Posted by: magorkhe1 July 28, 2015
नेपाली को डाहा गर्ने बानि र TPS !
Login in to Rate this Post:     0       ?        
इर्स्या जन्मजात गुण हो, कलेज गएर सिक्षा लिदैमा र डाक्टर झुन्द्याउदैमा यो गुण जादैन | मैले पाई सके वा मैले नपाउने हो भने अर्कोले पनि नपाओस |
यो उखान सम्झीए |
तिन जनालाई नेपाली रहेछन अनि पहिलो नेपालीलाई भगवानले बरदान माग भन्नु भएछ | कालो बर्ण भएकोले गहु गोह्रो बनाइ दिनुस भनेछ , दोश्रोले पनि तेही बरदान मागेछ | तेश्रोको पालो आयो मनुवा के बरदान दिउ तलाई ? प्रभु यी दुबैलाई स्याम बर्ण कै बनाइ दिनुस | यो हो हाम्रो जिन, हाम्रो मानसिकता | यो कबिता कहिँ कतै पढ्नु भएको छ " मै खाउ मै लाउ शुख सयल मोज गरु , ..... .. .. मारुन सबै दुर्बल हरु " कविले हाम्रो मानसिकता बारे येसरी दर्साउनु भयो !

अरु टाढाको कुरा के गरौ , आफ्नै अन्तरे भाइ को कुरा गरौ | इट्टा बलुवा खावोस भनि पुल्चोक क्याम्पस भर्ना गरायौ , २-३ बिसय बाकि थियो होला पास गर्न, बुबाको स्वर्गबास पछि भएको खेतीपातीको आम्दानि भोग चलन गर्न पाउदा DV परे झैँ भएको थियो | जिल्ला कार्यालयमा सब ओभरसियर को काम पाएको थियो , कान्छो भाइ नगरपालिकामा इन्जिनियरको काम गर्न सुरु गरे पछि उसको ईज्जत जाने भएर हो वा के ले हो काम छोडे , अहिले काम धाम छैन , खेति पातिको आम्दानि सुख्खा लाग्यो | भएको जग्गा को एसो सुरक्षा गरि दिए के नै बिग्रन्थ्यो र तर उनको भनाइ म यहा बसेर तिनी हरुको हेर बिचार गरि दिनु ? ७-८ बर्स आम्दानि खादा पनि मालपोत भने तिरेका रहेनछन ( मेरो मात्रै हो वा उनको आफ्नो पनि )| लौ भन्नुस एउतै बाउ आमा का सन्तान मा यो चर्तिकला छ , मेरो राम्रो नभए पछी अरुको पनि नहोस् !आफै बिचार गर्नुस हामि नेपालिको मानसिकता |
नेपालमा हाजारौ मानिस मरे तिमि हरुलाई चै TPS लागेको छ , भुईचालो आयो , जो जहा छौ सामना गर्नै पर्छ अनि आफ्नो आफ्नो मानसिकता अनुसार सहयोग गर्दै छौ , गरेनौ त्यो पनि आफ्नै मानसिकता हो |

एउटा प्रश्न तपाइलाइ : अमेरिकी सरकारले दियो यो सुबिधा , मैले नलिएर बडप्पन देखाउनु बेस वा लिनु बेस ? नलिए भने तपाइँ खुसि ? टोकसो किन?
लौ भन्नुस के के गर्नु भयो यो भुईचालो गए पछि ? अरुलाई अर्ति र उपदेश दिन पाए भै हाल्यो! देशले पाएको सहयोग को ६०-७० % सहि सदुपयोग होस् भन्ने कामना गरौ ! 






Last edited: 28-Jul-15 11:06 AM
Read Full Discussion Thread for this article