Posted by: Rahuldai February 28, 2014
The Slander of Dilshova
Login in to Rate this Post:     1       ?         Liked by
अहिले सम्मको समाचारहरु लाई विश्लेषण गर्दा "दिल शोभा " को समाचारलाई प्रमुखता दिई प्रकाशन गर्ने नागरिक दैनिक र माइ संसार डट कम देखियो | अरुले तिनैलाई साभार गरेको देखियो | आज नागरिक दैनिकमा उक्त समाचारदाताले अर्को लेख लेखी आफ्नो कामलाई पुष्ट्याई गर्न खोज्यो भने माइ संसारले थप अडियो तथा भिडियो प्रकाशित गर्यो |

सब प्रश्न उठ्छ , नागरिक दैनिक र माइ संसार लाई मात्र यत्रो टाउको दुखाइ किन ?? संयोग मात्र पक्कै हैन होला माइ संसारका माइ बाप पनि नागरिक दैनिक कै जागिरे हुन् | अर्को संयोग माइ संसारका उप बुज्रुक कालिमाटीकै स्थायी बासिन्दा हुन् जुन आमा घर भन्दा आधा किमि को दूरी मा पर्दछ- आफै जान सक्ने मान्छेले अरुको हवालामा समाचार किन सम्प्रेषण गरि राख्या छ ?




Read Full Discussion Thread for this article