि सारेका शर्तहरू तत्कालीन राजा वीरेन्द्रले पालना गरेको भए नेपाल भुटान हुन्थ्यो

तुलनात्मक रूपमा इतिहास हेरेपछि २०४५ ले सिकाएको तर सिक्न नचाहेको कुरा के हो भने, त्यसबेला नेपालले सात दिनमा भारतसामु घुँडा टेक्छ भन्ने भारतसँग सूचना थियो। तर, नेपालले डेढ वर्षसम्म घुँडा टेकेन। जनताले हाहाकार पनि भोग्नुपरेन। कुनै संकट आइलागेन र मानवीय संकट पनि देखिएन।

गएको सरकारका प्रधानमन्त्री र अघोषित रूपमा राज्य सञ्चालनको दायित्व बोकेका मुख्यतः तीन दलले भारतलाई चित्त किन नबुझाएकोरु इतिहासमा पहिलोपटक नेपाल–भारत सम्बन्धमा यति ठूलो संकट परेको थिएन। अर्को कुरा, मधेशवादी दलको माग राष्ट्रिय हितमा अनुकूल छ भने किन पूरा नगरेकोरु प्रतिकूल छ भने उनीहरूलाई किन सहमतिमा ल्याउन नसकेकोरु सबैले थाहा पाए हुन्छ, मधेशी जनता कम राष्ट्रवादी छैनन्। नेपालको गौरवशाली इतिहास जोगाउन उनीहरूको कम भूमिका छैन। तैपनि, महाभारत भूल गरेर उनीहरूलाई बेवास्ता गरियो। यसैको परिणामस्वरूप यो विपत्ति आइलाग्यो।

http://www.nepalsandesh.com/2015/10/17/160564.html

 
Posted on 10-29-15 8:13 PM     [Snapshot: 2909]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 
 
Posted on 10-30-15 7:54 PM     [Snapshot: 3143]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Indian SSB tightens Nepal-bound goods from third country at eastern border

Oct 30, 2015- The Indian Seema Surakshya Bal (SSB) has tightened the entry of Nepal-bound freights from third countries at eastern border entry point in Kakadvitta. 

According to local businessmen, SSB has tightened the goods inbound from Bangladesh and Bhutan. “They take 4-5 hours to check up a single cargo truck,” said one importer Dilip Timilsina, who imports the goods from Bangladesh. 

SSB sources said that they have been instructed to tighten the trucks and containers entering Nepal via third countries. 

Only two fuel tankers and 16 cargo trucks have entered Nepal through the Kakadvitta Custom Office till noon on Friday, informed chief at customs office Bhim Adhikari.

http://kathmandupost.ekantipur.com/news/2015-10-30/indian-ssb-tightens-nepal-bound-goods-from-third-country-at-eastern-entry-point.html



 
Posted on 10-31-15 7:34 PM     [Snapshot: 3359]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

भारतीय विदेश मन्त्रालयद्वारा ‘मधेस विखण्डन’ को वकालत गर्ने सामग्री प्रचार 

१४ कात्तिक, काठमाडौं । भारतले नेपालको तराईलाई राज्यबाट अलग गराउने सोचलाई प्रवर्द्धन गरिरहेको भेटिएको छ । भारतीय विदेश मन्त्रालयले आफ्नै युट्यूब अकाउन्टबाट तराई विखण्डनलाई प्रोत्साहित गर्ने आपत्तिजनक पोष्ट गरेको छ । तराईमा जारी आन्दोलनका विषयमा बनाइएको भिडियोलाई ‘नेपालका मधेसी समुदायको छुट्टै राज्यका आन्दोलन गर्ने चेतावनी’ शिर्षक दिइएको छ । जबकी मधेसी आन्दोलनकारीले अहिलेसम्म छुट्टै राज्यको चर्चा वा माग गरेका छैनन् ।

http://www.onlinekhabar.com/2015/10/344344/




 
Posted on 11-01-15 10:31 AM     [Snapshot: 3475]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

यो ६३ वर्षदेखिको भारतको षडयन्त्रको उत्कर्ष हो, हेर्नुहोस् घटनाक्रमको फेहरिस्त

  • भरत दाहाल

निर्वाचनका लागि प्रधानमन्त्री चयन गर्ने बहानालाई लिएर सहमतिका नाममा फेरि पनि नागरिकताको मुद्दा सर्तका रुपमा उठेको छ । ०६३ सालपछि ०४७ साल चैत्र मसान्तसम्मको जन्मलाई आधार बनाएर ‘एक पटकका लागि’ भनि नागरीकता दिईएकाहरुबाट पहिल्यै भारतमा जन्मेका निजका सन्तानहरुलाई वंशजका आधारमा र संविधानसभाको निर्वाचनमा मतदाता नामावलीमा सामेल गरिएका सबै व्यक्तिहरुलाई नेपाली नागरिकता दिनुपर्ने मधेशवादी गुटहरुको मागले नेपालको अस्तित्वलाई थप चुनौतिको दिशातिर धकेलेकोे छ । फेरिपनि यो मुद्दा ४ दलिय छलफलको एजेण्डा बन्नुले यस्ता दलहरुको औचित्यका बारेमा प्रश्न उठाउनु पर्ने बेला पनि आएको छ ।

नागरीकताको कृत्रिम समस्याभित्रको गंभीरतालाई बुझ्नका लागि यससंग जोडिएका दुईवटा पक्षहरुमाथि ध्यान केन्द्रीत गर्न आवश्यक छ । पहिलो पक्ष के हो भने माओवादी विद्रोह र जनआन्दोलको समयमा कसैद्वारा कहिल्यै पनि नउठाईएको यो मुद्दा ०६३ सालमा संसदको पुनस्र्थापना भएपछि सरकार र ८ दलका नामबाट पहिलो प्राथमिकताका साथ गरिएको राजनितिक निर्णय हो । यसैबाट थाहा हुन्छ कि यो १२ बुँदे समझदारीमा नलेखिएको दिल्लीको एउटा मूख्य सर्त हो । दोश्रो पक्ष यो हो कि ०६३ सालपछि यो नै एकमात्र यस्तो मुद्दा हो, जसले दलीय सहमतिका नाममा निरन्तरता पाउन सफल भएको छ । देशका सबै मुद्दाहरुमा असहमति र नागरिकता वितरणमा सहमति नै १२ बुँदे पछिको दलीय सहमतिको विषेशता रहेको छ ।

आफुभन्दा साना र कमजोर छिमेकी देशहरुमा जनसंख्या अतिक्रमण गरेर यस्ता देशहरुलाई विलय, नियन्त्रण वा विभाजन गर्ने भारतीय नीति नयाँ होइन । फिजी, श्रीलंका, तात्कालिन पूर्वी पाकिस्तान (हालको बंगलादेशं), भुटान, मालदिभ्स लगायतका देशहरु धेरै पहिलेदेखि भारतको यो नीतिको शिकार हुँदै आएका छन् । नेपालमा राजाहरुको शासनकालमा असफल भएको यो मुद्दा भारतले विसं २०१० सालदेखि नै उठाउन लगाएको छ । १२ बुँदेपछि मात्र त्यसले जनसंख्या अतिक्रमणलाई संवैधानिक आधार दिलाउन सफल भएको हो ।

शासकवर्गको निम्नस्तरको सत्ता र पैसा लिप्साका कारणले नागरीकताको नक्कलि मुद्दा देशका लागि कति भयावह बनिसकेको छ भन्ने कुरा ०४९ जेठ ३० गते कपिलवस्तुबाट बंशजको आधारमा नेपाली नागरीकता लिने कुख्यात भारतीय अपराधि बब्लु श्रीवास्तवको यो भनाइले काफि हदसम्म स्पष्ट पार्दछ । उनले भनेका छन् ‘जुन मुलुकमा ५० लाख , १ करोड खर्च गरेकै भरमा सिधै प्रधानमंत्रीसंग बस्न सकिन्छ, त्यस्तो देशमा के गर्न सकिन्न र रु नागरीकता त मिनेटमैं पाउन सकिन्छ ।’ ९चक्रब्युहमा चन्द्र सूर्य, सरोजराज अधिकारी० जमीम साह, फैजान अहमद लगायत नेपालका जानेमानेका व्यक्तिहरुको हत्या गर्ने अपराधिहरु नक्कली नागरीकता लिएका भारतीयहरु थिए भन्ने तथ्यले यहाँको नागरीकताको मामिला देशका लागि कति खतरनाक भैसकेको छ भन्ने विषयको गंभीरतामाथि प्रकाश पार्दछ ।

नेपालमा प्रयास

नेपालको नागरिकता नीति आफ्ना नागरिकहरुको सुलभ पहुँचभित्रको विषय बन्नुपर्छ भन्ने भारतीय चिन्तन नेपाललाई भारतको अंग ठान्ने विस्तारवादी सोंचबाट उत्पन्न भएको छ । “नेपालीहरुले कदापी विर्सनु हुन्नकि उनीहरुको देश सदासर्वदा भारतकै अभिच्छेद्य अंग रहेको छ” भन्ने आचार्य कृपलानी होउन वा “नेपालमा पनि हैदरावाद जस्तै भारतीयहरु माथि अमानुषीत अत्याचार भैरहेको छ” भनेर नेपाललाई “भारतीय संघको स्वतन्त्र सदस्य बनाउनु पर्छ” ९२००७ कार्तिक० भन्ने सरदार बल्लभ भाइ पटेल होउन, सबै भारतीय शासकहरुले आफ्नो अंगका रुपमा नेपालभित्रका यावत् नीतिहरु बन्नु पर्दछ भन्ने सोंचाइ राख्दछन् । नागरीकताबारे पनि उनीहरुको दृष्टिकोण प्रारंम्भदेखि नै यहि रहेको छ ।

२००८ साल माघमा तात्कालिन मन्त्री भद्रकाली मिश्रले नेपाली सेनामा विश्वास गर्न नसकिने भन्दै सेनामा भारतीय नागरीकहरुलाई भर्ति गर्नुपर्ने र काठमाडौं लगायतका नेपालका विभिन्न स्थानहरुमा १० हजार भारतीय सेना राख्नुपर्ने प्रस्ताव मंन्त्री परिषदको वैठकमा राखेका थिए । मातृका सरकारले २००९ सालमा नागरीकता कानुन जारी गरेर २ वर्षदेखि नेपालमा बसोबास गर्दै आएका सबै भारतीयहरुलाई आदिवासीका नाताले नेपाली नागरिकता दिन सुरु गर्यो । यो कानुन २०१९ पौष १ गते महेन्द्रले नयाँ संविधान जारी गरेपछि खारेज भयो । ६ जुन १९८० (वि सं २०३७) को The Qmatesman नामक भारतीय पत्रिकाले नेपालमा बसेका कुल ३८ लाख भारतीयहरु मध्ये २३, ८७, ९७३ ले नेपाली नागरिकता पाईसकेको तथ्यांक सार्वजनिक गरेको थियो ।

२०५१ सालमा मनमोहन सरकारको पालामा बनेको धनपति आयोगले जनसंख्या अतिक्रमण भएको निष्कर्ष निकाल्दै सिमा बन्द गर्नुपर्ने सिफारिस गरयो, जसलाई उक्त आयोगका सदस्य राजेन्द्र महतोले विरोध गरेका थिए । २०५२ सालमा महन्थ ठाकुरको कार्यदलले ०४७ साल कार्तिक महिनालाई आधारबर्ष मानेर नेपालमा बसेका जम्मै विदेशीहरुलाई नागरिकता दिनुपर्ने कुरा सुझाव दियो । तर लागु भएन । २०५४ सालमा जीतेन्द्रदेवको अध्यक्षतामा गठित नागरिकता वितरण आयोगले ६ दिनभित्र ३४,००० भन्दा बढी गैर नेपालीहरुलाई नागरिकता वितरण गर्यो । यो कदमलाई २०५८ साउन ९ को सर्वोच्च अदालतको फैसलाले खारेज गरिदिएको थियो । यसैगरि २०५४ सालमा बामदेव गौतमको गृहमन्त्रालयले स्थानिय निर्वाचन निर्देशिका जारी गरेर स्थानिय चुनावमा उठ्न र भोट हाल्न नागरिकता नचाहिने ब्यवस्था गरेको थियो । यसलाई पनि अदालतको निर्णयले खारेज गरेको थियो । २०५७ जेठमा राज्य ब्यवस्था समितिले पारित गरेको नागरीकता संबन्धि निर्णयलाई प्रतिनिधिसभाले पारित गरेर अर्थ विधेयकभित्र घुसाई अनुमोदनका लागि राष्ट्रियसभामा पठाएको थियो तर राष्ट्रिय सभाले फिर्ता पठायो । प्रतिनिधिसभाले पुनः साउन ११ गते त्यसलाई पारित गरयो । यो निर्णय स्वीकृतीका लागि राजाकहाँ पठाए पछि उनले सर्वोच्चमा राय मागे । सर्वोच्चले २०५८ बैशाख १२ मा त्यसलाई गैरसंवैधानिक घोषित गर्यो ।

विभिन्न रुपमा प्रयोग गरिएका यी सबै हतकण्डाहरु पूर्ण रुपमा सफल हुन नसकेपछि दिल्लीले माओवादी युद्धको संवेदलशिल अवस्थालाई चयन गरेको देखिन्छ । बाह्रबुँदे समझदारीपछि २०६३ साल भदौ २१ गते सरकारबाट ०४७ साल चैत्रभित्रको जन्मका आधारमा नेपालमा बसोबास गर्ने सबै ‘ब्यक्ति’हरु लाई नागरीकता दिने भनि विधेयक पारित गरी ८ दलका बीचमा सहमति गरियो र त्यसलाई अन्तरिम संविधानमा सामेल गरियो । बाबुराम सरकारको गठनका लागि मधेशी मोर्चा र एमाओवादीका बीचमा २०६८ भदौ १० गते भएको ४ बुँदे सम्झौतामा नागरिकतालाई सहज र सरल रुपमा वितरण गर्ने सहमति भयो । एमाओवादी र मधेशी मोर्चाका बीचमा भएको यहि सहमतिलाई आधार बनाएर ०६८ माघ २० गते मन्त्रीपरिषदले गरेको निर्णयानुसार २४ गते गृहमन्त्री विजय गच्छेदारले ०६३ सालपछि जन्मका आधारमा नागरिकता लिएका विदेशीहरुका सन्तानहरु, जो नागरिकता लिनु पूर्व नै जन्मेका थिए, लाई वंशजको आधारमा नागरीकता दिनु भनि जिल्ला प्रशासन कार्यालयहरुलाई आदेश दियो । झापाका तात्कालिन प्र।जि।अ।ले यस्तो गैर संवैधानिक आदेश कार्यान्वयन गर्न इन्कार गरेपछि उनललाई कार्वाहि स्वरुप त्यहाबाँट सरुवा गरियो । यो आदेशलाई सर्वोच्च अदालतले खारेज गर्यो ।
१२ बुँदे र नागरीकता रणनीति

नेपालभित्र रहेका वा नरहेका भारतीयहरुलाई विभिन्न बहानामा नागरीकता दिने हालको संवैधानिक ब्यवस्था माओवादी युद्धको नियतीसंग जोडिएर आएको विषय हो । संसदको पुनसर्थापनापछि आठ दलीय कार्यभारको पहिलो नम्बरमा परेपछि श्रृंखलाबद्धरुपमा घटेका घटनाहरुको समग्र सन्दर्भभित्र मात्र नागरीकता रणनीतिको अर्थलाई ठम्याउन सकिन्छ । अन्तरिम संविधानमा ‘एक पटकका लागि’ भनेर जन्मका आधारमा नागरिकता वितरण गर्ने ब्यवस्था गरिएको थियो । भारतीय नागरीकहरुलाई लक्षित गरी बनाईएको यो ऐन कार्यान्वयन हुनसाथ ०६४ साल असोज महिनाको तेश्रो हप्तामा भारतको पटनामा तात्कालिन भारतीय विदेश मन्त्रालयकी सहसचिव प्रितिशरण कौरको उपस्थितिमा राजेन्द्र महतो, महन्थ ठाकुर, ज्वाला सिं, जयकृष्ण गोइत लगायतका ब्यक्तिहरुको बैठक बसेर तराइ रणनीतिमा छलफल गरेको थियो । बैठकमा भएको सहमति अनुसार मंसीर महिनामा तात्कालिन कृषिमन्त्री महन्थ ठाकुर र सांसदहरु जेपी गुप्ता, हृदयेश त्रिपाठी, राजेन्द्र महतो लगायतका ८ जना ‘मधेशी’ नेताहरुले आ–आफ्नो पदबाट राजीनामा गरे र एमाओवादी, कांग्रेस तथा एमालेमा रहेका भारतीय मुलका द्वेध नागरीकहरुलाई अलग्याएर मधेशवादी गुटहरुको गठन गर्ने प्रकृया सुरु भयो । यसै दौरानमा महन्थ ठाकुरलाई अघि सारेर तमलोपा बनाईयो भने विजय गच्छेदार लगायतका केहि ब्यक्तिहरुलाई उपेन्द्र यादवको फोरममा पठाईयो ।

०६३ माघ २ गते देखि फोरमले आन्दोलनको घोषणा गरेको थियो । आन्दोलनमाथि भएको दमनका विरुद्ध फोरमले गृहमन्त्रीको राजीनामा, दमनको छानविनका लागि आयोगको गठन र समावेशी समानुपातिक प्रणालीको माग राखेको थियो । तर ध्यान दिन लायक रहस्यमय कुरा के छ भने सरकारले आन्दोलनका आव्हानकर्ता, समर्थक दुबै नभएका राजेन्द्र महतो र ऋदयेश त्रिपाठीलाई १५ गते मधेशी प्रतिनीधिका नाममा वार्तामा बोलायो । पुनः २४ गते महतो र त्रिपाठीसंग भएको वार्तामा सरकारले संपूर्ण तराईलाई ‘मधेश’को नामले संवोधन गर्ने, संघियतालाई अन्तरीम संविधानमा सामेल गर्ने र समान जनसंख्याका आधारमा निर्वाचन क्षेत्रको निर्धारण गर्ने सहमति गर्यो ।

मधेशी गुटहरुको गठनपछि ०६४ फागुन १ गते देखि ‘समग्र मधेश, एक प्रदेश’ मा केन्द्रीत आन्दोलन सुरु भयो । सोहि महिनाको फागुन ७ र ८ गते भारतीय दुतावासभित्र राजदुतको उपस्थितिमा कांग्रेसका प्रतिनिधिहरु र मधेशी प्रतिनिधिका रुपमा अनिल कुमार झाँ, राजेन्द्र महतो, महन्थ ठाकुर, उपन्द्र यादव बसेर स्वायत्त मधेश प्रदेशको स्थापना र मधेशीको छुटै सैन्य संरचना बनाउने विषयमा सहमति गरे । त्यसलाई सरकारले अनुमोदन ग¥यो । सो सहमतिलाई पुष्पकमल दाहाल र माधव नेपालले बाहिरबाट समर्थन जनाएका थिए ।

नागरीकता ऐनबाट वितरण गरिने नक्कली नागरीकताहरुको निर्णायक भूमिका स्थापित गर्नका लागि तराईमा बसोबास गरेका पहाडी मुलका नेपालीहरुमाथि त्यसबेला भएको बर्वर ध्यान दिन लायक छ । भारतीय सत्ताले दिएको पैसा, हतियार र गुण्डाहरु प्रयोग गरी गरिएको सो आक्रमणको निशाना पहाडी मूलका नेपालीहरु मात्र देखिएको भएतापनि त्यो घटना सर्वप्रथम तराईका मधेशी मूलका नेपालीहरुको सहानुभूति लिएर पहाडी मूलका नेपालीहरुलाई लखेट्ने र त्यसपछि मधेशी मूलका नेपालीहरुलाई पनि विस्थापित गरी संपूर्ण क्षेत्रलाई नक्कलि नागरीकहरुको अखाडा बनाउने भारतीय षडयन्त्रबाट घटेको थियो भन्ने कुरा कथित मधेशवादी गुटहरुले मैथिली, भोजपुरी, अवधि, थारु, कोच भाषा सस्कृतिहरुलाई निषेध गरी हिन्दी भाषालाई स्थापित गर्न गरेको प्रयत्न र पछिल्ला समयमा सशस्त्र गुटहरुबाट स्थानिय मधेशीहरुमाथि बढ्दै गएको आक्रमणबाट प्रष्ट हुन्छ ।

०६३ सालपछि कथित मधेशवादको नाममा जति पनि मुद्दाहरु उठाईएका छन् ती सबैको श्रोत र आधार नक्कली नागरीकता हो भन्ने कुरा पछाडिका सबै घटनाहरुले प्रमाणीत गर्दछन् । यद्यपी समग्र मधेश प्रदेशको मुद्दालाई दिल्लीले बेदानन्द झाँ मार्फत् २०१० सालमैं उठाउन लगाएको थियो तर यो मुद्दाले ०६३ सालको नागरीकता ऐन बनेपछि मात्र आन्दोलनको रुप प्राप्त गर्ने आधार बन्यो । समग्र मधेश प्रदेशमा यहाँका केही दलालहरुबाट सहमति गरिएपछि समान जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारणको माग सार्वजनिक भयो, जो तराईमा बढ्ने भारतीय जनसंख्याका आधारमा निर्वाचन क्षेत्रहरु बढाएर नेपालको ब्यवस्थापिका र कार्यपालिका कब्जा गर्ने भारतीय षडयन्त्रसंग जोडिएको विषय हो ।

नक्कली नागरिकहरुलाई केन्द्रबिन्दुमा राखेर १० हजार मधेशीहरुको अलग सैन्य संरचना बनाउने भनि उठाईएको माग नेपालमा समानान्तर सैन्य संरचना खडा गर्ने र फिजीमा त्यहाँको सेनाले महेन्द्र चौधरीको सत्ता बर्खास्त गरेको घटनालाई दोहरिन नदिने योजनासंग संबन्धित छ । श्रीलंकामा भारतीय तामिलहरुलाई नागरीकता दिन लगाएर दिल्लीले उत्तरपूर्वी श्रीलंकालाई टुक्राउन जसरी तामिल विद्रोहलाई संगठित गरेको थियो, त्यसैको नेपाल संस्करण तराईको अपराधिक हिंसा हो भन्ने कुरामा कुनै शंका छैन ।

नक्कली नागरीकताले खेल्ने निर्णायक भूमिकालाई मध्यनजर राखेर नै दिल्लीले सुरुमा माओवादीलाई र पछाडी मधेशी गुटहरुलाई संघियता सहितको आत्मनिर्णयको अधिकारको मुद्दा उठाउन लगाएको र यसैसंग जोडिएको षडयन्त्र एमाओवादी महाधिवेशनमा उठाईएको अतिक्रमित सिमानाबारे जनमतसंग्रहको विषय रहेको तथ्यप्रति नेपालीहरुको ध्यान पुग्न आवश्यक छ । मधेशीको नामबाट जतिपनि मुद्दाहरु उठेका छन्, त्यसको नेतृत्वकर्ता तराईको सामन्त तथा दलालपूँजीपति वर्ग र नक्कलि नागरीकताधारीहरु रहेका छन् । यीनीहरुका मागमा तराईका आदिवासी, तल्लोवर्ग, तल्लो जाति, उत्पीडित भाषा, संस्कृति कसैका सरोकारहरु सामेल गरिएका छैनन् ।

दिल्लीको नागरीकता रणनीति यतिमा मात्र सिमित छैन । नागरीकता ऐनको कार्यान्वयन पछि तराईका निजी अस्पताल र प्रसुति गृहहरुमा भारतीय लगानी ठूलो मात्रामा बढेर गएको छ । जन्मको आधारमा नेपाली नागरिकताको दाबी गर्ने उद्देश्यले त्यसले प्रतिमहिना सयौं गर्भवती भारतीय महिलाहरुलाई बच्चा जन्माउन तराइका अस्पताल र प्रसुतिगृहहरुमा पठाउने र त्यहिं जन्मदर्ता गराउन लगाउने गरेको छ । चितवनको आरक्षलाई काटेर मेची–महाकाली हुलाकी मार्ग बनाउने भारतीय प्रयास पनि समग्र मधेश प्रदेशका नाममा मेचीदेखि महाकालीसम्मको भूभागलाई एउटै लाइनमा जोड्नेषडयन्त्रको अभिन्न पाटो हो । भारतका पूर्व प्रधानमन्त्री इन्द्रकुमार गुजरालले कृत्रिम नागरीकतालाई नै लक्षित गरी नेपाललाई मधेश र पहाड गरी दुई देशको एकिकृत रुप बताएका थिए । जुन भनाई २०१० सालमा बेदानन्द झाँ मार्फत् भारतले उठाउन लगाएको ‘नेपाल यूनियन’ (मधेश र पहाडको यूनियन) को निरन्तरता हो । ‘एकपटकका लागि’ भनि ०६३ सालमा जन्मका आधारमा नागरीकता दिइएको व्यवस्थालाई संशोधन गरी त्यसरी नागरीकता लिने व्यक्तिहरुका नागरिकता लिनुभन्दा पहिलेका सन्तानहरुलाई समेत वंशजका आधारमा नागरीकता दिनुपर्ने भनि मधेशवादी गुटहरुले अहिले उठाएको माग कहिल्यै नरोकिने दिल्ली रणनीति हो ।

छिमेकीहरुसँग तुलना

श्रीलंका

–बेलायती उपनिवेश रहेको सिलोन (श्रीलंका) मा अंग्रेजहरुले उन्नाइसौ तथा बीशौँ शताब्दीतिरै ठूलो संख्यामा दक्षिण भारतीय कामदारहरुलाई, मूख्यतः तमिलहरुलाई, चिया, कफी, रबर तथा नरिवल खेतीका लागि कामदारका रुपमा भित्र्याए । सन् १९४६ सम्म आइपुग्दा यसरी श्रीलंका पुग्ने दक्षिण भारतीय आप्रवासी कामदार संख्या ७ लाख ८० हजार पुग्यो । जुन श्रीलंकाको तत्कालीन जनसंख्याको ११।७ प्रतिशत थियो ।

–फेब्रुअरी ४, १९४८मा श्रीलंका ब्रिटीश उपनिवेशबाट स्वतन्त्र भएपछि सरकारले नागरिकता सम्बन्धी अध्यादेश (बील) अनुमोदनका लागि संसदमा पठायो । जुन अध्यादेशकोे मुख्य उद्देश्य वास्तविक नागरिकलाई नागरिकता दिने थियो । उक्त अध्यादेशले श्रीलंकन नागरिकता प्राप्तिका लागि निवेदकले आफ्नो बुवाको जन्म श्रीलंकामा भएको प्रमाणित गर्नुपर्ने थियो । उक्त अध्यादेशको भारतीय तमीलहरुका राजनीतिक दलहरु सिलोन इण्डियन काँग्रेस, अल सिलोन तमील काँग्रेस र सिंहाली बामपन्थी दलहरुलेसमेत चर्को विरोध गरेपनि उक्त अध्यादेश २० अगष्ट १९४८ का दिन संसदबाट पारित भइ १५ नोभेम्वर १९४८ का दिनदेखि कानूनको रुप लियो । उक्त कानून अनुसार केवल ५ हजार भारतीय तमीलहरु श्रीलंकन नागरिकताका लागि योग्य ठहरिएका थिए भने बाँकी अयोग्य साबित भएका थिए ।

–त्यसपछि भारत सरकारको दबाबामा सन् १९४९ मा श्रीलंका सरकारले श्रीलंकामा बसोबास गर्ने भारतीय तमीलहरुलाई नागरिकता दिने उद्देश्यले इण्डियन एण्ड पाकिस्तानी रेसिडेन्टस ९सिटिजिनसिप० पारित गर्यो । जस अनुसार १० वर्षदेखि श्रीलंकामा निरन्तर बस्दै आएका १ लाख भारतीय तमीलहरुले श्रीलंकन नागरिकता पाउन सफल भए ।

–सन् १९६४ अक्टोवर ३० मा भारतीय प्रधानमन्त्री लालबहादुर शास्त्री र श्रीलंकन प्रधानमन्त्री श्रीमाओ बन्दरनायकेका बीचमा इण्डो–सिलोन सम्झौता भयो, जसअनुसार अरु ३ लाख भारतीय तमीललाई श्रीलंकन नागरिकता दिने सहमति भयो । बाँकी १ लाख ५० हजार भारतीय तमीलको नागरिकता सम्बन्धमा पछि निर्णय गर्ने सहमति भयो ।

–जुन २८, १९७४ मा भारतीय प्रधानमन्त्री इन्दिरा गान्धी र श्रीलंकन प्रधानमन्त्री श्रीमाओ बन्दरानाइके बीच श्रीमाओ–गान्धी प्याक्ट मा हस्ताक्षर भयो जसअनुसार भारत र श्रीलंका दुवै देशले पहिलेका बाँकी १ लाख ५० हजार भारतीय तमीललाई नागरिकता दिन सहमति भयो ।

–सन् १९८७ जुन २९ मा राजीव गान्धि र जे। आर। जयबर्धनेका बीचमा भएको एक संझौता अनुसार तमिल भाषालाई सरकारी भाषा बनाउने र उत्तर तथा पूर्वी श्रीलंकालाई एउटै प्रान्तका रुपमा मर्ज ९विलय० गर्ने कुरा उल्लेख गरियो । यसका लागि जनमत संग्रह गर्ने व्यवस्था पनि सामेल गरिएको थियो ।

–सन् १९८८ मा भारतीय प्रधानमन्त्री राजीव गान्धीको दबाबमा श्रीलंकाको संसदले नागरिकता विहीनहरुका लागि नागरिकता दिने नयाँ ऐन पारित गर्यो, जसअनुसार श्रीलंकामा रहेका बाँकी सबै भारतीय तमीलहरुलाई पूर्व सहमतिका नाममा श्रीलंकन नागरिकता दिने प्रावधान राखियो ।

–अक्टोबर ७, २००३ मा श्रीलंकन संसदले ग्रान्ट अफ सिटिजनसीप टु पर्सन अफ इण्डियन वरिजन एक्ट २००३ पारित गर्यो जसअनुसार श्रीलंकामा सन् १९६४ पछि बसोवास गर्दैआएका सबै तमीलहरुलाई नागरिकता दिने प्रावधान राखियो । यसरी अन्ततः श्रीलंका स्वतन्त्रतापछिका ५५ बर्षमा सबै भारतीय तमिलहरुले श्रीलंकाको नागरीकता पाउन सफल भए ।

फिजी

–फिजीमा सन् १९७७ मा भारतको दबाबमा भारतीय मूलका नागरीकहरुलाई नागरीकता दिने निर्णय गरियो ।

–सेप्टेम्बर २८, १९८७ देखि २४ जुलाई १९९० सम्म फिजी संविधान विहिनताको अवस्थामा थियो । यो संवैधानिक सून्यताको फाइदा उठाएर भारतले उक्त अवधिसम्म फिजीमा रहेका सबै भारतीयहरुलाई नागरीकता दिनुपर्ने भनि दिएको दबाब अनुसार नयाँ संविधानको धारा २० मा फिजीमा जन्मेका जुनसुकै व्यक्ति नागरिक हुने प्रावधान राख्न लगायो । साथै सोहि ऐनमा कुनै बालक निजको बाबुले फिजीको नागरीकता लिनुभन्दा पहिले विदेशमा जन्मेको भएपनि नागरीकता पाउने प्रावधान समेत् राखियो ।

–सन् १८८१ मा ५८८ को संख्यामा रहेका भारतीयहरुको जनसंख्या सने १९९६ सम्म आइपुग्दा ३ लाख ३९ हजार पुग्यो र यहि नक्कलि नागरीकताको आडमा भारतीय नागरीक महेन्द्र चौधरीले प्रधानमन्त्रीमा विजय हासिल गर्न सफल भए भने संसदमा ७१ सिट मध्ये ३७ सिट भारतीय नागरीकहरुको हातमा गयो ।

  • भारतले छिमेकी देशहरुमा राननीतिक वा संवैधानिक संकट उत्पन्न भएको बेला आफ्ना नागरिकहरुलाई नागरीकता दिलाउन दबाब दिदैं आएको छ ।

संकटको मौका खोजी

भारतले छिमेकी देशहरुमा राननीतिक वा संवैधानिक संकट उत्पन्न भएको बेला आफ्ना नागरिकहरुलाई नागरीकता दिलाउन दबाब दिदैं आएको छ । श्रीलंका र फिजीमा जस्तै यहाँ पनि समान प्रकारको अस्थिर परिस्थितिलाई चयन गरिएको छ । २०३६ सालको आन्दोलनदेखि जनमत संग्रहसम्मको अस्थिरताको समयमा नेपालमा रहेका ३८ लाख भारतीयहरु मध्ये २३,८७,९७३ ले नेपाली नागरीकता प्राप्त गरीसकेको तथ्याँक भारतको पत्रिका त्जभ क्तबतभकmबल ले सन् १९८०, जुन ६ को अंकमा प्रकाशित गरेको थियो । २०६३ सालमा संसदको पुनस्र्थापना भएपछि २०४७ सालको संविधानलाई निष्कृय बनाईएको र अन्तरिम संविधान पनि नबनेको परिस्थितिमा मन्त्रीपरिषदले ०४६ साल चैत्र मसान्तलाई जन्मको आधार बनाएर नागरीकता दिने निर्णय गरी विधेयक बनाएको थियो । अहिले ०६३ सालपछि नेपाली नागरीकता लिएका तीनै भारतीयहरुबाट पहिल्यै जन्मेका सन्तानहरुलाई वंशजका आधारमा नेपाली नागरीकता दिने माग पनि संविधानसभाको विघटन भएको र दलीय राजनीति असफ भएको अवस्थामा उठाईएको छ ।

किन लाखौं नागरीकताको समस्या देखाईन्छ र कहिल्यै नघट्ने यी कथित नागरीकहरु कसका हुन्

देशको अस्तित्वप्रति बिल्कूलै संवेदना नभएका दलहरुको यस्तो स्वेच्छाचारी कदमको जनस्तरबाटै प्रतिरोध नहुने हो भने आगामि १० बर्षसम्म नेपालमा भारतीयहरुको जनसंख्या बहुमतमा पुग्ने कुरामा कुनै संका छैन । भारतको छिमेकिहरुका विरुद्धको यस्तो षडयन्त्रको परिणाम श्रीलंकाले ३० बर्षसम्म गृहयुद्धको सामना गर्नु परेको र फिजीमा भारतीय नागरीकहरुले प्रधानमंत्री र संसदको बहुमत सिट जितेको इतिहासलाई नेपालीहरुले शिक्षाका रुपमा समयमैं ग्रहण गर्न जरुरी देखिन्छ । बर्षैपिच्छे नेपालमा किन लाखौं नागरीकताको समस्या देखाईन्छ र कहिल्यै नघट्ने यी कथित नागरीकहरु कसका हुन् भन्ने विषयलाई स्पष्ट गर्न प्रतिरोध अघि बढेन भने एकाध बर्षभित्रै पुनः लाखौं भारतीयहरुले नागरीकता लिन सफल हुने कुरामा संदेह छैन ।

http://purbelinews.com/

नेपाली चालकमाथि कुटपिट र चन्दा असुली
२०७२ कार्तिक १५ गते

१५ कात्तिक, झापा । भन्सार जाँचपास पूरा भएर पनि अनाहकका नाकामा रोकिएका नेपाली मालबाहक सवारी चालक भारतीय भूमिका चन्दा आतंकको मार खेपिरहेका छन् । भारतीय सुरक्षाबल एसएसबीले रोकेर राखेका सयौं नेपाली साधनसँग पानीट्यांकी क्षेत्रका युवाले जथाभावी चन्दा उठाएका हुन् । आफैंले रोकेका नेपाली साधन तथा चालकको सुरक्षाप्रति भारतीय पक्ष उदासिन देखिएको नागरिकमा खबर छ । ‘यहाँ नेपाल हिँडेका झन्डै चार सय गाडी तीन चार दिनदेखि त्यतिकै रोकिएका छन्,’ ट्रक चालक सिद्दार्थ साहले भने, ‘यी सबै गाडीसँग चन्दा असुलिएको छ ।’ भारतीय सुरक्षा निकायले रोकेर राखेपछि गाडीको सुरक्षाको दायित्व पनि उसैको हो । तर, आँखैअघि चलेको रकम असुली धन्दालाई भारतीय सुरक्षाकर्मीले देखे नदेख्यै गरिरहेका छन् । ‘यो त सरारसर लुट हो,’ झापाका ट्रक व्यवसायी सुमन काफ्ले भन्छन्, ‘एसएसबी गाडी राख्ने अनि स्थानीय गुन्डा केटा विभिन्न बहानामा रकम असुल्ने गुनासो राख्दा पनि कसैले सुनुवाइ गर्दैन ।’
http://www.onlinekhabar.com/2015/11/344613/



 
Posted on 11-02-15 7:01 AM     [Snapshot: 3555]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

वीरगञ्ज नाकामा यसरी फस्यो नेपाल
२०७२ कार्तिक १६ गते

Birganj-Vansar

१६ कात्तिक, काठमाडौं । भारतले अघोषित नाकाबन्दी लगाएको दुई महिनापछि सोमबार एकाविहानै प्रहरीले हस्तक्षेप गरेर वीरगञ्ज नाका खुलायो ।

सबैभन्दा संवेदनशील र नेपाल आयातको मुख्य नाका खुलेको खबरले भारततर्फ रोकिएका इन्धनसहितका नेपाली मालवाहक गाडीहरु भित्रिने आशा जागृत भयो । तर, यो आशा तत्कालै तुहियो, किनकी यसमा अर्कै खेल थियो ।

नाकमा खुल्नासाथ भारतीय भूमिमा रहेका नेपाली गाडी भित्र्याउने होइन, वीरगञ्जमा अलपत्र परेका भारतीय गाडीहरु पास गराउने क्रम सुरु भयो ।

झण्डै ५ घण्टा वीरगञ्ज रक्सौल नाका खुल्यो । वीरगञ्जमा रहेका २१९ भारतीय गाडीहरुलाई प्रहरीले सुरक्षा दिएर सीमा कटायो । तर, एउटा पनि गाडी पनि नेपाल भित्रिएन । भारतीय गाडी पार हुनासाथ आन्दोलनकारीले फेरि मितेरी पुल कब्जामा लिए ।

सोमबारको घटनामा भारतले एक साथ दुई शिकार गरेको छ । पहिलो उसले वीरगञ्जमा महिना दिनदेखि फसेका आफ्ना गाडीहरुलाई फुत्काएर लगेको छ ।

नेपालमा फसेका गाडीका चालकहरुले वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासमा स्वदेश फर्काउन माग गर्दै धर्ना दिइरहेका थिए । तर, यो भन्दा ठूलो उसको उपलब्धी हो थकित बन्दै गएको आन्दोलनलाई पुनः चर्काउन सफल हुनु ।

आइतबार मात्र सरकार र मधेसी मोर्चाबीच भएको वार्ता निकै सकारात्मक भएको थियो । तरर, वीरगञ्ज घटनाले वार्ताभन्दा आन्दोलन चाहनेलाई मसला दिएको छ ।

वीरगञ्ज नाकामा प्रहरीले हस्तक्षेप गर्दा त्यहाँ आन्दोलनकारीका नाममा १२-१३ जना सुतिरहेका थिए । प्रहरी आएको देखेपछि उनीहरुमध्ये ७ जना कुद्दै भारततर्फ लागे भने ५ जनालाई प्रहरीले पक्राउ गर्‍यो । तर, बल प्रयोग गरेर नाका खाली गराएको प्रचार गर्दै आन्दोलनकारीलाई उत्तेजित तुल्याउने काम गरियो ।

सोमबार वीरगञ्जमा एक जनाको मृत्यु भइसकेको छ । मृतक भारतीय नागरिक हुन् । यसले नेपाल भारत सीमामा भइरहेको आन्दोलनमा सीमा क्षेत्रमा बस्दै आएका भारतीय नागरिकहरुको संलग्नतालाई भने प्रष्ट पारेको छ ।

हिंसा भड्काएर प्रहरीलाई बल प्रयोग गर्न वाध्य पार्नु र प्रहरीले बल प्रयोग गर्‍यो भनेर देशभरका आन्दोलनकारीलाई उत्तेजित बनाउने अभिष्ट देखिन्छ ।

भारतीय जालमा नेपाल कसरी फस्यो ? 

बिहारमा जारी चुनावका कारण पछिल्लो दुई दिन नेपाल र भारत दुवै तर्फको सीमा नाका सिल गरिएको थियो । सधैं दुई देशबीचको दशगजामा थुपि्रने गरेका आन्दोलनकारीहरु सीमा सिल गरिएका कारण त्यहाँ थिएनन् ।

नेपालतर्फ पनि आन्दोलनकारीको कुनै चहलपहल थिएन । यहि मौकामा भारतले आफ्ना गाडीहरुलाई छिराउने जाल विछ्याएको हो । भारतको स्थानीय प्रशासनले पर्साका अधिकारीहरुलाई आन्दोलनकारी हटाएर भारतीय गाडीहरु छिराएमा नेपालका गाडीहरु पनि पठाइदिने आश्वासन दिएको स्रोतको दावी छ ।

भारतीय आश्वासनपछि पर्साका जिल्ला प्रशासन प्रमुख केशवराज घिमिरेले प्रहरीलाई आन्दोलनकारी हटाउन निर्देशन दिए । उनले यस विषयमा केन्द्रमा सल्लाह गरे कि गरेनन् भन्ने प्रष्ट छैन ।

तर, गृहसचिव सुर्य सिलवाल भने सरकारकै निर्देशनमा आन्दोलनकारीलाई हटाएर भारतीय गाडी पठाइएको दावी गर्छन् । ‘हामीले आफ्नै स्वविवेकका आधारमा सीमा खाली गरेर भारतीय गाडीहरु पठाइदिएका हौं’ अनलाइनखबरसित सिलवालले भने-‘भारतीय पक्षको आग्रहमा होइन, हामी आफैंले सोचविचार गरेर चालेको कदम हो ।’ यो निर्णय सरकारको कुन तहबाट भएको हो भन्ने उनले खुलाउन चाहेनन् ।

भारतले नेपालका सयौं गाडीहरु थुनिरहँदा नेपालले उनीहरुका गाडी पठाउन किन हतारो गरेको भन्ने प्रश्नमा सिलवालको आफ्नै तर्क छ । ‘भारतले नेपालतर्फ अवरोध भएकाले गाडी पठाउन नसकेको दावी गर्दै आएको छ’ गृह सचिव सिलवालले भने-उसका गाडीहरु पठाइदिएर के प्रमाणित गर्न खोजेका हौं भने नेपालतर्फ कुनै अवरोध छैन । यसबाट नेपालका गाडीहरु पठाउन उसलाई दवाव पर्छ भन्ने हाम्रो विश्वास हो ।’
तर ‘नकच्चरो कुटनीति’ को सफल अभ्यास गर्दै आएको भारतप्रति गृहसचिवले राखेको विश्वास सार्थक हुने कुनै सम्भावना थिएन ।

आन्दोलनमा भारतीय नागरिक

वीरगञ्जमा भएको झडपका क्रममा मारिने व्यक्ति भारतीय रहेको खबरसँगै सीमाकेन्दि्रत अवरोध भारतीय नागरिकको संलग्नता प्रमाणित भएको छ । विहान प्रहरीले पक्राउ गरेका पाँच मध्ये दुई भारतीय नागरिक नै थिए ।

भारतीय अगूवाईमा भएको आन्दोलनलाई नेपालले कठोरताका साथ डिल गर्नुपर्ने सुरक्षाविदहरु बताउछन् । नाम उल्लेख नगर्ने सर्तमा एक सुरक्षाविद्ले भने-‘यो आन्दोलन नेपालीहरुले गरेको होइन भन्ने यहाँभन्दा अर्को प्रमाण के चाहिन्छ ?’

उनले जसरी भए पनि आन्दोलनकारीलाई हटाएर सीमा नाका खाली गर्न सरकारलाई सुझाव दिएका छन् । उनले भने-‘प्रहरीले चाहे सीमा नाका खुला गर्न सक्दो रहेछ भन्ने प्रमाणित भएको छ, अब उनीहरुलाई नेपालको सिमामा ढिम्किन दिनु हुँदैन ।’

http://www.onlinekhabar.com/2015/11/345352/

 
Posted on 11-07-15 11:16 AM     [Snapshot: 3736]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

INDIAN MEDIA WORSE than communists in spreading lies.


 
Posted on 11-07-15 6:53 PM     [Snapshot: 3825]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

Salute to Dr. Amarjit Singh for speaking the truth:

- India doesn't care about numerous lynching going on in its country, but India raised few political incidents in Nepal at UN.
- He spoke about India's double standard.
- He emphasized repeatedly Nepal is a sovereign nation.
- India is instigating guerilla war and insurgency in Nepal to unstabilize the nation.
- यह सिक्किम नहीं हे, भुटान नहीं हे, गोर्खाली हे
- Despite all the poverty and destruction from earthquake, Nepalese have self-respect.
- इंडिया ने जाल बिछाया हे, UN जाके complain कररहा हे, और इधर नेपाल मे infiltrate करा रहा हे


 
Posted on 11-21-15 9:45 AM     [Snapshot: 4101]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

मधेसी नेताहरुले भारतसामू भने- नेपालको तराई क्षेत्र ‘भारतकै भूमि’ हो (नयाँ खुलासा) 

भारतीय भूमी भन्दै उनीहरुले मधेसको रक्षा गर्न भारतसँग थप सहयोग माग गरिएको समाचारमा उल्लेख छ । नेपालको पूर्वदेखि पश्चिमसम्मको भूभाग अंग्रेजले १८६० मा भारतबाट टुक्रयाएर नेपाललाई दिएको भन्दै उनीहरुले मधेस भारतकै संरक्षणमा हुनुपर्ने बताएको समाचारमा उल्लेख छ ।

यसअघि मधेसी मोर्चाका नेता एवं सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महताले अमर उजाला पत्रिकासँगै भारतविना नेपालले सांस पनि फेर्न नसक्ने भनेर अभिव्यक्ति दिएका थिए ।

Amar-Ujala

 
Posted on 11-21-15 9:48 AM     [Snapshot: 4104]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

एउटै जिल्लाका २० हजार भारतीय नागरिकसँग नेपाली नागरिकता

‘दोहोरो नागरिकता लिनु अपराध हो, त्यस्तो व्यक्तिले भोट हाले कारबाही हुन्छ’

काठमाडौँः भारतीय सञ्चार माध्ययमले एउटै जिल्लाका २० हजार भारतीय नागरिकसँग नेपाली नागरिकता भएको पुष्टि गरेका छन् । नवभारत टाइम्सले उत्तर प्रदेश राज्यको महाराजगञ्ज जिल्लामा मात्र २० हजार भारतीय नागरिकसँग नेपाली नागरिकता भएको पुष्टि गरेको छ ।

नेपालको सीमावर्ती महाराजगञ्ज जिल्लाका ४० गाउँका २० हजार भारतीय नागरिकसँग नेपाली नागरिकता रहेको समाचारमा उल्लेख गरिएको छ । दोहोरो नागरिकताले भारतको आगामी डिसेम्बरमा हुने लोकसभा, विधानसभा र गाउँ पञ्चायतको निर्वाचनमा असर पर्ने समेत समाचारमा उल्लेख गरिएको छ ।

महाराजगञ्ज जिल्लाको ८० किलोमिटर क्षेत्र नेपालसँग सीमाना जोडिएको छ । दोहोरो नागरिकता हुनेमा नेपालको भैरहवाका स्थानीय बासी रहेको समाचारमा उल्लेख गरिएको छ । नवभारत टाइम्सले भारतको महाराजगञ्ज जिल्लाका डिएम सुनीलकुमार श्रीवास्तवलाई उद्धृत गर्दै लेखेको छ, ‘दोहोरो नागरिकता लिनु अपराध हो । त्यस्तो व्यक्तिले चुनावको समयमा भोट हालेको पाइएमा कारबाही हुन्छ ।’

नवभारतले दोहोरो नागरिकता नेपालको मात्र समस्या नभएको समे उल्लेख गरेको छ ।

http://www.nayapage.com/42130
 
Posted on 11-21-15 10:00 AM     [Snapshot: 4108]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

असन्तुष्टि र मागको चर्चा हुँदा जनसङ्ख्याको आधारमा निर्वाचनक्षेत्र तोक्ने र नागरिकताको विषय बरोबर उल्लेख हुने गरेको देखिन्छ । यी दुई अलग भए पनि गाँसिएका मामिला हुन् । तसर्थ यहाँ यसमै सीमित रहेर एउटा चर्चा गरिँदैछ । विक्रमाब्द २००८ सालको जनगणनामा कुल जनसङ्ख्या ८३ लाख भएको नेपाल २०६८ सालको गणनापछि दुई करोड ६० लाखभन्दा माथिको भएको छ । बर्सेनि बढ्दै छ । यस वृद्धिमा हिमाल र पहाडतर्फको वृद्धि २.४ गुणा र तराईको ४.६ गुणा समावेश भएको जानकारहरूको कथन छ । तराईमा जनसङ्ख्याको चाप बढी हुनुको कारण पहाडबाट बसाइँसराइ र दक्षिणबाट हुँदै आएको अनियन्त्रित प्रवेश हो । पहाडबाट तराई झर्नु आन्तरिक बसाइँ सराइ हो र त्यो संविधान र ऐनका व्यवस्था अन्तर्गतको कार्य हो– बङ्गालको बासिन्दा बंगलोर गएजस्तै तर अन्तर्राष्ट्रिय सिमाना पारिबाट नेपाल प्रवेश गर्ने र यतै बसोबास गर्ने, गराउने कार्य वैधानिक होइन, हुँदैन । कुनै सन्दर्भमा नियमित नराखिएको सिमाना भन्दैमा दशगजाभित्रको प्रवेश जोसुकैलाई ‘‘खुल्ला’’ राखिएको मान्न मिल्दैन । आवतजावतमा राहदानीको प्रयोग गर्ने प्रचलन पुरानो हो । कुनै कालखण्डमा खुकुलो राखिनु एउटा कुरा हो तर विदेशी आप्रवासीका लागि सिमाना बेरोकटोक खुला राखिँदैन । भाषा, संस्कृति मिल्छ भनेर अमेरिकाले बेलायतका मानिसलाई निर्वाध प्रवेश दिँदैन, नागरिकता दिने कुरो त परै रहोस् । क्यानाडाले छिमेकमै भाषा संस्कृति मिल्ने देश पाएको छ, नेपालले भारत भेटेजस्तो तर आप्रवासीको निर्वाध प्रवेश हुन, गर्न दिँदैन । नेपालमा विगतका केही दशकमा खुकुलोपनको ‘लाभ’ उठाएर सीमापारिका धेरै मानिसले नेपाली भएर नागरिकताको प्रमाणपत्र लिएको बुझिन्छ । २०४० सालतिर डा. हर्क गुरुङको टोलीबाट भएको बसाइँसराइ सम्बन्धी प्रतिवेदनमा यस विषयमा उल्लेख भएको थियो । उतिखेरै भारतकै गृह मन्त्रालयले करिब ४० लाखले नेपाली नागरिकता लिइसकेको जनाएको रहेछ । हालै केही साताअघि भारतका गृहमन्त्री राजनाथ सिंहले नेपालमा एक करोड भारतीय रहेको भाषण गरेको खबरले चर्चा पाएको थियो । जगजाहेर तथ्य हो, २०६२ र ६३ को आन्दोलन पश्चात् २०६३ कै उत्तरार्धमा गृहमन्त्री कृष्ण सिटौलाले हतारहतार नागरिकता सम्बन्धी नयाँ ऐन पारित गराउनुभयो । गृहका सूत्रहरूको कथन छ, ऐन ल्याउनुअघि सिटौलाले महन्थ ठाकुर समेतका मधेसका केही नेताहरूसित बैठक गर्नुभएको थियो । मस्यौदाको क्रममा रहेको ऐनमा २०४६ साल चैत मसान्तभित्र नेपालमा बसोबास भएका भनी नेपाली नागरिकता भएका तीन जनाले सिफारिस गरिदिएपछि जोसुकैले जिल्ला प्रशासनबाट नागरिकताको प्रमाणपत्र पाउने प्रावधान राखियो । ‘‘यो व्यवस्था त चाहिनेभन्दा बढी उदार भएन र हजुर ?’’ भनी प्रश्न गर्ने गृहका कतिपय उच्च अधिकृतको चिन्ताप्रति सिटौला गम्भीर नभएको बुझिन्छ र पुनःस्थापित प्रतिनिधिसभामा त्यो ऐन कसरी जबर्जस्तीसित पारित गराइयो त्यसबखतका कतिपय सांसदले वर्णन गर्न सक्छन् । भनिन्छ, त्यसयताको अवधिमा ३५ लाखदेखि ४० लाखसम्मको सङ्ख्यामा भारतीय आप्रवासीलाई नेपाली नागरिकता दिने काम भएको छ । यस भनाइको पुष्टि हुने कुरा भारतकै गोवाका प्रोफेसर मुकेशकुमार सिंहको एक पुस्तकमा छापिएको छ, जसमा सन् २००८ पछिको समयमा ४० लाख भारतीय नेपाली नागरिक भइसकेको व्यहोरा परेको छ । राजनाथ सिंहको भाषणमा परेको एक करोडमध्ये ८० लाखको हिसाब त आइसक्यो । यसबीच पूर्व र पश्चिमतर्फका सीमाबाट पनि उल्लेख्य सङ्ख्यामा मानिस नेपाल पसे होलान् र ‘उदार’ नागरिकता नीतिबाट फाइदा उठाए होलान् । प्रमाणपत्र दिने सरकारी कर्मचारीमध्ये कतिपय आर्थिक प्रलोभनमा परेनन् भन्न गाह्रो छ । १५ कात्तिकका दिन ‘अन्नपूर्ण पोष्ट’ मा सदभावना पार्टीको कथन राख्दै २०६४ सालको निर्वाचनअघि १२ लाख मधेसीले नागरिकता पाएको कुरा स्वीकार गरिएको छ । त्यसअघि पनि दिल्ली रिझाउने पार्टीका सरकारले नागरिकता घरदैलोमै पु¥याउने जस्तो अवाञ्छनीय काम गरेका थिए । पहिले सङ्ख्या बढाउने, र अहिले आएर अङ्गीकृत नागरिकता पाउनेले पनि वंशजको आधारमा नागरिकता पाउने सरहको सुविधाको दाबी गरिँदैछ ।

सस्तो लोकप्रियता कमाउन टोली खटाएर ’नागरिकता’ बाँड्ने अभियान पनि चलाइए । यो जथाभावी बाँड्ने वस्तु होइन । दिने भनेको नेपाली भएको सबुद प्रमाण पु¥याउने उमेर पुगेको व्यक्तिलाई प्रमाणपत्र दिने हो । हकदैया नपुग्नेलाई नागरिकता दिने होइन । परन्तु दिल्लीको अनुग्रहमा नेपालको सत्ता प्राप्त गरेको ठान्नेहरूले उताकालाई खुसी गराउन हचुवा नीतिका भरमा नागरिकता वितरण कार्य चालू राखे । 

 तराईका पत्रकार चन्द्रकिशोर समेतले ‘नवनागरिक’ ले रैथाने मधेसीको अवसर, अधिकार खोस्ने स्थिति नहोस् भनेको अकारण होइन होला । त्यस्तै, तमलोपा उपाध्यक्ष बृशेषचन्द्र लालको एक आलेख (१७ कात्तिक) मा जिकीर भएको ’नव–राष्ट्रियता’ अङ्गीकृत नागरिकता लिएका मानिसको अधिकार स्थापित गराउने अभिप्रायको होइन होला । किनभने त्यसो गर्नुभनेको आफ्नो खुट्टामा आफैले बन्चरो हान्नु बराबर हो । प्रसङ्गवश मात्रिका यादवको यो कथन पनि पढौँ– अङ्गीकृतले मुख्यमन्त्री पाउनुपर्ने माग मधेसको, मधेसी जनताको होइन, यो भारतीय एजेन्डा हो, यो बिहारी एजेन्डा हो । 

 एक अनुभवी कूटनीतिज्ञले केही दिनअघि मसँग जिज्ञाशा राख्नुभयो– नेपाली नागरिकतामा यति धेरै आकर्षण किन होला ? धन–धान्य लटरम्म भएको देश होइन आखिर । अमेरिकाको डिभी वा अष्ट्रेलिया, क्यानाडाको पी.आर. को आकर्षण नेपालमा छैन । अनुमान गर्न सकिन्छ, नेपाल छिरेर यहाँको नागरिकता लिन पाए राहदानी बनाइ ‘नेपाली’ भएर अमेरिका, बेलायत जताततै पुग्न सकिन्छ । नभए पनि कतार, मलेसिया, साउदी, युएई जस्ता गन्तव्यमा जान पाइन्छ । यो यथार्थ हो । केही वर्षअघि तराईमा बसोबास भएका एक राजदूतले आफू खटिएको खाडीको देशमा राजविराज ठेगाना बताउने एक कामदारलाई उसको किटान ठेगाना सोधनी गर्दा ’त्यहीं बजारनेर’ भनेर झुक्याएको कुरा लेखेका थिए । उ, जस्ता कैयन् भारतीयले ‘नेपाली’ भएर रोजगारीको अवसर उम्काइरहेका छन् । अर्को कुरा, नेपालीको जस्तो इमान–जमान नभएका मानिस नेपाली भइदिँदा खास नेपालीको साखमा प्रश्नचिन्ह लाग्न जान्छ । 

http://www.gorkhapatraonline.com/news/16295

 
Posted on 11-26-15 10:34 AM     [Snapshot: 4258]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 


Niteesha Sharma छातीमा भारतको झण्डा बोकेर, बिहारमा मासु भात खाएर नेपालीलाई हत्या गर्न उक्साउने, तराईबासी नेपालीको नाम बेचेर अरवौ भ्रष्टाचार गर्ने यो अपराधी हत्यारा राजिन्दर महत्वको तस्विरलाई ध्यान पुर्वक हेरौ र भनौ तो कुन कोणबाट नेपाली नागरिक लाग्दछ ?????

Bharat Dahal
रञ्जीत रे काे सुराकी परिचालन रणनीति १.दमननाथ ढुंगाना यूराेपीयन लगानी र सिअाइएकाे नेतृत्वमा काठमाडाैंमा सञ्चालित NTTP नामक संस्थाका उप मुखिया हुन्। उनी साम्राज्यवादीहरूले दिएकाे निलाे प्लेटकाे कार चढ्छन्। खिलराज रेग्मी प्रधानमन्त्री हुनुभन्दा अगाडि उनी यूराेपीयन प्रतिनिधि बनेर अाफूलार्इ प्रधानमन्त्रीमा समर्थन गरिदिन माग गर्न निलाे प्लेटकाे कार हल्लाउँदै दिल्ली पुगेका थिए तर दिल्लीले उनी यूराेपीयनहरूकाे मात्र विश्वासिलाे रहेकाे भनेर खिलराजकाे नाम अघि सारेकाे थियाे। २.लाेकराज बराल दिल्लीका कुख्यात चम्चा हुन्। कांग्रेसीहरूबाटै उनीमाथि दिल्लीकाे जासुस भएकाे अाराेप लाग्दै अाएकाे छ। गिरीजा काेर्इरालाले भारतसंग गरेकाे टनकपुर सन्धिकाे व्यापक विराेध भएपछि त्यसलार्इ ढाकछाेप गर्न बनिबनाउ षडयन्त्र अन्तर्गत उनले लाेकराज बरालकाे संयाेजकत्वमा अायाेग बनाएका थिए। अायाेगका तर्फबाट बरालले साे सन्धिबाट नेपाललार्काइ फार्इदै फार्इदा हुने रीपाेर्ट बुझाएर दिल्लीकाे सिफारिसमा भारतकाे राजदूत पड्काएका थिए। भारतले नाकाबन्दी गरेकाे छैन भन्नसक्ने यि निचहरू डबल डिलर जासुसहरू हुन्। दुबैले इण्डाे-सिअाइए नेक्ससका लागि काम गर्छन्। यिनीहरू नेपाली हुन् भन्ने भ्रम कसैले नपाल्दा राम्राे हुन्छ। पैसा र पदका लागि अाफूलार्इ बेचेर दिनलार्इ रात भन्न सक्नेहरूकाे कुनै देश हुँदैन। ध्यानयाेग्य कुरा के छ भने दुबै जनालार्इ साम्राज्यवादीहरूले कथित मानव अधिकारवादीकाे मुकुण्डाेमा हुर्काएकाे छ। यिनीहरूकाे मानव अधिकार भनेकाे साम्राज्यवादी हिंसालार्इ समर्थन गर्नु हाे।

 
Posted on 11-26-15 10:36 AM     [Snapshot: 4259]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 
 
Posted on 11-26-15 10:47 AM     [Snapshot: 4269]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 
 
Posted on 11-26-15 11:37 AM     [Snapshot: 4292]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Metta i sympathize with your posts..a great annals of news articles ( though majority of them are from unverified online outlets and copy paste news websites who probably cannot defend themselves in the court of law).

But seriously thinking, who should we blame for the plight of nepal? If your wife goes around flirting with your neighbor should the neighbor be blamed if one day your wife comes to your crying that she's been impregnated by SOB neighbor?

Nepal's netas have pimped nepal big time. We are seeing the outcome now..it could just be the beginning.

Look at ukraine and crimea. It almost feels like putin has been pardoned by US and Europe that there are bigger issues than crimea. So will it be for modi if one day if India annexed terai to it's territory. The only way that could be prevented is if nepalis (and nepali leadership) stay true to nepal and not go around pimping nepal for instant gratification and kursi.

And btw kill those mofos who lure the innocent girls to brothels in india for couple of thousand rupees.
 
Posted on 11-26-15 6:04 PM     [Snapshot: 4353]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

Gwach, government will do nothing. Didn't you see GM of NOC was caught with evidence? Government transferred couple of lower ranking officials, but did nothing to this GM.

All these news may not be true, be it from online websites or major dailies. These online provides forums for alternative views. Do you know Annapurna Post published FAKE NEWS on the front cover last week?

Not all nepalese remain true to Nepal, like you suggest. Many nepalese leaders are on Indian payroll. But most of us think it's only madheshi leaders, and keep on blaming them.

I'll write few people who have been caught red-handed, yet they were not punished. This may not have much to do with current thread though.

- Minister Ram Sharan Mahat (his PA was caught red handed)
- Minister Narayan Khadka (embezzlement on buying tents for earthquake victims)
- Ganesh Thapa
- NOC GM Gopal Khadka
- Energy Minister Radha Gyawali
- PM Koirala didn't spend money collected for earthquake victims, but he was wise enough to provide 3.5 million rupees to Convict Khum Bahdaru Khadka.

Yet, we love to bash India, like I'm doing in this thread.

When our economy is going down turn, PM Oli has a great plan for Nepal's future by appointing high-school failed visionary leader Bishnu Poudel as Nepal's finance minister.
 
Posted on 11-28-15 1:06 AM     [Snapshot: 4472]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

India ko haalat yesto huncha, when its neighbors will turn against her because of what its been doing to all its neighbors.

https://youtu.be/kTdaWUDeGsg
 



PAGE: <<  1 2 3 4  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TRUMP 2016!!! Here is why?
"टी पी एस" अत्यन्त जरुरी
Investing in Land in Nepal..worth it?
fannie mae stock
अमेरिका पसेपछिको अनुभव यस्तो ...
Chief Of Party, USAID Nepal Family Planning, Kathmandu Nepal
HAS anyone done change of Status from TPS to Green card while being in USA . Need suggestions
Nepali girls try German made momo in Berlin - Vegan friendly options
Most Visited Thread EVER on Sajha!!! TRUMP 2016!!! Here is why?
TRUMP 2016!!! Here is why?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters