Posted by: Rahuldai February 1, 2010
चौतारी-१७५
Login in to Rate this Post:     0       ?        

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।


चिप्ले सर को नि सवारि भे छ । बोर्ड फस मामला निकै षड्यन्त्र भाको जस्तो देखिन्छ । पुरे नि यस्तो ??



बोर्ड फस बिबाद सम्बन्धी चौतारी अदालत को अन्तिम फैसला।



चौतारी संख्या १७५ गठन हुंदा बोर्ड फस को भन्ने बिबाद देखियो । एकै समयमा बिर्खे जिम्माल र रामपुरका रामे दुबै  ले हाजिर जनाएकोमा  रिट्ठे ह्याण्सी समेत ९.५४ को कुसाइट मा उपस्थित भएको सबूद प्रमाण देखिए पछी अब यो बिबाद त्रिपक्षिय हुनगएको स्पष्ट देखिन्छ ।


साक्षी, प्रमाण र परिस्थिती बुझ्दा बोर्ड फस कल्लाई बनाउने भन्ने बिषयमा चौतारीका निर्माता पुरे प्यारे लाल निश्पक्ष भूमिका नखेलेको देखिन्छ । हस्तिनापुर भ्रमनको बेलाको माछा को सोझो गर्न निज पुरे प्यारेलाल ले बिर्खे जिम्माल लाई बोर्ड फस बनाएको स्पष्ट हुन्छ। यसैले माथिका प्रमाण, विद्वान अधि-वक्ताहरुको बह्स पैरवी समेत सुनी बुझी यो चौतारीको बोर फस रद्द गरी त्यसपछी को सर्बप्रथम हुनेलाई बोर्डफस घोषणा गर्नु गर्नु भनी यस सम्मानित  अदालत प्रतिवादी वादी दुबैको नाम मा पर्मादेश जारी गर्दछ ।


साथै चिप्लेकान्त चापागाइ को माग सम्बन्धी बिचार  गर्दा निजको मागमा दम नपुगेकोले यसै फैसलाद्वारा निजको माग समेत खारेज गर्दछ ।



यस फैसला चित्त बुझे पनि नबुझे पनि कुनै पनि अदालतमा पुनराबेदन नलाग्ने भएकोले अर्थ खर्छ गर्नु अनर्थ हुन जाने छ ।


सरोकारवालाले यस फैसलाको प्रतिलिपी रीतपूर्बक माग गरेमा लाग्ने दस्तूर लिइ प्रतिलिपी दिनु ।


मिती 02/01/2010 


सम्माननिय न्यायधिश
राहुलभाइ रायमाझी ।

Read Full Discussion Thread for this article