Posted by: बैरे January 21, 2010
सफल जिन्दगी भाग २
Login in to Rate this Post:     0       ?        

- " बैरे, घर मा हाम्रो र हामी सँगै बसेको कुरा थाहा भयो "


साचो भनु भने कुरा खासै ठुलो, मलाई चाँही लागेको थिएन , अब सँगै बसे पछी कुनै न कुनै दिन त थाहा हुनु नै थियो , उसलाई पहिले घर मा खबर गर भनेको मानिन, अब आफ्नो मुख र अरु को मुख ले भन्नु मा फरक धेरै हुन्छ , शायद त्यही कुराले होला उसको यो हाल भएको ।


- " ठिकै छ त , तिमी ले के भन्यौ ? "


उ - "कस्तो ठिकै छ ? कसरी ठिकै छ ? ठीक केही छैन , घरमा बुवा आमा दुबै रिसाउनु भयो , धेरै कुरा केही हुँदै भएन "


- " हामीले शायद यो कुरा घर मा पहिले नै भनेको भए कुरा यस्तो ठुलो हुँदैन थियो होला , ठिकै छ अहिले यो Topic गरम नै छ , अली सेलाए पछी घर मा कुरा गरुला "


उु - "मलाई त एकदम डर लागि रहा छ , घर बाट हुन्न भन्यो भने त म तिमी सँग ..."


- "यो कुरा त पहिले नै सोच्नु पर्ने होइन र ? "


उु - " I Do not need any advice, Can you please just show some support?"


- " तिम्रै support त हो नि , नभए कस्को गर्न जाउ त ? "


खासै भन्ने हो भने , मन को कुनै कुना मा अली चोट भ्ने पुगेको थियो , हाम्रो सम्बन्ध को लागि उु आफ्नो घर सँग जुध्न सक्दैन थियो , के यही थियो त मेरो प्रेम को सम्मान ?


रात भरी निद्रा लागेन , मन भरी कुरा हरु खेल्न थाले , धेरै यदी यसो भयो भने उसले के गर्ली भन्ने प्रश्न हरु उठ्न थाले , फेरी सोचे , उु कस्तो थियो भन्ने कुरा त मलाई पहिले थाहा थियो , यो सम्बन्ध मा बाधिनु अगी नै मैले सोच्नु पर्ने कुरा थियो , अब यस्तो कुरा सोच्नु हुन्न जस्तो लाग्यो , फेरी सोचे , तर उसको यस्तो रूप त मैले पहिले देखेको नि थीइन ।


रात गई बात गई भने झै भोली पल्ट कुरा सब ठीक भयो । आफ्नो त्यो मन को कुरा र संका हरु उसको सामु न त खोले नै न त खोल्न उचित नै लाग्यो । दिन हरु फेरी बित्दै गए , दशैं तिहार नि लड्दै पड्दै ढोका सामु आइ पुग्यो । नवमी को दिन बेलुकी घर मा फोन घुमाउदा घुमाउदा रात कट्यो मरी गए लागेन , लौ अब उतै बाट गर्लान नि भनेर सुतियो । 


दशमी को दिन आयो,  विबाह को बन्धन मा त बाधिएका थिएनौ , त्यही पनि टिका टालो गर्ने संस्क्रिति त छोड्नु भएन ।  अब सम्बन्ध मा पर्या भए, आफु घर को ठुलो बडो हुन्थे , नेपालमा टिको लाइदिने को निधार खाली हुनु हुन्न भन्थे त्यसैले एका बिहानै मन्दिर तिर लागे , हुन त पहिले अरु को हात को टिको लगाए नि हुन्थ्यो तर आफ्नो घर किने पछी को पहिलो टिका घरै मा सुरु गर्ने रहर ......


मन्दिर मा देवी को आर्धना गरी पूजारी को हात बाट टिका लगाइ कुदे म नि घर तिर टिका सुरु गर्न , साइत त छोड्नु भएन नि । बाटो बाट उसलाई फोन गरे ,


- " ल तयार भएर बस है , म आइ पुग्छु १५-२० मिनट मा, अनी टिका को समान नि ठीक पारी राख "


उु - " हुन्छ "


घर पुगे भित्र पस्दा उसलाई कतै देखिन , अझै सुती रहा होला भनेर रिसाउदै कोठा भित्र छिरे , उु फेरी आँखा भरी आशु लिएर बसी राख्या थीइ


कारण त थाहा थियो त्यही पनि नथाहा पाको झै सोधे -


- " ल के भयो , आज को दिन नि कोही रुन्छ ?"


उु - "घर बाट फोन आको थियो , बुवा आमा दुबै रिसाउनु भाको छ , अब तलाई घर परिवार चाहिएन , दशैं मा नि घर मा फोन गर्नु छैन, तलाई हाम्रो केही मत्लब छैन , भन्नु भयो "


उु झन डाको छोड्दै रुन थाली


- "अनी भनेनौ हिजो रात भरी फोन गर्या लाइन नै लागेन भनेर ?"


उु - "भने , तर विश्वाश नै गर्नु भएन "


- "ल भई, हाल्यो नि mis-understanding भयो होला , आज को दिन नि रुन्छ , अलछिन लाग्छ , ल Fresh भएर आउ टिका लगाउ "


उु - " त्यती मात्रै होइन , मैले ल अब भयो नि त , किन रिसाइ रहनु भाको , आज टिका को दिन नि कती गाली गर्नु हुन्छ , ल टिका लगाइ दिनु भन्दा ....."


उसको रुवाइ झन चर्को हुन थाले को थियो , श्वास को सन्तुलन रुवाइ ले बिगारे को थियो , हिक्क हिक्क र सुक्क सुक्क गर्दै बोल्दै थीइ 
 
उु - " तलाई घर को इज्जत , आफ्नो परिवार को संस्क्रिति केही मत्लब भएन , अमेरिका गएर निकै के के नै गरिश जस्तो लाग्यो , आफ्नो जात भात नमिल्ने केटा सँग गएर सम्बन्ध गासिस ।  त्यती ले मात्रै नपुगेर, सँगै बस्न नि थालिस , घर मा खबर गर्न नि उचित ठानिनस । तलाई हाम्रो मतलब छैन भने हामीले तेरो मत्लब किन गर्ने , के टिका लगाइ भयो र ..... भन्नु भयो "


कुरा सुन्न त सुने तर पच्न चाँही निकै गाह्रो भयो , यहाँ कुरा उु म सँग बसेर ठुलो भाको हो कि मेरो र उसको जात नमिल्ने कुरा ठुलो भाको बुझ्न सकिएन । चाहे क्षेत्रि, नेवार, भोटे, गुरुङ , मगर होश, आफ्नो जात आफ्नै गौरोब हो , त्यही भएर आफ्नो जात को बारे अरुले केही भन्दा पारो तात्यो , फेरी अर्थ को अनर्थ लाग्ला भनेर रिश पचाए


- "तिमिले के भन्यौ ?"


उु - "के भन्नु सुनी रहे , हुन पनि हो म तिमी सँग घर मा कुरा नगरि बस्न नहुने "


अब चाँही थर्मो मिटर जीउ मा छुवाको भए फुट्थियो , त्यही पनि थामे आफु लाई


- "त्यो सोच्ने समय त मैले तिमी लाई दिएकै थिए होइन र ?"


उु - "तिमी Please सबै कुरा मेरै टाउको मा किन हाल्न खोज्छौ , मैले हाम्रो Relation ले यस्तो रूप लेला भनेर सोच्या थीन "


- " के रूप , कस्तो रूप ? "


उु - " म त घर बाट हुन्छ भन्नु हुन्छ भन ठान्या थिए , त्यही भएर मैले पहिले नै भनेको थिए घर बाट हुन्न भन्नु भयो भने हुँदैन भनेर "


- " घर बाट हुन्न नभन्नु को कारण ?"


उु - "बैरे, Please तिमी Modern हुन नखोज , तिमी लाई नि थाहा छ मलाई नि थाहा छ , तिम्रो र मेरो बिच मा सब से ठुलो अन्तर भनेको हाम्रो जात नै हो । मलाई केही Problem छैन , तर नेपाल मा बुवा आमा को सोचाइ पुरानो छ । "


बाबु आमा को सोचाइ पुरानो होइन आफु ले चाहेको ब्यक्ती को सोचाइ पुरानो भएर होला ठुलो स्वोरले


- "यो त तिमी ले म सँग सम्बन्ध गास्नु र तिम्रो बुवा आमा ले तिमी लाई अमेरिका को प्लेन मा राख्न अघी सोच्नु पर्ने कुरा होइन र ? यहाँ problem तिम्रो घर ले नमान्या होइन तिमीले सम्झाउन नसक्याले मलाई धेरै भई रहा छ "


उु - "के अब म घर मा सब सँग झगडा गरे तिमी सँगै बसु त ? "


- " म सँग त तिमी बसे कै छौ , घर मा झगडा गर भन्या होइन , कुरा मिलाउ, सम्झाउ भन्या मात्रै हो "


उु - " तिमी लाई मेरो घर कस्तो छ थाहा छैन "


- " त्यसो भए म सँग किन सम्बन्ध गास्या त "


उु - - " के यो सम्बन्ध तोडौ भन्या हो तिमी ले ?"


- "मेरो भनाइ को अर्थ त्यो होइन , तर हामी बिच को जुन तिमी लाई लाग्छ Great Wall थियो त्यस्को कदर त गर्नु पर्थियो "


उु - " Please तिमी solution को सट्टा Problem नबढाउ "


- "घर मा कुरा मिलाउ भन्ने मेरो solution थियो , त्यसो भए तिमीले के सोच्या छौ "


उु - " केही सोच्या छैन , तर घर बाट हुन्न भन्यो भने चाँही, I cannot move forward "


- "What Do You Mean that you cannot Move Forward"


उु - " घर बाट हुन्न भन्नु भयो भने तिमी सँग विबाह गर्न सक्दिन, घर सँग सम्बन्ध तोडेर तिमी सँग सम्बन्ध गास्न सक्दिन "


- " Well त्यस भए Save your Relationship with your home, म सँग सम्बन्ध तोड "


- "दशैं मा दशा भन्या यही हो " 


म मुर्मुरिदै कोठा बाट निस्के । Living Room मा दशैं को टिकाको पूजा थाली लाई हेरे , मन बद्लिन खोज्दै थियो फेरी उस्को "Blood is thicker than Water" भन्ने attitude सम्झे , निस्के घर बाट बाहिर


क्रमश :



 

Read Full Discussion Thread for this article