Posted by: kanchho bhai March 5, 2012
यस्तो पनि कविता
Login in to Rate this Post:     0       ?        

ए बा - म आज मातिएर घर ढिलो फर्केको छु,
किन ढिलो भनि हप्काउनुस्न |
ए आमा - म अल्छि गरि खाना नखाई कम्प्युटरमा झुंडीराछु,
आँखा बिग्रेला धेरै नहेर, उठेर खाना खा भन्नुसन |
ए दिदि - मेरो कोठा सारै फोहोर भाको छ, लुगा नधोको धेरै भो,
भाइले कोठा सफा गरेन भनेर ममीलाइ कुरा लाइदेन |
 ए बहिनि - म इन्जिनिअर् बन्न लागिसके,
तेरो म्याथको होमवोर्क मलाई आउछ, सोध्न |
ए भाई - मैले नया मोबाइल किन्या छु,
मलाई नसोधी तेरो थोत्रो छोडेर मेरो नया लैजान |
ए दाइ - म गाडी चढ्ने भैसके, 
तै नि मलाई तेरै बाईक चढ्नु छ, एकछिन साचो देन |
ए साथी - मेरो त यो पाली नि tragedy पर्यो यार,
पार्टी दे न त भनेर मेरो बिल्ला उडान |

missing those moments ...

Read Full Discussion Thread for this article