Posted by: ToastyTopi May 13, 2015
नेपाली को डाहा गर्ने बानि र TPS !
Login in to Rate this Post:     0       ?        
फेसबुकजी राम्रो कुरा निकाल्नुभयो, धन्यवाद। तर आफूलाई मन नपर्ने सप्पैकुरा अरुले डाहा गरेर बोलेको या खुट्टा तान्न खोजेको मानसिकताबाट तपाईं अलि ग्रसित भा होकी भन्ने चाँही अलि मानेको छु है, माइन्ड नगर्नुहोस्। नेपालमा भूकम्प गएर मेरो "कागज" बन्छ भने मलाइ त्यो स्विकार्य छैन। न त नेपालमा माओवादी, राजावादी या खावोवादी र अब आइकन यो महाभूकम्पको कारण देखाइ "पेपर" भर्न भने म तम्सिन्न है। यो मेरो रोजाइ हो र म यसलाई सही ठान्छु। मेरो लागि अहिले सकेसम्म कसरी नेपाललाई मद्दत गर्नपाउँ भन्ने ठुलो कुरो हो, अम्रिकामा बस्न पाउँला या नपाउँला भन्ने होइन। यस्तो सोच्दैमा तपाईंलाई चित्त दुख्छ भने क्षमा पाउँ, तर मैले त्यसमा साइन गरिन है।
Last edited: 13-May-15 05:04 PM
Read Full Discussion Thread for this article