नेपाली गजल Part III

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

नाली तिर बग्ने मुलधार चाहिन्नभीरबाट खसाउने सवार चाहिन्न जिन्दगीको अंगार गाजल बनाएँकाईदा जाने सोर्ह श्रृंगार चाहिन्न ब्यथाले भरेको कथाको पात्र हुंकुनै भुमिका या पुछार चाहिन्न लुकी छिपी पनि आएकै छु मसंकेत दिए पुग्छ पुकार चाहिन्नएकै थरि खाएर बित्यो जिन्दगानीथुप्रो परिकारको आहार चाहिन्न गाला मुसारेर हातमा धार लाउ गला रेट्न अर्को हतियार चाहिन्न !

shirish · Oct 25, 2013 9:34 AM · 20,987 views

3 Replies

हिलो फ्यांकेकोमा पछुतायौ होला यो मुहारमा कमल धेरै फुले पछि ।

shirish · Aug 29, 2014 7:02 AM

साझाका मित्र हरु भएकी क्याहो पज्ज़ल खै त आएन नि अरु कुनै गज्ज़ल :P

futyakarma · Aug 29, 2014 12:26 PM

चिप्लो बोलि ले नै फसाउने सबलाई मान्छे मार्न कडा प्रहार चाहिन्न नाटक त सबको रगतमा नै बसेको छ अभिनय गर्ने कलाकार चाहिन्न

naulo paripeksha · Sep 28, 2014 10:26 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion