Posted by: ThahaChaena August 15, 2012
जिन्दगीलाई बुझ्नै सकिन मैले....
Login in to Rate this Post:     1       ?         Liked by
 वाह ठुल्दाई वाह .... फेरी क्या चसक्क गयो....
".....खुट्टा तान्ने र जुत्ताहान्ने मात्रै ,
छुरौटेहरु माझ ब्यथा पोखिन मैले. "
 
ठुल्दाई हजुर को पंक्ति मा मैले पनि थपे ल ...अन्यथा नमान्नु होला ...
 
भोलिमा रुमल्लिएको आज देखिन मैले ,
मान्छे खोज्न कहाँ जाउँ आफै भित्र भेटिन मैले . 
 
तिम्रो अगाडी आफ्नो मुटु फेरी फेरी रेटिन मैले ,
मायाको भुंग्रोमा बिश्वासको झिल्को भेटिन मैले .
 
आस्थाको बाढीमा भक्तिको थोपा पाइन मैले,
सबैको संगीतमा आफ्नो कथा कहिले गाइन मैले. 
 
जिन्दगीलाई बुझ्नै सकिन मैले,
कति सोधुँ ? फेरी सोधिन मैले .

 - थाने 
Read Full Discussion Thread for this article