नेपाली को डाहा गर्ने बानि र TPS !

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

आइले साझा लगाएत सबै तिर TPS को बहस चलेको छ . TPS के हो कसो हो सब ले थाहा पाई सके ! म त्यो बारेमा जानकारी दिन लागेको हैन ! तर येति कुरो सहि हो TPS ले धेरै नेपाली लाइ येह सहयोग गर्छ , फेरि पनि हामि हिच किचाइ रहेका छौ किन ?? किन भने हामि संग नेपाल बाट डाहा गर्ने बानि र अरु को खुट्टा तान्ने बानि अझ पनि छ . मान कि नमान येहा धेरै नेपाली काम गर्ने कागज बिहिन छन् , कोइ बिद्धार्थी छन् त कोइ अबैधानिक रुप मा आएका छन् . सबै को आफ्नो आफ्नो परिस्थिति हुन्छ, कसै लाइ आफ्नो आमा घर देस छोडेर येहा आउने रहर हुदैन . यो कुरा मा नजाम , त्यो अर्को बहस को बिषय हुन्छ . TPS ले सबै लाइ येहा काम गर्ने हैसियत दिन्छ . तेसमा एउटा इमेल हालेर साइन गर्दिदा कुनै नेपाली ले ढुक्क संग काम गर्ने अवसर पाउछ भने किन नगर्दिने ? तर हाम्रो डाहा गर्ने बानि ले के भन्छ भने हुन्न मैले चै येति मरी मरी पढेर काम गरेर कागज बनाउने त्यो मुजी लाइ चै सित्तै मा काम गर्ने अवसर दिने ! त्यो हामि सब मा लागु छ , नापत्ताय आफै सोच्नु . आफु ले जानेर बुजेर बसेको कुरा ले कसैलाई सहयोग पुग्छ भने अरु लै सिकाउदा के भयो ? मैले नेपाली community मा देखेको यो सब भन्दा ठुलो इस्सु हो . बंगाली , इन्डियन , पाकिस्तानी लगाएत अरु मा हेर आफु ले जानेको कुरो अरु देस बासि लाइ सिकाएर सहयोग गरेर सब जना आराम ले बसेका छन् , हाम्रो चै हुन्न तेसो गर्न , किन कि हामि डाडे छौ . यो कुरो कसै लाइ मन नपर्ला , तर त्यो सत्य हो . ये बाबा तिमीले दुख गरेर आयेउ , दुख गरेर पढ़ेउ , दुख गरेर कागज बनायेउ त्यो तिम्रो भाग्य हो . अब के त्यो भन्दै मा GC परेर आउने सब नेपाली लाइ घृणा गरेर हुन्छ ?? मलाई पनि रिस उठ्यो कैले काइ , साला हामी चै तेत्रो दुख गरेर आउने , यो मूला हरु चै lottery जितेर आउने भनेर , तर जब जब मैले बुज्दै गए , तब सोच आयो आफ्नो आफ्नो भाग्य को कुरा हो , थोडा मैले रिस गरेर बिल गेतस बन्छु ?? काम तिर तेस्तै , नेपाली ले नेपाली लाइ सकाउनु त कता हो कता हो उल्टो रिस गरेर जात्रा , लाग्छ हामी गएर तेस्को भाग खोसेर खान्चम ! अस्ति एउटा दिदि texas बाट फोन गरेर दुख पोख्दै थिन , संगै को नेपाली ले कुरो लगाएर काम को समय घतैदियो रे ! थुक्क तेस्को बुद्दि, जब कि त्यो ठाउ मा एक shift मा १५० जना ले काम गर्छन होला ! TPS ले कुनै नेपालि ले काम गर्न पाउछ त थोडा हाम्रो भाग बाट दिन पर्छ ? अमेरिका सरकार ले आएर तिम्रो काम गर्ने कागज अर्को लाइ देउ भन्छ ?? कि तिमीले किन साइन गरेउ भनेर सोध्न आउछ ?? कुनै बिद्धार्थी ले ढुक्क संग काम गरेर कलेज को पैसा तिर्न सक्छ , गएर मरी मेटेर OC मा घोतिनु पर्दैन ! नेपाल मा भुइचालो गयो , नराम्रो कुरा हो , भुइचालो को नाम पैसा उठाएर खान हुन्न तर त्यो भै सकेको बिपत्ति बाट एउटा सानो राम्रो काम हुन्छ भने तेस्मा गलत के भयो ? हाम्ले भुइचालो जावोस अनि TPS गरम्ला भनेर बसेका थिएनम ! ३ हप्ता अगाडी सम्म त त्यो भन्या के हो पनि थाहा थिएन ! कति बिद्धार्थी को , अबैधानिक बसेका नेपाली को घर भत्केको होला , काम काज ठप्प छ , येसो २-४ पैसा जोगाएर पथौन पाए आमा बाउ लाइ थोरै भए पनि राहत होला , तेस्मा गल्ति के भयो ? जब सम्म हामीले हाम्रो डाडे बानि त्याग्दैनौ तब सम्म हामि येसरी नै तल परेर बस्छौ , संगै अमेरिका छिरेका बंगाली , पकिसतनी एक अर्का लाइ सहयोग गरेर कहा पुइ सके हामि चै अझै ग्यास स्टेशन काम खोज्दै छौ . अरु के भन्नु खै , मेरो काम मा एउटा नेपाली ले मैले भन्दा धेरै काम गर्दै छ , गएर साउ संग कुरो गर्न जान छ , जय नेपाल !

facebook · May 13, 2015 3:21 PM · 103,795 views

65 Replies · Showing 61 - 65
Page 4 of 4

I don't understand these concerns against TPS. Ok, so we have a big earthquake in Nepal and there is lot of lives lost and property damaged. Politicians are eating a lot of donation money but noone has the guts to say or do anything. If we follow your dumb logic then even TV should not show any ads when they are giving news because they are making money out of it. Newspapers should not have anything else besides the earthquake relief stuff and they should not charge for the ads. According to your dumb logic the whole Nepali industry should stop working since they would be taking advantage of the earthquake. Grow up and stop being dumb.

down under · May 16, 2015 8:18 AM

You are right. Other Asian countries, you have mentioned help each other and unless people help each other, you, society or country will not progress. The result is in-front of your eyes.

wizit · Jul 27, 2015 8:52 PM

इर्स्या जन्मजात गुण हो, कलेज गएर सिक्षा लिदैमा र डाक्टर झुन्द्याउदैमा यो गुण जादैन | मैले पाई सके वा मैले नपाउने हो भने अर्कोले पनि नपाओस | यो उखान सम्झीए | तिन जनालाई नेपाली रहेछन अनि पहिलो नेपालीलाई भगवानले बरदान माग भन्नु भएछ | कालो बर्ण भएकोले गहु गोह्रो बनाइ दिनुस भनेछ , दोश्रोले पनि तेही बरदान मागेछ | तेश्रोको पालो आयो मनुवा के बरदान दिउ तलाई ? प्रभु यी दुबैलाई स्याम बर्ण कै बनाइ दिनुस | यो हो हाम्रो जिन, हाम्रो मानसिकता | यो कबिता कहिँ कतै पढ्नु भएको छ " मै खाउ मै लाउ शुख सयल मोज गरु , ..... .. .. मारुन सबै दुर्बल हरु " कविले हाम्रो मानसिकता बारे येसरी दर्साउनु भयो ! अरु टाढाको कुरा के गरौ , आफ्नै अन्तरे भाइ को कुरा गरौ | इट्टा बलुवा खावोस भनि पुल्चोक क्याम्पस भर्ना गरायौ , २-३ बिसय बाकि थियो होला पास गर्न, बुबाको स्वर्गबास पछि भएको खेतीपातीको आम्दानि भोग चलन गर्न पाउदा DV परे झैँ भएको थियो | जिल्ला कार्यालयमा सब ओभरसियर को काम पाएको थियो , कान्छो भाइ नगरपालिकामा इन्जिनियरको काम गर्न सुरु गरे पछि उसको ईज्जत जाने भएर हो वा के ले हो काम छोडे , अहिले काम धाम छैन , खेति पातिको आम्दानि सुख्खा लाग्यो | भएको जग्गा को एसो सुरक्षा गरि दिए के नै बिग्रन्थ्यो र तर उनको भनाइ म यहा बसेर तिनी हरुको हेर बिचार गरि दिनु ? ७-८ बर्स आम्दानि खादा पनि मालपोत भने तिरेका रहेनछन ( मेरो मात्रै हो वा उनको आफ्नो पनि )| लौ भन्नुस एउतै बाउ आमा का सन्तान मा यो चर्तिकला छ , मेरो राम्रो नभए पछी अरुको पनि नहोस् !आफै बिचार गर्नुस हामि नेपालिको मानसिकता | नेपालमा हाजारौ मानिस मरे तिमि हरुलाई चै TPS लागेको छ , भुईचालो आयो , जो जहा छौ सामना गर्नै पर्छ अनि आफ्नो आफ्नो मानसिकता अनुसार सहयोग गर्दै छौ , गरेनौ त्यो पनि आफ्नै मानसिकता हो | एउटा प्रश्न तपाइलाइ : अमेरिकी सरकारले दियो यो सुबिधा , मैले नलिएर बडप्पन देखाउनु बेस वा लिनु बेस ? नलिए भने तपाइँ खुसि ? टोकसो किन? लौ भन्नुस के के गर्नु भयो यो भुईचालो गए पछि ? अरुलाई अर्ति र उपदेश दिन पाए भै हाल्यो! देशले पाएको सहयोग को ६०-७० % सहि सदुपयोग होस् भन्ने कामना गरौ !  Last edited: 28-Jul-15 11:06 AM

magorkhe1 · Jul 28, 2015 9:57 AM

दुइटा कुरा थप्न मन लlग्यो: जत्ति पनि सकेको सहयोग गर्यो, धन्यवाद त के उल्टो खोइरो पो खन्ने आफ्नै बिरुद्दमा l घत लाग्दो घटना: एक जना साथीको श्रीमतीलाई मेरो पार्ट टाइम कम गर्ने धोतीको रेस्टुरेन्ट मा काम गर्न मरिहत्ते गरेर कुरा गरि लगिदिए l एक हप्ता पछि थाहा पाए कि प्रतेक दिन घरमा जादै मेरै बिरुद्दमा प्रतेक दिन मैले सबै टिप्स राखेको भन्दै हिद्दो रहेछ जुन १०० प्रतिशत असत्य हो सबैलाई थाहा छ धोतीको रेस्टुरेन्ट मा वेटर हरुलाई टिप्स राख्ने अनुमति हुन्न भनेर l बाध्य भएर मा आफै त्यहाबाट निक्स्केरा हिडे अर्को कुरा सकेको सहयोग गरिसकेपछि फर्केर Hello सुद्द नभन्ने l तेसैले कहिले कहिँ त उदासिन हुन मन लाग्छ l जे होस् सकेको सहयोग चै गरिने राखिएको छ l

Khumbule · Oct 7, 2015 2:07 PM

दुइटा कुरा थप्न मन लlग्यो: जत्ति पनि सकेको सहयोग गर्यो, धन्यवाद त के उल्टो खोइरो पो खन्ने आफ्नै बिरुद्दमा l घत लाग्दो घटना: एक जना साथीको श्रीमतीलाई मेरो पार्ट टाइम कम गर्ने धोतीको रेस्टुरेन्ट मा काम गर्न मरिहत्ते गरेर कुरा गरि लगिदिए l एक हप्ता पछि थाहा पाए कि प्रतेक दिन घरमा जादै मेरै बिरुद्दमा प्रतेक दिन मैले सबै टिप्स राखेको भन्दै हिद्दो रहेछ जुन १०० प्रतिशत असत्य हो सबैलाई थाहा छ धोतीको रेस्टुरेन्ट मा वेटर हरुलाई टिप्स राख्ने अनुमति हुन्न भनेर l बाध्य भएर मा आफै त्यहाबाट निक्स्केरा हिडे अर्को कुरा सकेको सहयोग गरिसकेपछि फर्केर Hello सुद्द नभन्ने l तेसैले कहिले कहिँ त उदासिन हुन मन लाग्छ l जे होस् सकेको सहयोग चै गरिने राखिएको छ l

Khumbule · Oct 7, 2015 2:07 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion