Posted by: Deep May 12, 2010
नयाँ नेपालको यात्रा (जात्रा )।
Login in to Rate this Post:     0       ?        

यही २०१० को अपृलमा म पनि नेपाल गएको थिएँ। त्यस्को छोटो सम्समरण मलाई पनि राख्न मन लाग्यो, ठुल्दाईको गफ सुने पछी।


समयले साँझलाई बिदा दिएर रातको स्वागत गर्दो थियो, म पूर्बोत्तर अमेरीकाको एउटा शहरबाट अलि दक्षिण तिरको अर्को ठुलो शहर तर्फ उडदै थिएँ। नेपाल जाने रहर कैले देखिको थ्यो--एक ताका त झन्नै धर्मेको घराँ भाको आँपको रुख जस्तै भै सक्या थ्यो मेरो रहर। बोट मात्रै थ्यो, आँप चै फल्दैनथ्यो।


दखिन तिरको त्यो बडेमानको शहरबाट बडेमानको बिमान चढेर लागियो घर तिर आकाश मार्गबाट। मनमा अनेक तर्कना आए -- साथी भाईहरु कस्ता भए होलान, कत्ति उ बेलाका साना नातेदारहरुलाई त अब चिन्न पनि सकिन्न होला।आफुलाई नचिन्ने पनि धेरै भए होलान। आसपास खेल्ने पाटीमा रेस्टुरेन्ट होला, रोपाईको खेत जस्तो हुने हाडीगाउको सडक अचेल कस्तो भयो होला। जाडोमा गर्मी, गर्मीमा लगलग पार्ने सुन्दरीहरु कता कता पुगेर भुसुक्कै बुढी भए होलान। यस्तै यस्तै अरु नी तर्कना आए, सबै त लेख्न पनि नमिल्ने साझामा।


उडान आफ्नो भारत भएर जाने थ्यो, दिल्लीमा साँझ तिर पुगीयो। भोली पल्ट नभै नेपालको उडान थिएन। बाहीर शहर घुम्न जाम अनि उतै बास बसेर बिहान तिर आउनु पर्यो क्या रे हवाईअड्डा फिर्ता भनेर सुर कसेको फेरी चाईने भन्दा धेरै घुमाईमा परीने हो कि बल्ल बल्ल घर जान ला बेलाँ भनेर मन मारें। एउटा कोठामा लगेर जाक्यो देशीले।


पासपोर्ट लगेको बल्ल जहाज उडने बेलाँ ल्याएर दियो। ल्याएन भने? भुत जस्तो भएर त्यो प्रश्नले कम्ती तर्साएन।


जेट एअरवेज ६:३० बिहानै लाग्यो बाटो। अब जति जति नेपाली आकाश नजिक आयो, त्यति त्यति मन ब्यग्र हुन थाल्यो। पहाड, अनि बादललाई घाँटी दुख्ने गरी हेरीयो झ्यालबाट। उपत्यका भित्र पुग्यो बिमान। आम्म्मामा! के बिघ्न घर। पहिलो कुरा यही आयो मनमा।


जहाज हुईँकेर धावन मार्गबाट बौध तिर लाग्यो। बौधनै असन जस्तो पो भए छ। घरै घर। जि पि एस चाहिएला जस्तो देखियो। जहाज मोडिएर धाबनमार्गमा अलि वर आएर रोकीयो।


भर्याङ्गबाट ओर्लिने बित्तिकै एउटा बस देखियो। मगमग धुपको बास्ना थ्यो त्यो बसमा। धुवाँमा रङमङगीएका महादेबको फोटो पनि देखियो।


बिमानस्थल आफ्नै तालमा थ्यो। चिनजान भएकाहरुको एउटा लाईन, नभएका हरुको अर्को लाईन। त्यस्तै रेछ।


भन्सारमा के ल्या छ? भन्यो। केई न केई भन्दें। त्यो स्क्यानर भन्ने बाट सुटकेश छिराउन लाग्या, "के गर्न ला?" भनेर सोध्यो एउटाले। "यो च्यानल बाट जाने भन्सार तिर्ने केई छैन भने भन्या हैन?" भनेर सोधेको। "त्यो त हो तर यो बिग्रेको मेसीनमा किन छीराउनला होला भनेर नी" भन्यो।


बाहीर निस्कीने बित्तिकै एक ताका बौधमा सिनेमा हेर्न गा जस्तो भो। ताना तान। यता यता काँ जाने? भन्छ एउटा ले --ट्याक्सी यता छ भन्छ अर्को -- अर्कोले आफ्नो सुटकेश गुडाउन थाली सक्यो। दुईटा केटा चै डलर दिनु न दाई भन्न थाले।


क्रमश:


(ए, अर्काको धागोमा आएर म फेरी के को क्रमश: नी -- अहिले ठुल्दाईले हान्छन कुईनाले अनि--ए! साँच्ची भन्नै बिर्सेको -- म चै यही अपृल ३१ तारीकको दिन गाको के नेपाल--यतै बाट लेख्न सकिन्छ जस्तो छ सम्समरण जस्तो लागेर आँटेको नी मैले )

Read Full Discussion Thread for this article