Posted by: shirish October 25, 2013
नेपाली गजल Part III
Login in to Rate this Post:     6       ?         Liked by
नाली तिर बग्ने मुलधार चाहिन्न
भीरबाट खसाउने सवार चाहिन्न 

जिन्दगीको अंगार गाजल बनाएँ
काईदा जाने सोर्ह श्रृंगार चाहिन्न 

ब्यथाले भरेको कथाको पात्र हुं
कुनै भुमिका या पुछार चाहिन्न 

लुकी छिपी पनि आएकै छु म
संकेत दिए पुग्छ पुकार चाहिन्न

एकै थरि खाएर बित्यो जिन्दगानी
थुप्रो परिकारको आहार चाहिन्न

गाला मुसारेर हातमा धार लाउ
गला रेट्न अर्को हतियार चाहिन्न !
Read Full Discussion Thread for this article