Posted by: _____ October 20, 2011
हिन्दी अतिक्रमणमा नेपाली कलासंस्कृति
Login in to Rate this Post:     2       ?         Liked by
किशोर जी, 

 समस्या को समाधान हामी आफै संग छ. सबैले आफ्नो ठाम बाट अली अलि प्रयास गरे यो कुनै ठुलो समस्या होइन. येही बेला हो नेपाल को संस्कृतिक विभिधता को उपयोग गर्नी. सबै जात जाति का मान्छे ले आफ्नो कला संस्कृति को प्रचार प्रसार गर्नी. सिनेमा बनाउनी तर अफ्नो जात जाति को मान्छे कम छ भने तेस्लाई नेपाली मा उल्था गरेर चलौनी.

अरुको प्रभाब कम गर्न अफ्नो प्रभाब बढाउनु पर्छ

काठमाडौँ मा सबै जात जाति ले रेस्टुरेन्ट खोलनी, सबै को खाना चाख्न मान्छे आइहाल्छन नि, अब थकाली को हेर्नुस न, दाल भात नै त हो नि, रेस्टुरेन्ट चलेकै छ. सबै जात जाति को छुट्टै खाना  छैन रे लौ, २० जात जाति को  त होला नि. एक जात जाति को रेस्टुरेन्ट  चलायो भने २० वोटा त तेसै हुन्छ.

त्यो नि गर्न गारो छ भने अफ्नो जात को संस्कृतिक पर्ब मा खाना महोत्साब चलौनी काठमाडौँ मा. आम्दानी पनि हुनी, अफ्नो खाना को पनि प्रचार प्रसार हुनी.

दोस्रो कुरा, हिन्दी सिनेमा गीत नहेरी नहुने नि होइन क्या. अब पूर्ण रुप मा बन्द त गर्न सकिदैन र हुदैन पनि तर आफैले, आफ्ना नातेदार ले अली अली कम हेर्ने गर्नु पर्छ, म पनि नेपाल मा जन्मे हुर्केको मान्छे हिन्दी गीत सिनेमा हेरेरै हुर्केको, हो पछी कुरा बुझ्दै जादा राम्रो लाग्न छोद्द्यो आहिले त हेर्ने मन लाग्दैन. कहिले कहिँ you tube  मा गएर आफु बच्चा बेला मा नाम सुने को हिन्दी गीत सुन्दा ठिक ठिकै. एक दुइ वर्ष मा एउटा हिन्दी फिल्म हेर्यो, खेल खत्तम.

अहिले नेपाल ले एक वर्ष मा लगवग ३ billion dollar  तिरेर india  संग  भा रु किन्छ, इंडिया संग ट्रेड balance एकदाम खराब छ तेसकारण हामी sabai  नेपाली मिलेर नेपाली पैसा नेपाल मै राख्ने बनि बसाल्नु पर्छ. मैले अर्थास्श्त्र पढेको होइन तर मलाई क थाहा छ भने घर को पैसा घर मै भयो भने धनि हुन्छ, बाहिर गयो भने आफु गरिब अरु धनि.

अब इंडिया संग रिस उठेकोले उसको समान नचलाउने भन्या हो र?

अमेरिका मा पनि हेर्नुस न अमेरिकन समान किनौ भन्ने ओबामा सरकार ले कानुन नै पास गर्या छ (Buy American Act) पास नै गर्या छ क्यारे, कतिपये कुरा मा. अब त्यो छिमेकी क्यानाडा र मेक्सिको संग झगडा भा छ र?. नेपाल मा चाही येसो नेपाली नै चलाउन पर्यो कि भन्दा ल यो त anti  इन्डियन रेछ भन्ने सम्म आरोप लगाउन पछी पर्दैनन मान्छे हरु. नेपाली अर्थतन्त बलियो बनाउनु भनेको anti Indian हुनु भनेको हो र?

अब हामि नेपाली भयेपछी  देशको लागि केहि न केहि जिम्मेदारी त हुन्छ. हुन त मुख्य जिम्मेदारी सरकार को हो तैपनि हामीले पनि  अलिकति मद्दत गर्यो  भने नराम्रो हुदैन क्यारे.

तेसो गर्दा job creation हुन्छ र तेस्ले snow ball effect देखाउन सुरु हुन्छ

अब कतिपए साथी ले ओई त छस बढी जान्ने. दुइ चार सब्द लेखना के  जान्या  थ्यो अरुलाई उपदेश दिन औछा भन्नु होला, कोइ चाही, जा न त आफै गरेर देखा भन्नु होला. गर्न चाहने हो भने नेपाल मा मान्छे को कमि छैन. जुलुस सुलुस निकालेर, बन्द गरेर, एक जात ले अर्को जात लाई सरापेर बस्नु सट्टा रचनात्मक काम गरे भै हाल्यो.काम अलिकति पनि  नभाको चाही होइन अली अली भाकै छ. तेस्लाई अली गती दिन पर्यो भनेको मात्र हो.

अब एकपटक नेपाल भित्रै कै खाना, बजाना को आदत  लागि सकेपछि बिस्तारै बिस्तारै इन्डियन प्रभाब घट्दै जान्छ

PNS ले भनेकै पनि छ नाच हेर्न मन लागे बाहिर बाट नर्तकी बोलाएर होइन उपत्यकाकै हेर्नु भनेर. आफु लाई खाटी राजा बादी भन्ने हरु ले येसो PNS को यो उपदेश मनन गरे कसो होला? आनी PNS ले हामि लाई उपनिबेस बनायो भन्ने नेवार हरु ले पनि उनको यो उपदेश लाई माने कसो होला? देश को भलो  पनि हुने अफ्नो संस्कृति पनि फैलिने. तर तेसो नगरिकन साझा मा आएर PNS लाई उपनिबेस्बादी, आदि इत्यादी भनेर  गाली गरेर शिला कि जवानी हेर्न गएपछि हुन्छ भारतीये प्रभाब काम?  

Commercialization गर्ने अफ्नो संस्कृतिक पुजी  को (commercialization गर्ने सक्ने  खुबी हामी नेपाली मा धेरै छैन, झगडा मा धेरै समाए बिताएर हो कि).

अब हामि ले हाम्रो परम्परागत बाजा, नाच गान, कथा तेही style  मा सधै भन्न थालेपछि जसलाई पनि बोर हुन्छ. तेस्लाई हिजो आजको demand  अनुसार modify  गर्न पर्छ. तेसका लागि कथाकार, गीतकार संगीतकार लाग्नु पर्छ. हाम्रो परम्परागत सम्पति लाई commercialization गर्न पर्यो भन्या. उदाहरण को लागि copy नै गर्ने भए Harry Potter को copy गरेर हाम्रो जामुना गुभाजु को कथा मा फिल्म बनाए भै हाल्यो.

जमाना commercialization को छ. Idea बेच्ने जमाना हो यो. जनकपुर मा सितायण (राम को रामायण भए जस्तै सीताको सितायण) छ. तेस्लाई नेपाली मा र हिन्दी मा अनुबाद गरेर (हिन्दी मै छ कि मैथली मा छ थाहा छैन) इंडिया मा बेच्न पर्यो

रेडियो नेपाल ले सबै भाषा मा लोक गीत प्रतियोगिता गरे हुन्छ. तेस्ले पनि केहि हद सम्म मानिस लाई इंडिया को प्रभाब बाट टाडा राख्छ.अफ्नो अफ्नो जात संस्कृति मा जे जे लाई commercialization गर्न सकिन्छ गरम.

नाम्चे हो कि का  को गुम्बा मा एती को खप्पर भनेर राखेको छ, जर्मन  हरु चलाख नेपाली सोझा जर्मन ले लगेर हैन यो त भालु को खप्पर हो भनेर पता लगायो. त्यो खप्पर लाई काठमाडौँ मा लगेर सात दिन प्रदर्सन गरम. तेस्तै हिमाली गुम्बा हरु मा कति समान होलान तेस्लाई काठमाडौँ मा लगेर प्रदर्सन गरम.

किर्तिपुर मा PNS ले मान्छे को नाक कान कट्यो भनेर बिलौना गर्छन नेवार मित्र हरु यहाँ आएर, कालु पाण्डे मारिएको थ्यो त्यो युध्हमा . किर्ति पुर् मा ऐतिहासिक tour गराउन सकिन्छा. कहाँ कहाँ कसरि युध्ह भएको थ्यो भनेर, कहाँ कालु पाण्डे मारियो भनेर. कतिले त कालु पाण्डे को चिहान किर्तिपुर मा छ भन्छन, मेरो एकजना नेवार साथी ले उ कालु पाण्डे को चिहान मा थुक्छु भन्थ्यो किर्तिपुर मा. अब छेत्री को चिहान हुन्छ कि हुदैन, त्यो सछिकै कालु पाण्डे को चिहान हो कि होइन हो भने कीर्तिपुरे ले कालु  पाण्डे लाई यहाँ मरेका थिए भने रे गफ हान्न पाइयो. Battle of Gettysburg, Alamo mission, etc   को कस्तो tourUS मा. काठमाडौँ को private school हरु का  विद्यार्थी लाई त्यहा   tour गराउन सकियो भने पनि छ महिना बित्छ, क्लास मा बसेर मात्रै इतिहास पढ्ने हो र? बिदेसी लाई tour लगे भो. ठाम ठाम मा त्यो बेलाको दुइ चार वोटा बन्दुक, टोप राखिदियो. त्यो बेलाका दुवै तर्फ का  सिपाही  राखिदियो, काठमाडौँ मा कतिपये ठाम छन् जसको अझै commercialization भाको छैन.

पाटनमा सम्राट अशोक को छोरी चारुमति ले बनाउन लागको भनेर ४ वटा स्तुपा छन्. म कोरिया हुदा जादा त्यहाँ को एउटा राजबंसको चिहान हेर्न लागेका थिए. पाटन को स्तुपा जस्ती ठुलो माटो को थुप्रो जसतै चिहान छ. नेपाल को त्यो पानि चिहान हुन सक्छ. अब मान्छे ले  तेस्को बारे PhD  गरे भो. त्यो के हो भन्ने पैले थाहा भै सकेको भए नेपाल का  सबै भासा किताब लेखे भो. तराई का  मान्छे लाई देश दर्शन कार्यक्रम चलाए भो काठमाडौँ को सबै ऐतिहासिक ठाम हरुको बर्णन गरेर  tour गराउदा नेपाल कै प्रभाब बढ्छ. एसले गर्दा job creation हुन्छ, मधेसी हरुले अफ्नो देश को बारेमा थाहा पाउछन. नेपाली प्रभाब बढ्छ.

किशोर जी, तपाई नै लेख्नुस लिम्बु का  दन्त्य कथा  भनेर तपैको संस्कृति मा mythology  त होला नि.(फेरी लेखि सक्या होला, म नेपाल बाहिर बसेको धेरै भो तेसकारण तेती थाह भएन) सबै जात जाति ले आफ्नो संस्कृति मा भएको mythology बारेमा किताब निकाले हुन्छ.  सरकार ले सबै गर्न सक्दैन. सरकार ले गर्ने काम त हामी बाट कर उठाएर गर्ने न हो. जाति धेरै काम सरकार लाई गर भन्यो तेती धेरै कर उठाउन पर्चा सरकार ले.

गुरु फाल्गुनानान्द को बारेमा त फिल्म नै बनाए भो. सालिक बनाएपछि अफ्नो कर्तब्य पुरा भएको ठान्छम हामि हरु. अफ्नो संस्कृति मा भएका कुरा हरु प्रयोग गरेर कसरि  job creation र पैसा कमौना सकिन्छ त्यो गर्ने. ढाटेर छलेर चोरेर मात्रै होइन अरु पनि छन पैसा कमाउने तरिका.

येसरी अफ्नो कुरा मा धेरै अल्मलियेपछी अरुको कुरा हेर्ने फुर्सत हुन्न अनी इन्डिन प्रभाब तेसै घटी गो नि.

बन्देज लगाएर इंडिया को प्रभाब घटाउन सकिन्न, हाम्रो अफ्नो सक्रिएता बढाउनु पर्यो हरेक छेत्र मा. अब खाली ठाम मा त जसले पनि भर्छ नि. बच्चा लाई स्कोल देखि नै सिकौना पर्छ इकोनोमिक्स. अफ्नो देश को समान प्रयोग गर्दा के हुन्छ, tax  नतिर्दा के हुन्छ भनेर.नागरिक को अधिकार के हो भनेर

अफ्नो प्रभाब बधायेपछी  इंडिया को प्रभाब घट्छ. तेस्को लागि हामीले इन्डियन बाट सिक्न नि पर्छ.हामी नेपाली मा professionalism  को कमि छ. India  मा मान्छे धेरै भएर हो कि क्या हो सबै प्रकार का मान्छे धेरै पाइन्छन. त्यो हिन्दी TV serial महाभारत को स्क्रिप्ट एक जना मुस्लिम Rahi Masoom  Raza ले लेखेको रैछा. मैले नहाभारत लगभग २०% जति हेरे हुला. मुस्लिम भएर पनि हिन्दु धर्म ग्रन्थ मा तेस्तो प्रभावशाली स्क्रिप्ट लेख्न सक्छ. तेही हो professionalism भनेको. हामीका त जात धर्म, भाषा के के हो के के झगडा गर्न को लागि.

रोक्न कसै लाई हुन्न. हिन्दी सामग्री नेपाली भन्दा धेरै छेत्र मा राम्रो होला तर त्यो सछिकै high quality को चाही होइन. Hindi TV serial, film usually teases its audience. They always use formula to attract all sorts of audience; we Nepalese can do that very easily. Most of the Bollywood movies provide cheap entertainment. 90% of the Bollywood movies are copied anyway. Despite the fact that Bollywood movies are popular in India they have Bengali, Ashami, Tamil, Malay movies. We need to be analytical. 

Last edited: 20-Oct-11 04:28 PM
Read Full Discussion Thread for this article