नयाँ नेपालको यात्रा भाग 6
टेम्पू, ट्याक्सी र कार
नयाँ नेपालको यात्रा पहिलो संस्करण २०१० बाट
गतिलो पाठ सिकेर यसपाली एउटा गतिलो कारको {ड्राइभर सहित) ब्यबस्था गरियो | एक
महिनाको ४५ हजार रूप्पे प्लस पेट्रोल खर्च | ट्याक्सीको मिटर संगै टाउको घुमाउनु र
रिंगटा लागाउनु भन्दा कारको ब्यबस्था ठिक नै लाग्यो | बिहान १० बजे दखि रातको ८
बजे सम्म ड्राइभर उपलब्ध हुने र सो भन्दा ढिला भए वा चांडो जानु परे गुरुजीलाई
भोजनको ब्यबस्था गर्नु पर्ने शर्त थियो | काठमाडौमा गुड्ने गाडी मध्ये चिल्ला
देखिने टोयोटाको सानो गाडी जो अम्रिकामा देखिदैन उपलब्ध गरायो साहु ले |
काठमाडौको सडक र शहर युग्द पछीको खण्डहर जस्तो देखिन्छ
अझै . आधा आधा ताछिएको घरहरु,... केही बनेका केही अधुरा ...केही अनाथ कोही हठात्
...| विश्व युग्द पछीको हिरोसिमा हो कि भानुभक्तको अमरावती ?? बाटा फराकिला
देखिन्छन् मात्र ....थपिएका लेनहरु अझै सडक बन्ने तरखरमा छन् भने बीच को पिच त उही
हो ... लाल्टिन बालेर नि भेटिदैन नि | त्यसमाथी दायाँबाँया नखान्दिएको माटो ..
धुलोको भण्डार | कतै माटो र बाटो सम्याउन्दै कतै खाल्डो खन्दै | सडक व्यस्त छ |
शहर अस्तव्यस्त छ |
क्रमबद्ध रुपमा एकचोटीमा एउटा खण्डलाई मात्र सडक
चौडा बनाउने कार्य गरेको भए यो गति हुँदैनथ्यो | एक इन्जिनियरको अनुभवले त्यहि
भन्दछ | भत्काउने र पड्काउने बिषयमा विद्यावारिधि गरेको व्यक्तिले देश चलाएर हो कि
भत्काउने काम चाहि युग्द स्तरमा गरे ........... बनाउने काम ......... सडक बिभाग र
ठेकेदारलाई दोष ?? बनाउन सजिलो छैन बाबा , बिगार्नु जस्तो हुन्न | बिजुली को पोल सार्नु पर्र्यो , बिद्युत
प्राधिकरण तात्नु पर्र्यो, बजेट र प्रक्रिया पुर्र्याउनु पर्र्यो | झूर संचार
लाग्नु पर्र्यो टेलिफोनको तार भूमिगत गर्नु पर्र्यो | पोलमा झुन्दिएका अनेक तारहरु
...केवल टिभी, इन्टरनेट आदिको ब्यबस्था गर्नु पर्र्यो | मेलम्चीको लागि पाइप
गाड्नु छ | सबै तिर समन्वय नगरी भत्काउने महान क्रान्तिकारी काम चाहिं भए .. बनाउने काम चाहि उही हो .....| मलाइ लाग्छ काठमाडौको यो समस्या
अर्को ५ बर्षमा नि समाधान हुँदैन |
अर्को कुरा धेरै ठाउँमा सडक चौडा भए तर
......... पुल ?? हरेक २-३ किमी पछी एउटा
पुल आउँछ नै ..| पुल को चौडाई भने जस्ताको तस्तै ... सडक २ लेन बाट ४ र ६ लेन भए पुल भने २ लेन नै अनि ....जाम न भए बटर हुन्छ त ??
पुल आयो कि फेरी गाडीहरुको लस्कर उही बोतलको
घांटीबाट थोपा थोपा झरे जस्तो | जता ततै जाम |
धन्न ट्राफिक दाजु भाइ ( दिदी बहिनि हरु नि छन् है )ले धुँवा धुलो सहेर
सक्दो ब्यबस्थापन गरि राख्या छन् नत्र ... अराजक काठमाडौका नेता ड्राइभरहरुले नियम
र इमानलाई त उहिलेई पोलेर खाइसक्यो | जाम नहोस न कसरी ..? मोटर साइकलमात्र (निजी)
बा अ प ६२ रे अर्थात ६ लाख बीस हजार बाइक | सबै मोटर बाइकहरु काठमाडौको सडकमा
निस्क्यो भने ....?? एउटा बाइक को औसत
लम्बाई १.५ मिटरमात्र राख्ने हो भने झन्डै १० लाख मिटर अर्थात १००० किलोमिटर,
पूर्ब पश्चिम राजमार्ग बराबरको लम्बाई हुन्छ | निजी गाडी, सरकारी गाडी र
भाँडा गाडीहरु (सबै खाले) मात्रै १ लाख ८०
हजार पुगिसक्यो | एउटा गाडी को औसत लम्बाई ३ मिटर राख्ने हो भने ५ लाख चालिस हजार
मिटर अर्थात ५४० किलोमिटर हुने हुन्छ |
यतिका गाडी र बाइक गुड्ने सडक काठमाडौ मा छ त ??
गृह मन्त्रीज्यू संगै जानु पर्ने काम भए संगै अघि भनिएको गाडीमा गइन्थ्यो | कतै निम्तोमा भोजन
गर्न त्यहि गाडी उपयोग गरियो | त्यसमानेमा ट्याक्सी महाराजसंगको खुसामद मोलमोलाई र
झगडा गर्नु परेन | दुइ जना दुइ तिर जानु परेको बेला म चाहिं म टेम्पूको शयर गर्थें | घर बाहिरै
टेम्पू आउने तर कहिले आउँछ त्यो चाहि ठेगान नहुने, आए नि जहिले नै प्याक |
झुण्डिएर जानुको मज्जा बेग्लै , जोखिम त झन् अग्लै........| ट्याक्सी चढ्ने हिम्मत मा हत्तपत्त गर्दिन |
टेम्पूले १५ रूप्पे मा पुर्र्याउने ठाउँमा घटी मा १०० | मिटर चलाउने त नामै
लिदैन| बजार भाउ जति बढे त्यसको हजुर बाउ , गुरुजीको भाउ बढ्या छ | मिटर
बिग्रेको छ , जान्न- सिधै धावा बोल्छ |
एक दिन टेम्पूमा झुण्डीए केही बेर पछी भित्र सीट
पाइयो | एक साइडमामा ३ जना मुश्किलले अट्ने सिंहासनमा ५ जना बस्नुबस्नु पर्ने, तै
पनि बस्न पाउनु वा आंशिक नितम्बलाई आसन दिनु नै ठुलो कुरो | फेरी अर्को दुइजना अनि
गन्तव्यमा ओर्लिए, टेम्पू हल्का भए | आफ्नो सीटको अगाडी पुरानो स्कूल पढ़द्दा देखि
को साथि विराजमान |
अमेरिकाबाट आएर टेम्पूमा ?? आश्चर्य भावमा “ अघि
देखि देख्या थिएँ तर बिश्वास नै भएन – रे भयो अब................ | अमेरिका बाट
आयो भन्दैमा फरारी मा फरर हिड्ने हैसियत सबैमा हुन्न नि मित्र | ट्याक्सी चढ्ने
हिम्मत छैन, टेम्पू जिन्दाबाद |
कहिले आइस, कति बस्ने भन्दा नि साथीलाई अर्कै चासो | टेम्पू नै चढ्नु पर्ने भए
किन अम्रिका जान्छस . यति बस | मित्रको आग्रह हो कि इर्ष्या, बुझ्न कठिन भएन|
गाडी भाँडामा लिए पनि ३-४ पल्ट ट्याक्सी महाराज
कै शरण लिनु पर्र्यो | भोज भतेरमा बेलुकी अबेर हुँदा हाम्रो गुरुजीलाई असहज हुने
रहेछ, ग्यारेजबाट घर जाने बाटो सुनसान र मशान छेउ पर्छ रे , लुटपाट गर्ने हाकु
कालेहरु छन् रे |
एक दिन हाम्रै साझा डट कम कै मित्रको बिहे भोज (
६-७ महिना पहिले नै भोज गरिसके पनि भोज बोलाउने ठुला हृदयका मित्र परिवारलाइ धन्यबाद
) जानु पर्यो | कालिमाटी पुल मा यसरी जाम मा फसियो कि ..२५ मिटरको पुल पार गर्न ६५
मिनेट लाग्यो| मित्र को घर पुग्ने
बित्तिकै बुबालाइ सोधें“ यहाँ ट्याक्सी कति बेला सम्म पाइएला ?” सोही अनुसार भोजको लम्बाई मापन गरूँ भनेर | १०
बजे सम्म पाइन्छ डराउनु पर्दैन भन्नु भयो | बडा मिठो नेवारी भोज खाइयो | नेपाल र अम्रिका
बारे अनेक गफ हानियो | साढे नौ बजेको
हुँदो हो | बिदावारी भै निस्कें | एउटा ट्याक्सी त के चरो मुसो नि देखिन | लोड
शेडिंगले चुक घोप्ट्या जस्तो अन्धकार | कुकुर को लगातार भुकाइ | हरर फिल्म को
दरल्ग्दो सिङ जस्तो ...| एउटा पसल खुलेको देखियो र केही उज्यालो आश पलायो |
ट्याक्सी पाइन्छ कि पाइन्दैन यति बेला दाई ? हतास मेरो मुखबाट त्यही निस्क्यो |
पाउनु त पर्ने हो तर अचेल कम भा छ , एक छिन् कुर्नुस न | केही आश अनि केही त्रास
देखाउनु भयो साहुजी ले | नभन्दै एउटा मारुती हुइंकेर आयो | रोकें |
गुरुजी – कहाँ जाने ?
म – कोपुण्डोल
गुरुजी – त्यता त गइन्न होला , बालाजु तिर भए...........
ग्यारेज जान लागेको |
म – आपतै पर्र्यो नि त्यसो न भन्नुस न |
गुरुजी – बस्नुस्... म तपाईंहरुलाई ट्याक्सी
पाउने ठाउँसम्म पुर्र्याई दिन्छु |
के खोज्छस कानो .. ट्याक्सी भने जस्तै भो ....|
ट्याक्सी लाम लाग्ने चोक सम्म पुर्र्याई ...एक
जना गुरुजीलाई उहाँहरुलाई घर पुर्र्याई दिनुस है भन्दै जानु भयो र एक पैसा लिन
मान्नु भएन |
अझै पनि सबैमा मान्छे मरिसकेको रहेन छ भन्ने
लाग्यो| झन्डै एउटा बिपतको अवस्थामा सहयोग
गर्ने उक्त ट्याक्सीका गुरुजी लाई सलाम छ | नत्र बाँकी ट्याक्सी चालकहरु त .........
मान्छे नै हैनन् को जस्तो लाग्छ |
एकदिन म एकदम हतारमा थिएँ ...माथि झम्सिखेल सम्म
जानुथियो | हिड्या भए २० मिनेट नै लाग्दैन थ्यो तर म संग त्यो २० मिनेट थिएन |
टेम्पू नि आएन ५ मिनेट सम्म | ट्याक्सीको शरणमा पुगें |
झम्सिखेल सम्म जाउँ न भाइ ...
२०० लाग्छ |
बिहान को १० बजेको थियो , राति भए पो अर्को कुरा
|
अति भयो नि भाइ , म संग टाइम नभएर मात्र हो नत्र
हिडेर पुग्ने ठाउँ हो | १०० दिन्छु हुन्छ ?
कहाँ मान्नु डेढ सय दिनु भन्दै हुइक्यायो|
झम्सिखेल आर्मी चिफ साबको निवास पुग्ने बित्तिकै
“लौ यहाँ सम्म को हो डेढ सय , यहाँ भन्दा माथि अर्को १०० लाग्छ | “
यहीं ओर्लिन्छु भन्दै डेढ सय मन मारी मारी दिएँ
... टाइम मै टेम्पू आएको भए १५ रूप्पे |
क्रमश: