Posted by: Rahuldai September 17, 2014
Anju Panta, CK Raut and We Conservatives
Login in to Rate this Post:     0       ?        
केही प्रश्नहरु जुनको उत्तर इमान्दारीपूर्बक दिनु होला ??

१. अन्जु पन्त, सिके राउत , झण्डा फेर्ने हरु र गाइ खानेहरुको एक आपासमा सम्बन्ध के हो ?? कतै एकै तिरबाट संचालित त हैनन् ??

२. मधेशको र मधिसेको जायज आवाज उठाउनु र मधेशलाई नेपालबाट टुक्रयाउछु भन्ने कुरा एकै कसरी हुन सक्छ ?? बिरोध र बिद्रोह एकै हुन सक्दैन |

३. प्रजातन्त्रको कुरा गर्ने भए गत संबिधान सभाको चुनाव भएको १ बर्ष भएको छैन , के त्यो बेलाको जनमत मधेशबादी दल को लागि थियो ?? मधेश का जनताले नै उग्र मधेसी लाई पाखा लगाएको हैन ??

४. नेपाल आमालाई रन्डी भन्ने राउतको तरफदारी किन गर्दै हुनु हुन्छ ?? आमालाई रन्डी भन्ने पुत्र हुन सक्दैन कुपुत्र हो |

५. पंचायत शासन भोगेको भए मात्र थाहा हुन्थ्यो के हो पंचायत भनेर , कसैको बिरोध गर्नु वा बिचारमा बिमति राख्ने जम्मै कसरी पंचायत् को हिमाती भयो ??

अधिकारको कुरा गरौँ , कसले रोकेको छ ?? असमान ब्यबहार र बिकास को कुरा गरौँ कसले रोकेको छ ?? हिजो पहाडी लाई मारेर लखेटेर जितेका महतो, गच्छेदार , गुप्ता , मण्डल , सिंह को पार्टीको हैसियत अहिले के भएको छ | उग्र नाराले मधिसे सारा आउछ भन्ने दिवास्वप्न कसैले देखेको छ भने त्यो ब्युन्झे हुन्छ छिट्टै | नत्र फेरी अर्को उपेन्द्र यादब हुने छ |
Read Full Discussion Thread for this article