Posted by: Rahuldai January 16, 2014
नयाँ नेपालको यात्रा
Login in to Rate this Post:     1       ?         Liked by

नयाँ नेपालको यात्रा भाग ५

बैज्ञानिक र प्राध्यापकहरु संग एक घण्टा

 यसपालीको नेपाल भ्रमणको क्रममा त्रि वि विका एक डिन साहेबको कार्यकक्षमा एकजान डाक्टर साहेब भेट भयो | अरु २ जना सम्मान्नित प्राध्यापकहरु पनि आउनु भयो साथै चिर परिचित महाबिर पुन पनि | रेडियो तथा टेलिभिजनमा कार्यक्रम चलाउने डाक्टर साहेबले सबैलाई एउटा कार्यक्रम मा उपस्थितिको लागि निम्तो बाड्नु भयो ....वरिष्ठ वातावरणविद .....को की नोट स्पीच छ , आउनु न भुल्नु होला रे ..

वरिष्ठ वातावरणविदको नाम सुन्ने बित्तिकै झनक्क रिस उठ्यो र डाक्टर साहेबसंग प्रश्न तेर्साएं - वरिष्ठ वातावरणविदको परिभाषा के हो ? के उहाँले वातारण सम्बन्धि कुनै उच्च शिक्षा हासिल गर्नु भएको छ ?? के उहाँले कुनै अनुसन्धान अध्ययन गर्नु भएको छ ?? एउटा बिज्ञ हुन अध्ययन अनुसन्धान जरुरी हुन्छ कि हुँदैन ?? हुँदैन भने तपाई ले आफ्नो नाम अगाडी डाक्टर लेख्न छोडे हुन्छ ... एक जना पर्यटन ब्यबसायी कसरी वातारण बिज्ञ त्यो पनि वरिष्ठ हुन सक्छ ?? अनि की नोट स्पीच सुन्ने चाहि तपाइँ प्राध्यापक महोदयहरु ............. त्यो पनि शुद्ध बैज्ञानिक बिषयमा ??

हो उहाँ एकजना वातारण प्रेमी हुनु हुन्छ होला, वातारण जागरण अभियानका अगुवा हुनु होला तर वातारणविद हुन सक्दैन | तपाईहरु जस्तो डाक्टरी झुन्ड्याउनेहरुले नै गलत मान्छेलाई प्रक्षेपण गर्नु हुन्छ भने के आश गर्ने , देशको बैज्ञानिकहरुबाट  ??

उपस्थित मध्ये प्राणि शास्त्रका प्राध्यापक महोदयले भन्नु भयो - भाइ ले भन्नु भएको कुरा एकदम सही हो तर के गर्नु डाक्टर साहेबको कार्यक्रममा सित्तैमा हल र चियानास्ताको ब्यबस्था उहाँले नै गरि दिनु हुन्छ , वरिष्ठ भन्नु पर्ने उहाँको बाध्यता होला नि | 

अझ डाक्टर साहेबले थप्नु भयो " उहाँ त अझ वरिष्ठ लेखक , महान विचारक हुनुहुन्छ  " |

मैले प्रतिबाद गरें - उहाँ ले लेख्नु भएको भनी ब्यापक प्रचारित पुस्तक उहाँले लेखेकै हैन ....उहाँको भनाइलाई एक जना माझिएका पत्रकार -लेखक भाइले लेखेका हुन् | कुनै कुरा भन्नु र राम्रो लेख्नु दुइ भिन्ना भिन्नै कुरा हुन् | विचार धेरैका राम्रा हुन सक्छन तर सवाल त्यसलाई अर्थपूर्ण र पठनीय ढंगले लिपिबद्ध जसले गर्न सक्छ त्यही मात्र लेखक हुन सक्छ | हरकोइ व्यक्ति कलाकार, लेखक , कबि , बन्न सक्दैन |

डाक्टर साहेब प्रतिबादमा उत्रिनु भयो | एक दुइ जना त्यस्ता हुँदैमा हामी सबैलाई लान्छना लगाउन मिल्दैन रे | मैले उहाँ संग प्रश्न गरें “ लौ भन्नुस न डाक्टर साहेब – राष्ट्रको  खानेपानी सम्बधी सम्पूर्ण जिम्मेवारी कसको ?”  खाने पानी संस्थान को – डाक्टर साहेबले तु. जवाफ फर्काउनु भयो |

गलत , बिलकुल गलत ..

खाने पानी सम्बन्धी सम्पूर्ण नीति नियम देखि लिएर गुणस्तर, मापदण्ड, अल्पकालीन तथा दीर्घकालीन योजना बनाउने एक मात्र निकाय भनेको खानेपानी तथा ढल निकास बिभाग हो |

येह , मैले  खाने पानी भनेको  एउटा मात्र भन्ठानेको |

खानेपानी बिभागमा भएका २०० भन्दा बढी इन्जिनियरहरु छन् जसमध्ये ९०% ले  Environmental Engineering वा Sanitary Engineering मा मास्टर्स गरेका छन्, केही ले PhD | तपाईंको आफ्नै कार्यक्रममा  खानेपानी सम्बन्धि विशेषज्ञ भनेर बनस्पति शास्त्रीलाई बोलाउनु हुन्छ र देशमा विद्यमान खानेपानी समस्या बारे असम्बन्धित गफाडी को गफ प्रसारित गर्नु हुन्छ |

उहाँ पर्यटन ब्यबसायीको कुरा छोड्नुस, वातावरण सम्बन्धि कुनै पनि  कार्यक्रम, सेमिनारमा २-३ जना वरिष्ठ भनौदाहरु कै हालिमुली हुने हुन्छ | तपाइंले कहिलेइ ती व्यक्तिहरुको पृष्ठभूमि चेक गर्नु भएको छ | एक जना  बिशेषज्ञ मेकानिकाल इन्जिनियर हुन्, अर्को वरिष्ठ ले स्नातकतहमा वातावरण सम्बन्धि एउटा/दुइटा कोर्स गरेका छन् | अंग्रेजी बोल्न सक्नु र अमेरिका बाट पढेर फर्केको मात्र योग्यता हो भने अर्कै कुरा हो नत्र तपाईंहरुले गलत मान्छेको गलत सल्लाहलाइ मेडिया हल्ला गर्दै हुनु हुन्छ |

यो देश बिग्रिनुमा नेताहरुलाइ दोष दिन्न म | बुद्धिजीवी भएर पनि स्वार्थको लागि गलत मान्छेलाई प्रक्षेपण गर्नेहरुको दोष हो | कालो लाई कालो र सेतो लाई सेतो किन भन्न सक्नु हुन्न ??

सम्भवत त्यस पछी डाक्टर साहेबलाई लाग्यो होला “ यो केटो संग बिबाद गर्नु ठिक छैन ? र चुप चाप बस्नु भयो |

डिन साहेब संग अघि नै कुराकानी कानी सकी सकेकोले बिदा माग्दै हिंडे |

आशा छ तपाइँहरुले यस इपिसोद्का सबै जस्तो पात्रहरुलाई चिन्नु हुने नै छ | 

क्रमश:

 

 

Read Full Discussion Thread for this article