Posted by: thito1 October 23, 2011
तिमि अनि मेरो मौनता
Login in to Rate this Post:     2       ?         Liked by
  तिमि अनि मेरो मौनता



संवादरुमा लुकामारी खेल्ने त्यो साँझ

अनि यादहरुमा लत्पतिएको यो साँझ

हृदयको गहिराइमा पुगेर

मलाई हरपल झस्काई रहन्छ |

 

अझैपनि सोच्ने गर्छु

तिम्रो रोजाई खोजाईको अंतर्द्व्नदमा

एक मौन बन्दि थिए

तिमिसामु खुल्न सके

तिमि धक फुकाएर फुल्न सक्योउ |

 

मलाई थाहा थियो; तिमीलाई पनि थाहा थियो

हाम्रो सपना एउटै हो

तर खाली तिम्रो अंतर्द्व्नद मेरो मौनताले

कहिल्यै सपनाहरु साट्न दिएन हामीलाई

सामिप्यको झरीमा रुझ्न नखोजेको पनि होइन

यो मनले त्यो मनलाई बुझ्न नखोजेको पनि होइन

तर खाली तिम्रो अंतर्द्व्नद मेरो मौनताले

कसिलो सम्बन्धको डोरी बाटन दिएन हामीलाई




feel free to comment on this...

Read Full Discussion Thread for this article