← Back to Kurakani

तिमि अनि मेरो मौनता

Original Post

तिमि अनि मेरो मौनता संवादरुमा लुकामारी खेल्ने त्यो साँझ अनि यादहरुमा लत्पतिएको यो साँझ हृदयको गहिराइमा पुगेर मलाई हरपल झस्काई रहन्छ | म अझैपनि सोच्ने गर्छु तिम्रो रोजाई र खोजाईको अंतर्द्व्नदमा म एक मौन बन्दि थिए न म तिमिसामु खुल्न सके न तिमि धक फुकाएर फुल्न सक्योउ | मलाई थाहा थियो; तिमीलाई पनि थाहा थियो हाम्रो सपना एउटै हो तर खाली तिम्रो अंतर्द्व्नद र मेरो मौनताले कहिल्यै सपनाहरु साट्न दिएन हामीलाई सामिप्यको झरीमा रुझ्न नखोजेको पनि होइन यो मनले त्यो मनलाई बुझ्न नखोजेको पनि होइन तर खाली तिम्रो अंतर्द्व्नद र मेरो मौनताले कसिलो सम्बन्धको डोरी बाटन दिएन हामीलाई | feel free to comment on this...

thito1
Oct 23, 2011 9:14 AM · 13,542 views
5 Replies
junelii Oct 23, 2011 12:12 PM
"तिम्रो रोजाई र खोजाईको अंतर्द्व्नदमा म एक मौन बन्दि... सामिप्यको झरीमा रुझ्न नखोजेको पनि होइन यो मनले त्यो मनलाई बुझ्न नखोजेको पनि होइन तर खाली तिम्रो अंतर्द्व्नद र मेरो मौनताले... कसिलो सम्बन्धको डोरी बाटन दिएन..." राम्रो शब्द चयन अनि प्राय सबै जोडीको कथा। कस्तो सटीक!
thito1 Oct 23, 2011 12:53 PM
धन्यवाद !!!
Dukhe Oct 23, 2011 1:13 PM
Sahi cha bro....aaru jawos
Geology Tiger Oct 23, 2011 1:29 PM
प्रयास राम्रो छ ठिटो
thito1 Oct 23, 2011 1:50 PM
thanks for the compliment guys...
Login to join the conversation.

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all
Ask Sajha AI Assistant