Posted by: Rahuldai May 14, 2010
नयाँ नेपालको यात्रा (जात्रा )।
Login in to Rate this Post:     0       ?        

नयाँ नेपाल को यात्रा भाग ४



(ट्याक्सी माहत्म्य २)


ट्याक्सी न चढी धरै नहुने, घरै नपुगिने के गर्ने ? फेरी अर्को दिन एम्बेसी जानु पर्‍यो । एका ब्यानै । घर अघिल्तिर बाटै ट्याक्सी भेटियो । मिटर तिब्र गतिमा घुम्दै थियो । एम्बेसी पुग्दा २५० रुपैया देखायो । अस्ती यही बाटो आउँदा जांदा १७५-१८५ तिरेको, २५० देखाउदा अती भो भनी बिस्तारै भनी हालें । साहेबको अगाडि ठुलो स्वरले कराउने कुरा भएन । 


" ड्राइभर साहेब, तपाईं को ट्याक्सी नयाँ हो ? मिटर त घट्ट घुम्छ नि ? "



" तपाईं लाई त्यस्तो लागेको होला, सप्पै ट्याक्सी मा मिटर घुम्छ नि दाई "



" त्यो त हो भाई ( उसले दाई भनी हाल्यो ), तर हिजो यही बाटो हुंदै ट्राफीक जाममा फस्दै आउँदा १७५, फर्किदा त्यही बाटो त्यही जाममा हुइकिदा १८५ भने अहिले जाम न साम आराम सँग आउँदा २५० ?? यो त भएन नि । जाम मा नफसेर धेरै चढेको हो कि ??"


" तपाईं लाई कुरा क्लियर गरी दिन्छु । बजार भाउ असाध्ये महँगो छ, तेल पनि महँगो छ । बालबच्चा छ, पाल्नै पर्‍यो । त्यहै भएर एक 'कल' बढाइ राखेको, तपाईंलाई के ढाट्नु ?"


मान्छे इमान्दार रहेछ, चोरेको छु भन्दो रहेछ । बाल बच्चा पनि रहेछ । महंगीको मार पनि रहेछ ।



"यह! त्यसो पो । लौ त त्यसो भए ३०० नै लिनुस् न । हाम्रो त बाल बच्चा नि छैन, हामीलाई महंगिले पनि छुंदैन, हाम्रो लागि तेल पनि सस्तो छ"  भन्दै सय को ३ गोटा नोट दिएं ।


हैन दाई , दुई सय मात्र दिनुस् भन्दै १ गोटा गैंडा फर्काए ।


अजब देशको गजब चाला, चोर ठगले पनि छुट दिने रहेछ हाम्रो देशमा । रु ७५ ठगिएको उपलक्षमा रु ५० बम्पर डिस्काउण्ट । 



एम्बेसीको काम सक्याएर् दरवार मार्ग स्थित एअरलाइन्स को अफिस मा फ्लाइट र होटल कन्फर्मा गर्नु थ्यो, त्यता अर्को ट्याक्सी लिएर फर्कें । संभवत घरको बाटो भन्दा नि दरबार मार्ग आधाबाटो थियो, तर पनि १७४ निस्क्यो । अघीको ट्याक्सी ठग भनेको त यो त डाँका नै निस्क्यो ।


फेरि सोधुम, हिजो कती तिरेको भन्ने रेफरेन्स पनि थिएन अर्को उही रेडिमेड जवाफ " बालबच्चा भाको ड्राइभर , तरकारी महँगो, सरकारी जागिर छैन " भन्ने त होला । डाँका डालेको भागबाट छुट लिन मन लागेन । १७५ तिरेर अब कसम खाएं । अब देखी ट्याक्सी चढ्दिन ।


 क्रमश:

Read Full Discussion Thread for this article