Posted by: Sajivan July 22, 2012
‎####मैले आफ्नै दाई मार्यो भन्नु प्रोपोगाण्डा मात्र #####
Login in to Rate this Post:     0       ?        
न्यूज २४ टेलिभिजनका लागि प्रेम बाँनियासंगको बिशेष अन्र्तवार्ताका क्रममा शाहले यस्तो बताएका हुन् । दरबार हत्याकाण्डका बारे केही खुलेका शाहले दरबार हत्याकाण्डमा आफुलाई मुछ्नु मात्र एउटा प्रोपोगाण्डा भएको बताएका छन् । पूर्व राजा ज्ञानेन्द्र शाहले समयले मागे दरबार हत्याकाण्डबारे आफु पुस्तक समेत लेख्न इच्छुक रहेको बताएका छन् । दरबार हत्याकाण्डबारे सर्वसाधरणमा अझै अन्यौल कायमै रहेका बेला शाहले यस्तो बताएका हुन् । समयले मागे यसबारे आफु किताव लेख्न तयार रहेको उनले बताएका हुन् ।

दरबार हत्याकाण्डमा जुन रुपमा आफुलाई मुछियो त्यो मात्र एउटा प्रोपोगाण्डा रहेको बताउदै शाहले समयले मागे यसबारे पुस्तक नै लेखेर प्रष्ट्याउने बताएका छन् । आफुलाई दरबार हत्याकाण्डको दोषी भनेको प्रसंगमा शाहले त्यो केबल आफुलाई बदनाम बनाउन लगाइएको आरोप भएको बताएका छन् । शाहले अन्र्तवार्तामा भनेका छन् मेरो कुनै दोष छैन भने म किन डराउनु, मलाई कुनै लाज छैन र मलाई कुनै पश्चाताप छैन । राजतन्त्रको अन्त्य हुँदा कतै पीडावोध हुदैन भन्ने प्रश्नमा शाहले भने–’ त्यसरी डिप्रेस नै हुने गरि डिस्टर्व गरेको छैन् ।’ आफ्नै समयमा २ सय ४० बर्षे लामो राजतन्त्र उन्मुलन भएको सन्र्दभमा शाहले भने –के गर्नुपर्दथ्यो त मैले त्यसबेला ? के गर्न सक्थे त ? म रोइकराई गरेर हुनेवाला केही थिएन् ।


<http://www.youtube.com/watch?v=PE-2eGB13og&feature=player_embedded>

Last edited: 22-Jul-12 05:28 PM
Read Full Discussion Thread for this article