इलाहाबाद एक्स्प्रेस
भाग ६ - भलादमी मान्छे
४५ -५० बर्षको देखिने उत्तर भारतीयको यो अप्रत्यासित प्रश्नले एक छिन झस्किएं । प्लेन मा भेटिएको मान्छे पक्कै पनि पाकेट मार हैन । ट्रेन र बस मा अपरिचित सँग कुरा नगर्नु भन्थे ।
हामी इलाहाबाद जादै छौ , आर इ सी मा इन्जिनियर पढ्न ।
"that means you all are freshers , am I right ?"
एस, वि आर ।
"Do you know hindi ?"
"a little "
"Do not say , you know hindi "भन्दै आर इ सी मा हुने र्यागिङ बारे बताउन थाले । हिन्दी जानेको न भन्नु भन्ने असली सल्लाह दिन मान्छे पक्कै पनि नटवर लाल हैन । यसले हाम्रो भलो चाहेको छ , मनले निर्क्यौल गर्यो ।
"Have you ever been to India ?? " उसले फेरी जानकारी माग्यो ।
"छैन, बोर्डर को बजार बाहेक ।"
उसले भारत को औसत चित्र बयान गर्न थाले । कसैको एकै चोटि विश्वाश नगर्नु । ठगहरु धेरै हुन्छन ।
प्लेन लखनौ पुग्यो । १५-२० मिनेट ब्रेक । २ जना लखनौ बाट नि चढे । अर्को २५ मिनेट मा इलाहाबाद पुग्ने सूचना क्याप्टेन साहेब ले दिए । समोसा र चिया प्लेन मा नि खान पाइयो । हामी पाँचै जना भलादमीको कुरा सुन्दै थियम । आफ्नो बारे मा भन्न थाल्नु भयो । बिशेष कामले दिल्ली आएको र सस्तोमा हावाइ टिकेट पाएकोले प्लेन चढेको रे । सरकारी बाबु रहेछ। इलाहाबाद को मुख्य बजारमा घर । चौक भन्ने घनाबस्ती छ रेल वे जन्क्सन निर । एअर्पोर्टबाट मेरो घर १५ -२० किमी टाढा छ, इन्जिनियरिङ्ग कलेज अर्को १५ -२० किमी । "तर मैले तिमीहरुलाई छोड्न सक्दिन अप्ठेरोमा । म पनि कलेज आउछु । एउटै ट्याक्सी मा बसौं ।"
कलेज मा कोइ चिनेको नेपाली सिनियर छ कि छैन भनेर सोध्नु भयो । एक जना लाई चिन्छौ, चिट्ठी पनि लिएर आएका छौ भन्यौ ।
"अब म धुक्क ले तिमीहरुलाई सुरक्षित रुपमा नेपाली लाई नै हस्तान्तरण गरेर मात्र फर्किन्छु , चिन्ता न लेउ ।"
सुनेको थिएं, पढेको मात्र थिएं " आकाशबाट देब वाणी सुनिन्छ, आकाश मा देब दूत भेटिन्छ " । आज साक्षात देबदूत भेटें जस्तो लाग्यो । न बाउ तिरको नाता न त आमा तिर को । तै पनि एक जना भलादमी, अघी आए । इन्जिनियरिङ्ग कालेज को स्वागत झेल्ने सामर्थ्य खोज्दै थियम। ढुङ्गा खोज्दा देउता भेट्यौं।
इलाहाबाद नि पुगियो । मिलिटरी बेस रहेछ । २-४ वटा ट्याक्सी मुर्गा हान्न बसेको देखियो । एउटा ट्याक्सी सँग भलादमिले कुरा गरे । १०० हाँक्यो । भलादमिले पहिला इन्जिनियरिङ्ग कलेज जाने , भाईहरुलाई पुर्याउने फेरी चौक फर्किने भए ५० दिन्छु भने । ५० मा मानेन ७५ देउ भन्न थाले ड्राइभर । ७५ हैन ६५ दिन्छु जाने भए जाम नत्र ...... भने पछी मान्यो ।
ट्याक्सीको अगाडि उ बस्यो र हामी ५ जना कोचेरै बस्यौं । कोचाकोच ।
उसले लास्ट मिनेट सल्लाह दिदै भने " हाम्रो ट्याक्सी कालेज पुग्ने बित्तिकै र्यागिङ्ग का भोकाहरुले खाउला झै आएर घेर्छन । बिचलित न हुनु ।"
ड्राइभर तिर हेर्दै " किसी भि सुरत मे ट्याक्सी कि दरवाजा ना खोल्ना ।"
" म गएर तपाईं को आफ्नो मान्छे भेट्छु , लिएर आउछु , अनि मात्रा ट्याक्सी बाट बाहिर निस्कने ।"
हामीले हस भन्यौं । सुनेको भन्दा ड्यान्जरमात्र होइन खतरानाक सिचुवेशनमा परिएला जस्तो लाग्यो। ४७ डिग्री सेल्सियस मा त्रासिडिटी फाक्टर जोडींदा ५५ पुगेको गर्मी भयो ।
ट्याक्सीले कालेज को कम्पाउण्ड प्रबेश गर्यो । सुनसान देखिन्थ्यो । जब होस्ट एरिया छिर्यौं , चाहल पहल देखियो । ट्याक्सी देखे पछी त नयाँ मुर्गा आएको कन्फर्म। अगस्ट २ तारिक , संभवत केही मात्र आएका थिए होलान त्यो दिन । ट्याक्सी रोकियो नेपाली सिनियर बस्ने होस्टल कै अगाडि , फाइनल एअर को होस्टल । ड्राइभरलाई फेरी एक पल्ट , कुनै हालत मा ढोका न खोल्ने हिदायत दिदै होस्टल भित्र छिर्यो । एकै छिनमा एक जान नेपालीको साथमा आए । फाइनल एअर का दाई निर्मल रिमाल, नाम सुनेको ( चिट्ठी प्रापक ) भए पनि देखेको भेटेको थिएनौ ।
भलादमी भारतीय ले हिन्दी मै सम्झाउदै " तिमीहरुको नेपाली भाई हरुलाई सुरक्षित यहाँ सम्मा ल्याइ दिएको छु , अब यहाँ कलेजमा र्यागिन्ङ बाट बचाउने जिम्मा तपाईं को । तपाईं नै अभिवाक भयो आज देखी ।'
हामी सब्बै सँग बिदा माग्दै कुनै दिन फेरी भेट्ने वाचा गर्दै ट्याक्सी लिएर भलादमी फर्के । निर्मल दाई संगै उहाँको कोठामा पुग्यौं ।बाटो मै सुरेशले सुशिल उपाध्यायदाइको पत्र दिए । "थाक्यौ होला, एक छिन आराम गर , म २ मिनेटमा आउछु " भन्दै निस्कनु भयो ।
एक छिन धुक्क एक भाथें, फेरी थुक्क भयो । हामीलाई छोडेर ढोका खोलेरै निस्कनु भयो । हनुमान चालिसे पढ्न थाले सुरेश । चालिसे थर् त्यसै भाको हैन त्यसको ।
२ मिनेट मै फर्किनु भयो । गर्मी छ है भन्दै सुराइ को पानी खान दिनु भयो । पानी घाँटी भित्र आराम सँग छिर्न पाएको थिएन ढोका मा ३ जना हिन्दी सिनेमा का डाकु जस्तो देखिने आकृति उभेको देखियो ।
"फ्रेशर्स है क्या ?"
हामीले केही बोलेनौ ।
"बडे स्मार्ट लग्ते हो, यु कम , यु कम , एन्ड यु" भन्दै शर्मा , प्रबिण र मलाई संकेत गरे ।
क्रमश: