Nepal News May 22
Popular Videos





   [Show all top banners]

Sajivan
Replies to this thread:

Subscribers
[Total Subscribers 0]
:: Subscribe
Related Videos
Back to: - KURAKANI GENERAL DISCUSSION Refresh page to view new replies | HOME PAGE
 ‎####मैले आफ्नै दाई मार्यो भन्नु प्रोपोगाण्डा मात्र ##### Fix Unicode
[VIEWED 776 TIMES]
NEW! Click here to get reply notification email
SAVE! Save this thread for ease of future access.
Posted on 07-22-12 5:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

न्यूज २४ टेलिभिजनका लागि प्रेम बाँनियासंगको बिशेष अन्र्तवार्ताका क्रममा शाहले यस्तो बताएका हुन् । दरबार हत्याकाण्डका बारे केही खुलेका शाहले दरबार हत्याकाण्डमा आफुलाई मुछ्नु मात्र एउटा प्रोपोगाण्डा भएको बताएका छन् । पूर्व राजा ज्ञानेन्द्र शाहले समयले मागे दरबार हत्याकाण्डबारे आफु पुस्तक समेत लेख्न इच्छुक रहेको बताएका छन् । दरबार हत्याकाण्डबारे सर्वसाधरणमा अझै अन्यौल कायमै रहेका बेला शाहले यस्तो बताएका हुन् । समयले मागे यसबारे आफु किताव लेख्न तयार रहेको उनले बताएका हुन् ।

दरबार हत्याकाण्डमा जुन रुपमा आफुलाई मुछियो त्यो मात्र एउटा प्रोपोगाण्डा रहेको बताउदै शाहले समयले मागे यसबारे पुस्तक नै लेखेर प्रष्ट्याउने बताएका छन् । आफुलाई दरबार हत्याकाण्डको दोषी भनेको प्रसंगमा शाहले त्यो केबल आफुलाई बदनाम बनाउन लगाइएको आरोप भएको बताएका छन् । शाहले अन्र्तवार्तामा भनेका छन् मेरो कुनै दोष छैन भने म किन डराउनु, मलाई कुनै लाज छैन र मलाई कुनै पश्चाताप छैन । राजतन्त्रको अन्त्य हुँदा कतै पीडावोध हुदैन भन्ने प्रश्नमा शाहले भने–’ त्यसरी डिप्रेस नै हुने गरि डिस्टर्व गरेको छैन् ।’ आफ्नै समयमा २ सय ४० बर्षे लामो राजतन्त्र उन्मुलन भएको सन्र्दभमा शाहले भने –के गर्नुपर्दथ्यो त मैले त्यसबेला ? के गर्न सक्थे त ? म रोइकराई गरेर हुनेवाला केही थिएन् ।


<http://www.youtube.com/watch?v=PE-2eGB13og&feature=player_embedded>

Last edited: 22-Jul-12 05:28 PM

 
Posted on 07-22-12 6:06 PM     [Snapshot: 48]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

उह बेला गिरिजाले सत्य-तथ्य निकालेको भए कुरा उही बेला सकिन्थ्यो | 
दिपेन्द्रको कलङ्क मेत्नलाई स्वचालित  भट ट ट ट ट   भन्ने प्रतिवेदन निकाले | कल्ले पत्ताउनु? 
सब्बै दोष ज्ञानेन्द्रको टाउकोमा | 
 
दिमाग भन्ने नि साला एस्तो एउटा चिज हो कि के भन्ने 'शट' खाए पछि एसले के गर्छ भन्न सकिन्न ? 
अब कोलोराडोको काण्डलाई लिम , तेस्को दिमाग सट्केको होइन र ? बिना फत्तुर |
 
दिपेन्द्र नै हत्यारा थियो भन्दा फरक नपर्ला | थप्नै पर्दा  खै त राजपरिवारका अन्य सदस्यहरु ज्ञानेन्द्र शक्तिविहीन भए पछि नि चुप्पी कसेर बसेकै छन् , ज्ञानेन्द्रले मार्ला भन्ने डर पनि रहेन | यो केहि होइन, सब प्रोपोगान्डा नै हुन् | ज्ञानेन्द्रले गरेका भए राजपरिवारका कोइ न कोइले अहिले सम्म त मुख खोलि सक्नु पर्ने हो नि | बिचरालै  'न घर को न घाटको' भाको छ | येसो दिमाग लगाएर सोचम त  , साथि हरु |
 

 




Please log in to be able to reply! If you don't have a login, please register here.

NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Quick Links

Like us in Facebook!

free counters
66.249.73.62