Posted by: Poonte October 19, 2011
हिन्दी अतिक्रमणमा नेपाली कलासंस्कृति
Login in to Rate this Post:     2       ?         Liked by
"नेपाली फिल्म र संगितले हिन्दीसंग प्रतिस्पर्धा गर्न सक्दैन" भनेर त सिधै हार खाने कुरा पो गर्नु भयो, किशोर जी! संख्यात्मकमा नभए गुणात्मक production को लागि थोरै साधन/श्रोत ले पनि उल्लेखनीय नतिजा हासिल गर्न सक्छ. अनि फेरी, सर्वसाधारणको मन जित्न संख्याले नभएर गुणस्तरले नै हो! आफुमा मौलिकता, सिर्जनात्मक खुबि हुनु पर्यो, अनि त्यस्को सहि उपयोग गराइनु पर्यो. त्यति हो.

एउटा उदाहरण: करिब एक दशक अगाडी खेम राज गुरुङ जी को "वारी जमुना, पारी जमुना" रिलिज हुँदा म नेपाल मै थिएँ. पार्टीहरुमा त कुरै छोडौं, हरेक गल्लि गल्लिमा, रेस्टुराँहरुमा, जहीं त्यहीं त्यो गीत बाहेक अरु गुन्जन्दैन थ्यो. एक पटक म रामपुर, पाल्पा देखि तान्सेनसम्म बस यात्रा गरेको थिएँ. ४-५ घन्टाको त्यो यात्रा भरि घरि घरि दोहर्याई दोहर्याई त्यही  गीत घंकाको घन्काई थ्यो बसमा.  कसैलाई -- म समेत -- वाक्क नलाग्ने...जति सुन्यो उति सुनम सुनम लाग्ने! अझ पनि, कतिपय नेपाली पार्टीहरुमा त्यो गीत बज्ने बित्तिकै साराका सारा हुत्तेर डान्स फ्लोरमा पुगेको म देख्छु.

"वारी जमुना, पारी जमुना" सुन्दा राष्ट्रियताको भावले निथ्रुक्क भएर त्यसरी नाच्न, रमाउन उत्रिएका हैनन दुनियाँ, मेरो बिचारमा. मौलिकता, रोचकता छ, सिधा हिसाबले कलात्मक आकर्षण गरेको छ त्यो गीतले. राजनीति, राष्ट्रियता, नेपाली vs हिन्दी जस्ता complicated सोंचमा डुब्न न त कसैलाई फुर्सद छ, न जरुरत नै. अब, त्यो एउटा गीतले नेपाली भुमि र मनमा सारा हिन्दी गीतहरु माथि जित हासिल गरेको होइन त? चाहे १०० वटा हिन्दी गीतको सामना गर्नु पर्ने किन नहोस, एउटा मात्र उच्च नेपालि गीत मैदानमा उत्रेको खण्डमा त्यो काफी हुन्छ.

"नियन्त्रण" र "निषेध" degree मा केहि फरक होला, तर दुबैको संयन्त्र उही हो: दमन र हस्तक्षेप. र मैले माथि नै पनि भनि सकें, दमन र हस्तक्षेप ले -- चाहे प्रतिद्वन्दीको विरुद्ध नै किन नहोस -- कला र संस्कृति को कहिल्यै भलो गर्दैन. आफ्नो कला र संस्कृतिको संरक्षणको निमित्त सचेत हुन अरुको विरुद्ध उभिनु पर्छ जस्तो मलाई लाग्दैन. आफैँ सुदृढ होऔं, आफैंलाई सबल, सक्षम, प्रतिस्पर्धी बनाउँदै जाउँ. आफु भित्रका विभिन्न त्रुटीहरु  (जस्तै, नेपाली कला छेत्रमा अझै पनि नाताबाद, कृपाबाद, र अहम्  जस्ता विकृतिहरुको हावी छ जस्तो लाग्छ मलाई) -- उन्मुलन गर्दै जाउँ. हरेकको व्यक्तिगत खुबीको कदर गरौं.

निजी र सरकारी दुवै पक्ष मिलेर विभिन्न कला र भाषा सम्बन्धि महोत्सवहरु, गोष्ठीहरु, प्रतियोगिताहरु, आदि आयोजना गर्दै जाउँ.

In the mean time, जो सुकैले जे सुकै सुनोस, जे सुकैमा नाचोस, जुन सुकै फिल्म हेरोस, आ-आफ्नो व्यक्तिगत चाहना सम्झी कदर गरिदिउँ.
Last edited: 19-Oct-11 12:33 PM
Read Full Discussion Thread for this article