Posted by: ujl January 14, 2015
Should children grow up in Nepal or USA
Login in to Rate this Post:     2       ?         Liked by
छोराछोरीको लागि स्वर्ग तेही हो जहाँ उनीहरूको आमाबुवा छन् . प्रेम भन्दा ठुलो चिज यो संसारमा केहि पनि छैन. एउटा बिरुवा ठुलो हुनको लागि धेरै कुराले असर पार्छ: बिजको को शक्ति, उर्वर पृथ्वी, अनुकूल वातावरण र मल-जलले ठुलो भूमिका खेलेको हुन्छ. मानवताको पहिलो पाइला डोराउने नारीको छत्र-छाँयामा हुर्केका सन्तानको बुद्धिको विकास पूर्ण रूपले हुन्छ. कोमल हृदयको स्पर्स पाउँदाको आनन्दले छोराछोरीमा सकारात्मक भावनाको विकास हुन्छ जसले गर्दा समाज बलियो बन्दै जान्छ. चाहे नेपाल होस् या अमेरिका, ज्ञानको ज्योति बिना केहि पनि सम्भव छैन.
Read Full Discussion Thread for this article