Posted by: metta September 29, 2015
Evil India
Login in to Rate this Post:     0       ?        

जुकरवर्गले मोदीसँग मिलाएको हात धुनुपर्छः अधिकारवादी संस्था

सो भेटमा मोदीसँग हात मिलाएको भन्दै अहिले जुकरवर्गलाई एक मानवअधिकारवादी संस्थाले मोदीसँग मिलाएको हात धुनका लािग 'स्यानिटाइजर' उपहार पठाएका छन्। 'एलाइन्स फर जस्टिस एण्ड एकाउण्टबेलिटी' संस्थाले 'जुक वास योर ह्यान्ड' नामक वेभसाइट नै बनाएको छ। सो संस्था सन् २००२ को गुजरात दंगामा मोदीको हात रगतमा लतपतिएको भन्दै  जुकरवर्ग हात धुन आग्रह गरेको हो।
 
वेवसाइटका  अनुसार सयौं 'स्यानिटाइजर' फेसबुक मुख्यालय पुगिसकेका छन्। जुकरबर्गलाई पठाइएको 'स्यानिटाइजर' का हरेक बोतलमा गुजरात दंगाका पीडितको नाम लेखिएको छ ।
 
सन् २००२ मा मोदी गुजरातको मुख्यमन्त्री हुँदा हिन्दु र मुस्लिम समुदायबीच फैलिएको दंगामा एक हजारभन्दा बढी मानस मारिएका थिए भने अन्य कैयौं घाइते भएका थिए। 
http://setopati.com/raajneeti/34524/
Read Full Discussion Thread for this article