Posted by: _____ June 2, 2011
Lets voice against the corrupt bankers of Nepal Share Market and Finance (NSM)
Login in to Rate this Post:     0       ?        

जनता ठग्ने बैंकर्सहरु नेताबाटै संरक्षित

फितलो कारवाही, मौलाउँदो बिकृति

 
 

१९ जेठ, काठमाण्डौ । बैंक तथा वित्तिय संस्था खोल्ने र सर्वसाधारणले जम्मा गरेको पैसा आफु र आफन्तको हितमा लगाएर करोडौं रुपैयाँ घोटाला गर्ने ठूलाबडाहरुको संख्या बढ्दै छ । राष्ट्रवैंकले अनुसन्धानबाट दोषी देखिएका त्यस्ता दुई दर्जनभन्दा बढी संचालकहरुलाई पक्राउ गर्न प्रहरीलाई खबर गरिसकेको छ । यो लहरोमा अन्य बैंक तथा बित्तिय संस्थाका संचालकहरु पनि तानिने राष्ट्रवैंकसम्बद्ध स्रोतको दावी छ । सर्वसाधारणको रकम हिनामिना गरेको र नियम विपरीत काम गरेको भन्दै राष्ट्र बैंकले दुई दर्जन भन्दा बढीलाई पक्राउ गरी कार्वाही गर्न प्रहरीसँग अनुरोध गरेको झण्डै दुई हप्ता भयो । प्रहरीले अहिलेसम्म ३ जनालाई पक्राउ गरेको छ । अरु फरार छन् ।

पक्राउ पर्नेहरु

· गोर्खा विकास बैंकका भूपू संचालक डीबी बम्जन ।

· युनाईटेड विकास बैंकका दुईजना रविन्द्रबहादुर सिंह र राधाकृष्ण अमात्य ।

फरार

· गोर्खा विकास बैंकका संचालक निर्मल गुरुङ, धनप्रसाद राई, दिनेश शाक्य, मिना श्रेष्ठ, संजिव मिश्र, महेशप्रसाद रिजाल, रमेश तामाङ ।

· गोर्खा विकास बैंकका कर्मचारीहरु राजेन्द्रदास श्रेष्ठ, दिपक राना मगर ।

· गोर्खा विकास बैंकका ऋणी र अन्यमा प्रवीण नौलाखा, राकेशकुमार अडुकिया, संजिव अग्रवाल, जीवन घिमिरे, रुची जाजोडिया, पुनम खेतान ।

· नेपाल शेयर मार्केट्स एण्ड फाईनान्समा योगेन्द्रप्रसाद श्रेष्ठ, गीता श्रेष्ठ, सौरभ श्रेष्ठ ।

· सम्झना फाईनान्सका श्यामबहादुर श्रेष्ठ, हिमबहादुर गुरुङ, सरोज बज्राचार्य, विजयमणि आचार्य, प्रवीण खनाल, पवन खनाल ।

यस बाहेक नेपाल विकास बैंकका केही संचालकलाई पनि कार्वाही गर्नुपर्ने भएकाले सूची छिटै सार्वजनिक गर्ने राष्ट्र बैंकले तयारी गरेको छ । तर राष्ट्रवैंकले कारवाहीका सिफारिस गरेका र पुलिसले वारेन्ट जारी गरेका यी वित्तिय अपराधीहरु राजधानीकै तारे होटलमा चुस्की लगाउँदै, नेताका दैलो धाउँदै आफुलाई बचाउने अभियानमा छन् । प्रहरी भने खोजी जारी रहेको निरिह जवाफ दिएर उम्किरहेको छ ।

 फितलो कार्वाही

सर्वसाधारणको रकम हिनामिना गरी लाभ लिनेहरुलाई कसुर हेरी जरीवानादेखि जेल चलानसम्म गर्न सकिने कानुनी प्रावधान छ । तर हालसम्म ठूलै बैंकिङ कसुर गर्ने व्यक्ति पनि जेल चलान भएको उदाहरण छैन । आर्थिक वर्ष २०६७।०६८ मा राष्ट्र बैंक र फाइनान्स गरी १० वटालाई कार्वाही भएको राष्ट्र बैंकले जनाएको छ । जसमा तीनजना सञ्चालक तथा व्यवस्थापक पदबाट हटाईएका छन् । यसबाहेक कार्वाहीमा परेकालाई १५ लाख २५ हजार जरीवाना गरिएको छ । बैंकिङ कसूरमा कार्वाही गर्ने निकाय राष्ट्र बैंक भएकाले अन्य मार्फत उम्केको हुन सक्ने राष्ट्र बैंकका प्रवक्ता भाष्करमणि ज्ञवाली बताउनुहुन्छ । बैंकिङ क्षेत्रमा सबैभन्दा अनियमितता पछि खारेज भएको नेपाल विकास बैंक डुबाउने व्यक्तिले कुनै कार्वाही भोगेका छैनन् । खारेजीको प्रकृयामा गएको सम्झना फाईनान्सका कुनै पदाधिकारी पक्राउ परेका छैनन् । राजनीतिक हस्तक्षेपका कारण पक्राउ परेका पनि छुट्ने गरेका छन् । स्रोतका अनुसार कतिपय बैंक तथा वित्तिय संचालक राजनीतिक पृष्ठभूमीका भएकाले कार्वाही गर्न प्रहरीलाई समस्या परेको छ । प्रहरीले फरार भनेर खोजी गरिरहेका वैंक संचालकहरु काठमाण्डौंकै तारे होटलमा गोप्य मिटिङहरु गरिरहन्छन तर समातिएका छैनन् ।

मौलाउँदो विकृति

चालू आर्थिक वर्षमा एकपछि अर्को गर्दै बैंक तथा वित्तीय संस्थामा अनियमिता गर्नेहरुको संख्या बढ्न थालेको छ । बित्तीय अपराध बढ्नुमा राष्ट्र बैंक नै बढी दोषी रहेको धेरैको ठम्याई छ । ‘नियमन निकाय नै फितलो भयो’ अर्थशास्त्री विश्वम्भर प्याकुरेलले भन्नुभयो – ‘२०४०/०४१ को संयन्त्रमा कुनै परिवर्तन भएको छैन ।’ प्रविधि र जनशक्तिमा समय सुहाउँदो सुधार हुनुपर्ने उहाँको सुझाव छ । वित्तीय अपराधीहरु फरार रहेको अवस्थामा पुगेपछि मात्र कार्वाहीका लागि पत्राचार गर्ने गरेको राष्ट्र बैंकलाई आरोप लाग्ने गरेको छ । हचुवाको भरमा बैंक तथा वित्तिय संस्था खुल्न दिनाले पनि यस्तो समस्या आएको भन्नेहरु पनि छन् । तर राष्ट्र बैंकका प्रवक्ता भाष्करमणि पोखरेल यसमा सहमत हुनुहुन्न । नियमन तथा अनुगमनको अभाव भन्दा पनि व्यक्तिको प्रवृत्ति र मुलुकको अवस्थाले विकृति देखिने गरेको उहाँले बताउनुभयो ।

Read Full Discussion Thread for this article