Posted by: metta August 11, 2015
हिन्दु राष्ट्र किन? दलित, महिला र अन्य धर्म लाई दबाउन
Login in to Rate this Post:     0       ?        
आफु ख्रिस्तियन भएको मुलुकमामा बसेर धार्मिक स्वतन्त्रको मज्जा लिने अनि नेपालमा चाहिं हिन्दु राष्ट् बनाई राम राज्य बनाउने लड्डु देखाई उफ्रदै कमल थापा र खुमे रावणहरुलाई राज गराई मनु ग्रन्थलाई नेपालको सर्बोच्च राखी धार्मिक संबिधान बनाउने

यसै पनि मुलुकी ऐनमा महिला बलात्कार भन्दा बढि सजाय गाईको करणीलाई दिऎकै छ |
बालक बली चढाउडा चुप रहने हिन्दु अतिवादीहरु गाईको मासु खायो भनेर नभएको घटना उचाल्दै उफ्रदै छ र बन्द हड्ताल गर्दै छ |
गाई मरेकों भनेर गरिब र भोका जनतालाई बर्षौ बर्ष सम्म जेलमा थुनेकै छ |
तैपनि हिन्दु राष्ट्रले ती गरिबलाई सजाय माफी दिनुको सट्टा हिन्दु प्रदिप् राज पाण्डेलाई कानूनमा नै नभएको व्यवस्था भए पनि भ्रस्टाचारमा पनि माफी दिएकै छ

अझै हिन्दु अतिवादीहरु तल पर्यो भनेर सडक र साझामा कुर्लेकै छ |

हिन्दु बाहुल्यता रहेको मुलुकमा धार्मिक स्वतन्त्र हुदा हिन्दु खतरामा पर्ने, अनि हिन्दु नै भनेर किटेर राखेर हिन्दु धर्म अनुसार कानून बनाउदा चाही अरु धर्महरुको रक्षा हुने ? कस्तो कुतर्क हो यो?

हिन्दु धर्ममा भएका विभेद लाई सुधार्ने रे? स्वतन्त्रता कायम राखेर नहुने सुधार हिन्दु अतिवादीहरु लाई सुम्पिदा चै शायद धेरै नै सुधार हुन्छ होला? जातिवादी रे? आफू धार्मिक अतिवादी नभएको नदेख्ने? अनि स्वतन्त्रको कुरा गर्दा दुनिया आरोपमा उतर्ने?

"पढ़ने बेला घुच्चा खेल्न गए"
- यसबाट थाहा हुन्छ कति ignorant छौ भनेर | कृपया यो कुरो त्यो साझा सवालमा राजेश हमालले उठेको दीपक मिजार र SLC पास भए पनि शिक्षक त परै जाओस peon को पनि जागिर दलित भयो भनेर दिएन भन्नेहरुलाई सम्झाई दिनु होला |

बिदेशीको पैसा खाएर धार्मिक स्वतन्त्रको माग गर्यो रे?
ए भारतीयहरुलाई शायद हिन्दु अतिवादीहरुले आफ्नै मुलुकको स्वदेशी ठानी सक्यो होला त्यसैले भारतीय हिन्दु अतिवादीहरुलाई नेपाल ल्याई raw को पैसा खाई नेपालमा हिंसा भड्काउदै छ |
Read Full Discussion Thread for this article