Posted by: chipledhunga March 18, 2010
~ चौतारी १८१ ~
Login in to Rate this Post:     0       ?        

भए पनि ठीकै छ नभए पनि ठीकै
केलाई टाउको दुखाउनु यो दुई दिने जिन्दगीमा
कोही साथी हवल्दार् छन् कोही साथी खरदार
कोही साथी डाक्टर भए कोही साथी बैदार
सबै जना मिली सोध्छन् अचेल तँ के गर्छस्
दिन भरि झिंगा मार्छु राती उडुस मच्छड हत्तेरिका!!!!


बिहिबारे जदौ सबै गाम्लेहरुलाई।
लौ आज त बिर्खे बुढा पनि लौरो टेक्दै आएछन्। अत्तो पत्तो थिएन यत्तिका दिन, के छन् त हालखबर? नली खुट्टो कस्तो छ अहिले? चिडियाँखानतिर साथी भेट्न गा भन्ने सुनेथें अस्ती, कस्ता साथी हुन् भन्या?
रामे के हो दिउँसोसम्म सुत्नलाई?
रिट्ठे सर, भोलि होइन त प्रस्थान? फिर्ती सवारी कहिले नि? शुभयात्रा, फर्किंदा टन्न कोशेली आओस् खाने, पिउने, हेर्ने, सुन्ने, सल्काउने आदी आदी।
अनी खुशीको बिहे भो रे? बधाई छ हौ बेस्कन। अनि अहिले कोसँग कहाँ ब्या भा नि?
पूरेले के लेख्या हो औंरेजीमा, बुझ्या भए मरिजाम्।
बाउचा, कस्तो भो त बगलमुखीको यात्रा?
 
                   

Read Full Discussion Thread for this article