Posted by: Rahuldai February 27, 2014
The Slander of Dilshova
Login in to Rate this Post:     3       ?         Liked by
देशको बारेमा जति पोजिटिभ कुरा सोच्छु भन्छु मरीकाटे आउने हैन, लौ बा यो त राम्रो भयो भनेर भन्छु अर्को नराम्रो देख्छु |

सतिले सरापेको देश भन्दिन भन्छु , भिम मल्ल र भिमसेन थापा सेरिएको देश बिर्सन्छु भन्छु , फेरी दिल शोभा दिदीको घटनाले सम्झाई रहन्छ |

ड़ा. गोबिन्द केसीले मृत्युको पर्वाह नगरी अनशन बस्यो, राम्रो नियतले , तिनलाई पनि देशकै संबिधान सभा भित्र सभासदले मेडिकल माफियाको उपाधि दिए, आज दिल शोभालाइ यौन दुराचारी अझ भनुं सेक्स राकेट संचालक समेतको उपाधिले विभूषित गरि दिए |

हो नियोले भने जस्तै देशमा लाखौँको संख्यामा मान्छेहरु नारकीय जीवन गुजारी रहेका छन् | अझै सयौं परिवारले त्यागेका बृद्धहरु पाटी, पौवा , मन्दिरको फल्चाहरुमा जीवनको अन्तिम नर्क भोगिराख्या छन् | सके जतिलाई दिल शोभाले आफ्नो आश्रयमा राखेका छन् | नियम कानूनले चलाएको आश्रय स्थल हैन त्यो आमा घर , आमाको मन ले चलेको घर हो | नियम कानून जान्ने भैदिएको भए एन जी ओ खोलेरै डलरमा कलर जमाउँथि होली | हिसाब किताब दुरस्त राख्न सके ब्यापारी हुन्थी |

ममताको आश्रयमा न ऐन नियम हुन्छ न हिसाब किताब |

नियोलाई एउटा सुझाव ( त्यसो त "दिल शोभा को दिल 'फण्ड' बनाउँदा पनि भनेको थिएँ) |

१. एउटा स्थायी फण्ड स्थापना गरौँ जसमा महिनाको १, २. ५, १० डलर राख्ने मनहरुको धन संकलन गरौँ |
२. त्यो धनले एक जना योग्य म्यानेजर /एकाऊंटेन्टको ब्यबस्था गरी तिनलाई चलेको तलब सुबिधा त्यही फण्ड बाट दिउँ |

यसरी फताह जालीहरुको फन्दाबाट पनि बच्ने र नियम कानून र हिसाब किटान दुरुस्त दुवै हुने देखिन्छ | साथै दिल शोभा दिदीलाई अतिरिक्त आर्थिक भार पनि नहुने हुन्छ |

बाकि नियोको मर्जी .....

Read Full Discussion Thread for this article