Posted by: Rahuldai May 12, 2010
नयाँ नेपालको यात्रा (जात्रा )।
Login in to Rate this Post:     0       ?        

धन्यवाद, बिस्टे, पुरे , चिप्ले,रिट्ठे अनी मालपानी ।


भाग २


नेपाल बन्दले भए नि स्वागत गर्‍यो भन्दै दङग पर्दै, ट्याक्सी वालाहरुको तानातानबाट डलरे शर्ट बचाउंदै बासस्थान तिर लागियो । शहर अन्धकार भित्र पिलपिले बत्तिमा गुल्जार थियो । ६५० रुपैयाको यात्रा २० मिनेट मै टुंगियो । घरमा स्वागत गर्न परिवारजनहरु इमर्जेन्सी लाइटमा उज्यालिंदै थिए। पुग्ने बित्तिकै भाईले खुश खबरी सुनायो - नेपाल बन्द फिर्ता रे ।
राहुलभाइ को आगमन को खबर पुगेछ क्या रे बन्द आयोजकमा, फिर्ता लियो- एक छिन ठट्टामा माहौल रंगिन बनाएं । भोक र थकाई संगै चिन्ता पनि बढ्दै थियो । समय थोरै काम धेरै । आफ्नो काम संबिधान बनाउने जस्तो अनिश्चितकालिन एजेण्डा भित्र परेन   ।



रात को खाना खाइ अन्धकार मै सुतियो । समयान्तर र स्थानान्तर दुबैको योगले एकाब्यानै ब्यूंझें । काग र चराहरुको मिश्रित तर अनौठो संगितले पनि होला, निद्रा छिटो भङग भएको, राजनैतिक पार्टीहरुको वार्ता जस्तै ।



एम्बेसी जाने काम थियो । ट्याक्सी चढियो । मिटर पनि पाङ्राकै गती मा घुम्दो रहेछ । १७५ रुपैयामा रोकियो । एम्बेसी को काम सकियो , फर्केर उही रूट १८५ चढ्यो । चानचुन १० को हिसाब हुंदैन रे काठमाडौ मा । युगले फन्को मारेको हेक्का रहेन । ७ पढ्दा १० पैसे टिफिन खर्च , १० पढ्दा १ रुपैया , १२ पढ्दा २ रुपैया र बि एस्सी पढ्दा ३ रुपैया टिफिन खर्च सम्झेर बुढ्यौलिको अनूभुत गरें ।



मेरो मह्त्वपूर्ण काम भनेको जागिर छोड्नु थियो । अचम्म कुरा गर्‍यौ भन्लाऔ यो राहुलेले । मान्छेलाई जागिर खानु पो महत्वपूर्ण काम हुन्छ, छोड्ने काम पनि ??



हो हजुर , जागिर छोड्न काठमाडौ धाएको हुँ हजुर । बेतलबी अध्ययन बिदामा पढ्न अमेरिका आएको । ३ बर्ष स्वीक्रित बिदा सकेको थियो । निजामती सेवा नियमावली अनुसार एक पटकमा ३ बर्ष भन्दा बढीको बिदा स्वीक्रित गर्न न मिल्ने । बिदा थपको लागि युनिभरसिटीको आबश्यक  कागजात सहित् निबेदन दिंदा स्विक्रित भएन । अझै डेढ बर्ष बिदा दिन लिन मिल्थ्यो । अझ हाम्रो देश मा न मिल्ने कती काम मिल्ने हुन्थ्यो । एकदम सिधा हिसाबमा पनि मज्जाले मिल्थ्यो । हाम्रो देशको चलन, मिलेन । बिदा थप भएन । सँगइ अमेरिका आएको अर्को मित्रले तलबी बिदा मज्जाले हसुरी राख्या छन। आफुले नियमा अनुसार बेतलबी बिदा मात्र मागेको । त्यो पनि मिलेन ।  हाजिर हुन आउने सूचना निकाल्यो गोर्खापत्रमा । स्पष्टिकरण पठाउदा नि स्पष्ट भएन भन्दै खारेज गरियो । पुन: सूचना निस्कियो । लाग्यो सरकारले केही न गरी दिए पनि " इन्जिनियर राहुल भाई " बिदेश गा छ भनी प्रचार प्रसार गरी दियो । समबेदना छाप्न त पैसा नभै नहुने बेला फोकट मा छपियो । दङ्ग हुने एक बहना मिले जस्तो ।



जब सरकार ( हाकिमा को नियत नै जागिरबाट बर्खास्त गर्नु देखिए पछी सगर्ब रजिनामाको दर्खास्त दिनु राम्रो देखें । आफ्नो इच्छा र योग्यताले जागिर खाएको थिएं । आफ्नै इच्छाले रजिनामा दिने बिचारले सोही दिन मन्त्रालय पुगें ।



सिंह दरबार छिर्ने पो कसरी ? फोन गरें मन्त्रालयमा कार्यरत एक सहकर्मिलाइ । पासको लागि गेटमा सूचना पठायो । नागरिकता वा ड्राभिङ लाइसेन्स धरौटी माग्यो । म सँग दुबै थिएन । विश्व बिद्यालयको परिचय पत्रले मानेन । स्टेट आइ डि ले मान्ने कुरै भएन । केही सीप न लागे पछी पुन: फोन गरी लिन आउन भनें मित्रलाई । उनले आफ्नै परिचयपत्र धरौटी राखी सिंह दरबार छिराए ।


 


 मन्त्रालय पुग्ने बित्तिकै दुइलाइनको रजिनामा लेखेर बुझाएं । रजिनामा दिंदा कुनै आत्म ग्लानी थिएन । मनौ एउटा भारी बिसाएछु । चाकडी चुपलुसिबाट् मुक्ती मिलेको छ । एक दुई दिन मै रजिनामा सम्बन्धी कार्यबाही टुंगिने अश्वासन पाएकोले त्यहाँबाट निस्कें र सिधै प्रख्यात महेन्द्र बौचा को म: म: पसल भित्र छिरें ।


क्रमश :
 
 
 

Read Full Discussion Thread for this article