Posted by: chipledhunga May 11, 2010
नयाँ नेपालको यात्रा (जात्रा )।
Login in to Rate this Post:     0       ?        

ठुल्दाइ, बल्ल पढ्न पाइयो नेपाल यात्राको बिवरण। आफ्नै यात्राका सम्झनाहरु पनि आए त्यसलाई पढ्दा। पोहोर नेपाल जाँदा पहिलो पटक खाडी क्षेत्रबाट गएको हो। घटस्थापनाको दिन ह्युस्टन छोडेको थिएँ। दोहामा नि:शुल्क होटेलको ब्यवस्था थियो। दोहा बिमानस्थलमा प्रशस्तै नेपाली कर्मचारीहरु पनि थिए। जताततै नेपाली बोलेको सुनिन्थ्यो। होटेलमा पनि प्राय: चितवनका मान्छेहरु रहेछन् काम गर्ने। रिसेप्सनिस्टले दशैं मनाउन जान लाग्नु भएको हो भनेर सोधेको प्रश्नलाई प्रसन्न मुद्रामा हो त भने तर एक्कासी उसको अनुहार मलिन भयो। "म पनि सत्र बर्ष पछि पहिलो चोटी जान लागेको हो" भनेपछि चाँही केही परिवर्तन देखियो।


यसो बाहिर डुल्न पनि निस्किएँ। एक जोडी बाहेक बाटोमा सबै पुरुषहरु मात्रै देखिए। नेपाली बोलेको पनि प्रशस्तै सुनियो। कुन ठाउँका होलान्, के काम गर्दा हुन्, घरको अवस्था कस्तो होला, दलाललाई कती पैसा बुझाए, कसरी पैसा मिलाए आदि जस्ता धेरै कुराहरु खेले। होटेल र बिमान्स्थलमा त एअर कन्डिसन भएर शारीरिक रुपमा त्यती गार्हो नहुँदो हो, बाहिर काम गर्नुपर्नेलाई अरबको गर्मीमा कती गार्हो हुँदो हो जस्तो लाग्यो। होटेल कर्मचारीको सल्लाह अनुसारको क्षेत्रमा आधा घण्टा जति डुलेर फर्किएँ। भोलिपल्ट एअरपोर्ट छोड्न जाने चालक पाल्पाका रहेछन्।


काठमाडौंको उडान खचाखच थियो र अधिकांश यात्रु नेपाली नै थिए। अरु उडानमा भन्दा हल्ला अली बढी नै थियो। एक नेपाली यात्रुले लेदरको ज्याकेट लगाएका थिए। घर जाने खुसीयालीमा गर्मीको परवाह नगरी बाहिर देखि नै लगाए वा बिमान चढेपछि लगाए त्यो भने थाहा भएन। बिमान कर्मचारीको भेदभावपूर्ण ब्यवहार पनि देखियो। बिदेशी तथा गैरश्रमिक जस्ता देखिने नेपालीसँग अलि नम्र भएर बोलेको पाइयो। काठमाडौं अवतरण गरेपछिको त के कुरा गराइ भो र, अस्तब्यस्तता देखेर ढुंगे युगमै फर्किए जस्तो। फर्किंदा साँझको उडान थियो, एअरपोर्टको बत्ती मधुरो, उड्दा पनि काठमाडौं मधुरो नै देखिन्थ्यो। उपत्यका छोडेपछी त निस्पट्टै अँधेरो। बिमान चढ्न अघिको साँघुरो प्रतिक्षालयमा एक नेपालीसँग कुरा बएको थियो। नवलपरासी बर्दघाटका रहेछन्, भरखर एस.एल.सी सक्काएको, घरको आर्थिक अवस्था कमजोर भएर कतार जान लागेको, दाई पर्नेले बोलाएको तर गएर के काम गर्ने हो थाहा नभएको ब्रितान्त सुनाए।


अघिल्ला यात्राहरु प्राय थाइ ऐर्वेजमा परेका थिए। मलेसिया जानेहरुका लागि छुट्टै चेक इन काउन्टरको ब्यवस्था थियो। एक चोटि बाग्लुङ भीमगिट्ठेका युवक सँगैको सिमा परेका थिए। कक्षा ८ सम्म पढेको अनि गाउँमा सुरक्षित नभएकोले बिदेशिएको कुरा गर्दै थिए। देशको अवस्था ठीक हुँदो हो त यसतो देख्नु सुन्नु अनि अहिले लेख्नु पर्दैनथ्ययो। धेरै लामो पो लेखिएछ लौ ठुल्दै अब तपाईंंकै अरु पढ्न कुर्छु र अलि छोटो प्रतिकृया गरुँला।                

Read Full Discussion Thread for this article