Posted by: pire May 18, 2010
नयाँ नेपालको यात्रा (जात्रा )।
Login in to Rate this Post:     0       ?        
मैले सानो मुखले ठुलो कुरो गरेको जस्तो हुन्छ, तर मैले के नोटिस गरें भने काठमाण्डु लगायत का कति शहरमा मान्छे असाध्य धनि भएका छन्। काठमाण्डुमा एउटा घर एक करोड पर्छ अहिले। त्यो बेचेर भाडामा दिए मात्र पनि महिनाको बार प्रतिशत को ब्याजदरले हेर्दा १ लाख आउछ। पच्चिसहजार भाडा तिरेर बसे पनि पचहत्तर हजार् महिनामा खर्च गर्न हुन्छ। त्यसैले मासिक कम्तिमा १ लाख रुपियाको आम्दानि हुनसक्नेहरु दश प्रतिशत भन्दा बढि हाउसहोल्डहरु छन होला नेपालभरि गर्दा। यसको अर्थ बिराटनगरका ब्यापारी , धराने रैथाने, सोलुखुम्बु चितवन र पोखराका पर्यटन व्यवसायी, सीमावर्ती शहरका सेठहरु जोड्दा तिसलाख जनसंख्या को प्रतिब्यक्ति आम्दानि मलेशियाहरु जस्तो छ। यसैले गर्दा शहरहरु अमेरिकाको मध्यमस्तरका जस्तो हुन हाम्रो जीवनकाल भित्र संभव छ।कर्णाली आदी मा दरिद्रता छ, तर त्यहाको जनसंख्या थोरै छ, त्यो पनि विर्सनु हुन्न। राज्यले चाहने हो भने शायद त्यहाको समस्या हल गर्न त्यती गार्‍हो छैन।   मेरो लाटो दिमागमा अर्को के पनि कुरो छ भने यो सबै सम्पन्नता भर्खर आर्जन गरिएको हुनाले (पाँच वर्ष जती भयो होला )मानीसहरु यो गुमाउन चाहदैनन र यसैले माओवादी हरु प्रती शशंकित छन र यसैले शहरमा मावोवादी प्रभाव हुन झन झन गाह्रो हुनेछ। 
Last edited: 18-May-10 05:24 PM
Read Full Discussion Thread for this article