Nepal News May 23
Popular Videos





   [Show all top banners]

बैरे

Subscribers
[Total Subscribers 4]

bhaladminepalidai

sxshrestha7

NitiSa

CyberLegend
:: Subscribe
Related Videos
Back to: - STORIES / ESSAYS / LITERATURE Refresh page to view new replies | HOME PAGE
 सफल जिन्दगी भाग २ Fix Unicode

[Please view other pages to see the rest of the postings. Total posts: 150]
PAGE: <<  1 2 3 4 5  
Keywords associated with this thread
http://sajha.com/sajha/chat/smileys/m-ohmy.gif     
[VIEWED 18636 TIMES]
NEW! Click here to get reply notification email
SAVE! Save this thread for ease of future access.
The postings in this thread span 5 pages, go to PAGE 1.

This page is only showing last 30 replies
Posted on 08-13-09 2:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

(सफल जिन्दगी भाग २ यहाँ सम्क्ष ल्याउने प्रयास मा - कथा बस्तु यथार्थ भए नि कसै सँग मिल्न गए चाँही - "लागे पागे बुढा को दोष " ....)


सेल फोन मधुरो आवाज ले बज्यो , यो त पक्कै कल होइन भन्दै सेल फोन हेरे , मेसेज आको रहेछ , इन्बोक्स मा जादा मेसेज देखे " Lets work things out ...." एक त घाम ले पारा तती रहा थियो त्यस माथि उु सँग अझै रिश उठी रहेको थियो । उसलाई म के कुरा मा रिसाउछु , कस्तो कुरा मलाई मन पर्दैन सब ज्ञान थियो,  त्यही पनि उु त्यही कुरा ले म सँग झगडा गर्न खोज्थी । माया गरी मन भित्र राखेको मान्छेले त्यो मन लाई दुखाउदा चित्त कस्को नदुख्ला र ?


समय ले कसै लाई कुर्दैन भन्थ्यो र समय को गती पनि मोड्न सक्किन्न भन्थे तर म त्यो गती लाई मोडेर अतित तिर लाग्दै छु , कहाँ के बिग्रेछ भनी हेर्न खोज्दै छु । शायद दोषी मै नै हुँ कि ?


नेपाल छोडेको नि बर्षौ भयो , नेपाली को छोरो, परिवार प्यारो कस्को हुँदैन र त्यस माथि त म एक्लो छोरो बाउ आमा को काख छोडि हुइकिए म पनि अमेरिका तिर । बाउ आमा को सपना साकार गर्ने धोकोले अमेरिका आको आज जिन्दगी लाई तराजु को तौलो मा तोल्दै छु । अब उु सँग को भेटको , कथा त , पहिले नै लेखी सकेको छु । त्यो अन्तिम दिन लाई डेढ बर्ष अघी लग्यौ भने आज को दिन आउछ , तर हाम्रो यो नयाँ यात्रा १ बर्ष अघी सुरु भएको हो, त्यही सुरु गरु होला ...............


हाम्रो त्यो दिन को बिछोड पछी एक अर्का सँग कुरा सधैं जसो हुने गर्थ्यो , उु मलाई मन पराउथी र म उसलाई त्यो कुरा मा दुई मत हुन सक्दैन । हामी बिच केवल भौगोलिक दुरी थियो र त्यसै दुरी लाई मेटाउन हामी कोशीश गरी रहेका थियौ । उु न्यू योर्क मा थियो भने म अहिले काम को शिल्शिला मा डेन्भर सर्नु परेको थियो । मलाई न्यू योर्क को चहल पहल मन नपर्ने भएको कारण ले उस्लाई डेन्भर मै सर्ने कर गर्को थिए , तर उु मनेकी थिएन ।


सधैं झै काम पछी उसलाई फोन लगाए, म सधैं काम सकिने बित्तिकै उस्लाई फोन गर्थे , आफ्नो ६ बज्दा उसको ८ बज्थ्यो धन्न एउटै सेल फोन कम्पनी भएर आफु लाई ओवरेज नपर्ने 



फोन को अर्को तिर उसको सुमधुर आवाज ले मेरो सब थकान मेटिदियो । दिन भरी काम का कुरा हरु उसले नि बताए र मैले पनि । दिन भरी को रिपोर्ट पछी उही अब के गर्छौ , आज के खान्छौ आदी इत्यादि .....


उु - " अनी अब को कोमिङ वीक्न्ड त लोङ वीकेन्ड छ , तिमी मिल्छ भने बिहीवार नै निस्क त्यहाँ बाट , मैले शुक्रबार बिदा लिएको छु , हामी यो पाली Maine घुम्न जाउ । आईतवार फर्कौला अनी सोमबार त बिदा नै हो तिमी सोमबार बेलुका फर्क , हुन्छ  ?"


म प्राय लामो बिदा हुँदा न्यू योर्क जान्थे उस्लाई भेट्न तर अहिले सम्म उु भने यहाँ नआएकोले मैले उस्लाई यहाँ बोलाउने बिचार  गरे -


म - " सधैं म नै आएको छु , यो पाली तिमी आउन बरु यहाँ "


उु - " तिमी लाई थाहा छ त मलाई  इष्ट कोस्ट छाड्नु मन छैन , किन तिमी फेरी मलाई त्यहाँ सार्ने निउ खोज्छौ "


म - " ल यसो गरौ न , पहिला ठाउँ हेर अनी चित्त बुझेन भने बरु मै न्यू योर्क सरुला "


मैले नि जोखिम लिएर भनी दिए । यो बाजी हात पर्छ भनेर होला उसले पनि हुन्छ भनिदियो । 


अब मलाई र डेन्भर लाई केवल उस्को प्रतिक्षा थियो ।


 
The postings in this thread span 5 pages, go to PAGE 1.

This page is only showing last 30 replies
Posted on 01-21-10 4:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

kina kina aaja pahilo patak, baire tthik ra riya galat bhayeko bhaan bhairaachha. Baire, you got my full support today!!!!!



 
Posted on 01-21-10 5:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

baire ko lekhai ko prasangsa ta ma jahile nai gardai chu. katha ma naya mood aayeko cha.  riya suru ma tyastari baire ko pachi lageko manchele ekkai tyasto uttar ta dinu naparne ho. tara huna pani ho ghar pariwar bhaneko thulo huncha.

aniway baira jee arko bhag chadai padna paaus. within a week bhayo bhane best huncha :)

 
Posted on 01-25-10 11:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

***** घर बाट हुन्न भन्नु भयो भने तिमी सँग विबाह गर्न सक्दिन, घर सँग सम्बन्ध तोडेर तिमी सँग सम्बन्ध गास्न सक्दिन "******


 


- " Well त्यस भए Save your Relationship with your home, म सँग सम्बन्ध तोड "


 


यो भाग पढिसके पछि रियाको मनमा परिवारको माया बडी रहेछ भन्ने छर्लङ हुन्छ। तर अब आफ्नो जात भन्दा अन्य जात सँगको कुरा पाचाउन नसक्ने परिवारले अझ सङै बसेको कुरा कसरी पाचाउन सक्लान त? यो पनि त फ्युचर को लागि problem गराउने दिगो प्रूफ होइन र?


 


कालेदाइ


 
Posted on 01-25-10 2:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

notavailable
<<कथा एकदम रोचक अवस्थामा <as usual > आएको छ /
बैरेको <presentation > राम्रो लाग्छ, कथा रेगुलर्ली  पढ्ने गरेपनी एकाध पटक बाहेक कमेन्ट गर्न पएको थियिन, आज नगरि बस्नै सकिन /
थाहा छैन आज कथा तपाईंको जीवन भन्दा कती अगाडि छ, वा तपाईंको जीवन्मा आजको प्रस्तुती कती अगाडि घतेको थियो, तैपनी मेरो शुभकामना तपाईंलाई  तपाईंको जीवन फलोस फुलोस/


अनी कथालाई अली चाडओ चाडओ पढ्न मन लाग्छ, कल्लाई भन्ने होला ? >>


प्रभो कथा पढिदिनु भयो , त्यस माथि नी मन पराइदिनु भयो , म त गद गद भए । कथा चाडो बढाउन त मलाई नै भन्नु पर्ने हो तर काम कुरा मिलाउदै भन्या जस्तो फुर्सद नभाको ले अली चाडो भनेको समय मा टास्न नपाको मा क्षमा पाम ।


ramronepal
<<खै के भनौ ...... रिया नानी त्येस्ति रहिछिन है ...... पहिले नै थाहा पाएको भये भाग बैरे भाग भन्नु हुन्थ्यो ........ हैन घर त्येस्तो छ भन्ने थाहा पायि पायी, घर मा नभनी कन, एसरी बैरे सँग बस्ने, तर पछी घरको लागि तिमी लाई छोडिदिन्छु भन्दा त मैले त रिया कै कम्जोरी देखे है साथी हरु ........ कमजोरी हो कि उमेर भएको बेलाको बठ्यायी हो अली बुझ्न गाह्रो भयो ...... >>


प्रभु त्यो जिन्दगी मा रिस्क भन्छन् नी त्यहि होला भन्ने मान्छु के म , अब अम्रिका आएर छोरो पढेर डाक्तर, ईन्जिनियर हुन्छ भन्ने आशा राख्ने बाबु आमा ले नी रिस्क त लिया हो नी !! आफुले नी खैरिनी पट्टाउछु भनेर ट्राइ हान्या नी रिस्क त हो नी , होईन र ?


अब रह्यो घर को लागी मलाई छोड्ने कुरा , त्यो कुरा ले त आफै रिङ्गी रहा छु ke भनु ?


Cowboys
<<कथा चाँही साह्रै राम्रो लेक्छ बैरे ले तर कुरौदा कुरौदा हैरान नै पार्छ। लौ अब छिटो छिटो अर्को भाग लेखनु पर्‍यो। >>


प्रभु यहाँ तरुनी ले छोड्ला भन्ने भन्दा ठुलो बियोग , ठिता हरु अस्तो हारेर भयो , मन नै चुसुक्क भयो


Santosh1984
<<Kina kina aaja pahilo patak, baire tthik ra riya galat bhayeko bhaan bhairaachha. Baire, you got my full support today!!!!!>>


कुकुर को नी दिन आउछ भन्थे यही रहेछ , सबले गाली गर्या बैरेलाई सबको सप्पोर्ट मिल्न थाल्यो ।


quicksiler
<<Baire ko lekhai ko prasangsa ta ma jahile nai gardai chu. katha ma naya mood aayeko cha.  riya suru ma tyastari baire ko pachi lageko manchele ekkai tyasto uttar ta dinu naparne ho. tara huna pani ho ghar pariwar bhaneko thulo huncha.


aniway baira jee arko bhag chadai padna paaus. within a week bhayo bhane best huncha :)>>


खै के भन्नु प्रभु , कतै पुरानो कुरा को बदला त लिया होईन ? के गर्नु पापी मन संका अनेक । हुन त संका ले लंका जलाउछ भन्थे , त्यहि पनि कसरी सम्झाउने यो मन लाई ?


kAledai
<<***** घर बाट हुन्न भन्नु भयो भने तिमी सँग विबाह गर्न सक्दिन, घर सँग सम्बन्ध तोडेर तिमी सँग सम्बन्ध गास्न सक्दिन "******


- " Well त्यस भए Save your Relationship with your home, म सँग सम्बन्ध तोड "


यो भाग पढिसके पछि रियाको मनमा परिवारको माया बडी रहेछ भन्ने छर्लङ हुन्छ। तर अब आफ्नो जात भन्दा अन्य जात सँगको कुरा पाचाउन नसक्ने परिवारले अझ सङै बसेको कुरा कसरी पाचाउन सक्लान त? यो पनि त फ्युचर को लागि problem गराउने दिगो प्रूफ होइन र? >>


खै कालेदाइ के भन्नु , फ्युचरमा फेरी बियोग लेख्या छ की क्या हो ? जिन्दगी हर धोका नै धोका पाइया छ , अब बिधी को बिडम्बना लाई रोक्ने म को नै हो र , जसरी धुन बज्छ त्यसरी नै बज्नु पर्ला भन्छु कसो ?



 


 
Posted on 01-27-10 10:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

म मुर्मुरिदै कोठा बाट निस्के । Living Room मा दशैं को टिकाको पूजा थाली लाई हेरे , मन बद्लिन खोज्दै थियो फेरी उस्को "Blood is thicker than Water" भन्ने attitude सम्झे , निस्के घर बाट बाहिर


Empty mind is Devil's playground भन्थे आफ्नो मन मा नी कुरा हरु धेरै खेल्न थाले , कतै मैले पहीले गर्या व्यबहार को बदला त होईन ? फेरी आफै सोचे त्यस्तो त हुन सक्दैन , फेरी बुढा पाको ले भन्या तरुनी हरु आफ्नो मत्लब जसरी नी निकाल्छन भन्या कुरा याद आयो । खै के साचो के झुठो म केही पत्तो नै लगाउन सकी रहेको थीइन ।


एस्तो बेला त साहेता केवल मार्ल्बोरो ले गर्थ्यो सल्काए एउटा - एक सरको लगाए दिमाग अली ठन्डा भए झै लाग्यो । आज दशैं को दिन जे भए नी आफु रिसाउनु नहुने जस्तो लाग्यो । एक जना आगो भए अर्को पानी हुनु पर्ने थियो जस्तो लाग्यो । तर मन को कुनामा भने निकै अफ्टेरो भई राखेको थियो । जे भए नी उसले मलाई त्यस्तो पराय नपार्नु पर्ने जस्तो मलाई लाग्या थियो ।


(फोन को घण्टी बज्यो  )


रिया कै फोन जस्तो लाग्यो , तर नम्बर नै थिएन 


"हेल्लो " आमा को स्वोर थियो ।


अरु कुरा हरु त खासै केही भएन चाहिने कुरा चाँही यस्तो भएको थियो


आमा - " तलाई एउटा कुरा सोध्नु थियो "


कुरा के हो त्यो मलाई थाहा थियो त्यहि पनि "सोध्नु " भने


आमा - " त त्यहाँ कुनै केटी सँग बस्या छस रे ? के यो कुरा साचो हो ? "


- "हो "


आमा - " तैले के गर्दै छस तलाई थाहा छ ?"


- " शायद "


आमा - " शायद, के हो त्यो शायद भनेको ? तलाई घर परिवार को केही मत्लब छ ? जात भात नमिल्ने घरमा कसरी कुरा चलाउने ? के भन्छन हामी लाई बेरादरी हरु का ले ?"


उसले हान्या झटारो , फेरी घर बाट मलाई हानियो ।  एक छिन सोचे , के यो कुरा मैले रिया लाई भनी भने मलाई जस्तो लाग्या छ उसलाई नी त्यस्तै लाग्न सक्छ । एक मन ले उसको परिक्षा लिन मन लाग्यो । मलाई हेर्नु थियो के उ सँग मेरो जीवन बित्न मुम्किन थियो भनेर ?


मैले घर मा फैलिन आटेको बेग लाई तुफान मा बद्लिन दिनु अघि नै रोक्नु पर्ने नी थियो त्यसैले


- " किन सोच्नु पर्‍यो हजुर हरु लाई बेरादरी को बारे मा ? खैरेनी लिएर त बस्या छैन नी ? कुरा लाई त्यतिकै नबढाउनु केटा र केटी संगै बस्दै मा प्रलय त आउदैन नी ? "


आमा - " लौ यही कुरा तेरो बाउँ लाई भन "


- " आमा , म बुवा सँग यस्तो कुरा गर्न सक्दिन , हजुर ले सम्झाउनु । यहाँ जस्तो चली रहा छ सब ठीक छ "


आमा - " तलाई फरक नपरे नी , हामी लाई फरक पर्छ , खै उसको अत्तो पत्तो दे , हामी यहाँ बुझ्छौ "


कुरा हरु यति गम्भिर थिए की म आफुलाई नै थाहा थिएन की यदि उ मेरी अर्धाङ्गनी हुन सक्छे की सक्दैन भनेर , कसरी घर मा भन्ने ?


- " अहीले कुरा लाई अगाडी बढाउनु पर्दैन , जब ठीक समय आउछ , मै भनुला "


यति कुरा हरु भए सी फोन राखियो ।


म मन मनै कुरा हरु केलाउदै थिए , कसरी उसलाई भन्ने होला भनेर , मैले कसरी कुरा उसको अगाडि राखु, की मेरो लागि आफ्नो जात उसको भन्दा ठुलो छ भनेर ? मलाई उसको प्रतिक्रिया हेर्न मन थियो ।


उसले मलाई लगायत मेरो वास्तब्किता लाई आफ्नो बनाउन सक्छे भन्ने विश्वाश नदिए सम्म म सुख सँग बस्न नसक्ने भएको थिए ।


त्यतिकैमा सेल फोन मधुरो आवाज ले बज्यो , यो त पक्कै कल होइन भन्दै सेल फोन हेरे , मेसेज आको रहेछ , इन्बोक्स मा जादा मेसेज देखे " Lets work things out ...."
 
अब मेरो लागि "Thing work out" भन्दा पनि "Will things work for me?" जान्न जरुरी थियो । म घर तिर लागे


म आको देखेर उसले मलाई अकंमाल गरेर " I am Sorry " भनि


अहीले नै कुरा भन्दा त जोरी खोज्या झै हुन्छ जस्तो लागेर मैले नी - "Its OK " भने


उ - "टिका लाउने होईन ?"


म - " लाउनु पर्छ र ?" (मैले त मन को कुरा बोल्या थिए उसलाई के थाहा ?)


उ - " ल भयो अब धेरै नाटक नगर , थपक्क टिका लगाइ देउ "


यो पहिलो दशैं थियो मैले उसलाई टिका लगाइ दिएको तर यो पहिलो सम्बन्ध थियो जो मन मा संका छदा छ्दै नी मैले गासेको


दिन हरु बित्दै गए, मैले आफ्नो मन मा लाग्या कुरा हरु बिर्स्या थिन तर पनि समय को चपेड मा पर्दा, अङ्रजी मा भन्नु भने " Life was back to Normal Flow ", तिहार पनि आउन लाग्यो लक्ष्मी पूजा को लागि काम बाट छुट्टी मिलाउन खोज्दा नी छुट्टी मिलेन । रिया लाई नी यो कुरा भने उसले पनि ठिकै छ नी , म गर्नु पर्ने कुरा हरु सब मीलाई हाल्छु नी , बरु मिल्छ भने चाडो घर आउ भनि ।


लक्ष्मी पूजा को दिन घर आउँदा घर झिलिमिली सजिएको थियो । त्यो ब्लक को सब से सुन्दर घर नै आफ्नो भएको थियो । बिचरो खैरे हरु लाई के थाहा के लक्ष्मी पूजा के तिहार भनेर । मुल ढोका छिर्ने ठाउँमा रङ्ग हरु ले रङ्गोली बनाइएको थियो । रङ्गोली बाट भित्र सम्म रातो माटो ले झै अबिर र केसरी ले लेपेको थियो , त्यो लेपेको माझ मा हात ले खुट्टा को पद हरु बनाइएको थियो । रङ्गोलीको बिच मा बत्ती बालेको थियो भने ढोका को दुई कुना मा कलश हरु सजाएर राखिएको थियो । जुत्ता फुकालेर छेउ मा राकेर रङ्गोली बिग्रेला भनेर हुनै हुना भित्र छिरे ।


मेरो आँखा सामु रिया उभिएको थी । उनी रातो सारी मा सजिएकी थी, हात मा ढल्किएका चुराहरु र पाऊँ मा लगाएका पाउजुहरु ले उसको हरेक चाल मा उसको उपस्थिती को ज्ञात गराइ रहेको थियो । कान का मुन्द्री र निधार को टिकाले उनी झनै राम्री वा चन्द्रमा मा झै उसको मुख मा पनि एउटा दाग लगाइ दिएको थाहा नै भएन । सुर्यको प्रतिबिम्बमा  तारा हरु चम्के झै उसको सौन्दर्यताको प्रतिबिम्बमा गला मा पहिनेको सुनको हार चम्की रहेको  थियो । आफ्नो घर बत्ती ले धेरै सजिएको वा उसको सुन्दर्ता ले त्यो पत्तो नै लाउन सकिन , साक्षात गृह लक्ष्मी स्वर्ग बाट मेरो घर मा आएको झै लाग्यो । त्यो अबिर र केसरी को बीच मा हात ले होईन उस्कै पाऊँ को निसान हो झै लाग्यो ।


उ -" के भयो किन वाल्ला पारी रहेको ? राम्रो केटी देख्या छैनौ ? "
 
साच्चै हो , उ जस्ती राम्री केटी त मैले कहीले नी देख्या थीइन , उसको सुन्दर्ता को बर्णन गर्न सृष्टी कर्ता ले रचेका ब्रम्हाण्ड नै तुच्छ हुने छ । महा सागर मा त्यती पानी छैन होला हिमाल मा त्यती हिउँ छैन होला इन्द्रेणीमा त्यती रङ्ग हरु छैन होला जसले मेरो रिया को बर्णन गर्न सकोस । जसरी कृष्ण को बिश्वो रूप देखेर संजय चूप लाग्या थियो म केवल त्यहि गर्न सक्थे ।


उ - " ल जाउ , फ्रेश भएर आउ , पूजा गर्नु पर्छ , म तिमी लाई नै कुह्री रहेको थिए । "
 
उ मेरो अगाडि जादै थी , उसको त्यो हात का चुरा र पाउजु को छन छन ले मेरो ध्यान उ तर्फ लादै थियो । चुरा र पाउजु हेर्दा हात र पाऊँ दुबै मेहेदी ले रङ्गाएको रहेछ । म केही नबोली उसको पछि पछि लागे ।


नुहाइ धुवाइ , बाहिर निस्किदा उ कुह्री रहेको थीई ।
 
- " आज त घाम पश्चिम बाट कसरी उदायो ?"
 
उ - " आफ्नो घर पूजा को लागि तयार पार्न नी किन पश्चिम बाट घाम उदाउनु पर्‍यो ? "


उस्ले आफ्नो घर भन्दा मनै पग्लिन गयो !!! मन मनै कतै मैले गलत त सोचिन झै लाग्यो ?


उ - " ल ल , जाम पूजा गर्न "


लक्ष्मी को तस्वीर को वरी परी बत्ती बालेको थियो । पूजा को थाली मा चन्दन , अक्षेता , अबिर, केसरी, फुल हरु राखेको थियो भने अर्को भाडा मा चढाउन को लागि प्रसाद को लागि फल हरु , मिठाइ , सेल राखिएको थियो ।


मन मनै कहीले यत्रो समान हरु तयार पार्न भ्याको ? पकाइ देखि किनाइ अनी सजाइ सम्म सब गर्न भ्याएछ , पहीले म बिना केही गर्न नसक्ने मान्छे भनेर सोच्दै थिए -----


उ - " ल पहिला तिमीले पूजा गर "
 
- " किन तिमीले गरे हुन्न र ?"


उ - " त्यस्तो होईन, एउटा लक्ष्मी ले अर्को लक्ष्मी लाई त्यतिकै भेट्नु हुन्न भन्छन् क्या " म तिर हेरेर आँखा झिम्काइ


उसको बोली मा घमन्डता को एक थोपो पनि देखिएको थिएन , तर उसले भने को कुरा साचो थियो .......


म कुन लक्ष्मी को पहिलो पूजा गरु भन्ने दुभिदा मा परेको थिए ।
 
क्रमश :


 


 
Posted on 01-27-10 11:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Dami cha Baire
PS lol

 
Posted on 01-27-10 11:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

<<<म कुन लक्ष्मी को पहिलो पूजा गरु भन्ने दुभिदा मा परेको थिए ।>>>

बज्ये कुन नि, त्यो रातो सारी अनी हात भरी चुरा अनी पाउजु लाको लक्ष्मीको पैले पुजा गर्नु पैले, अनी मात्र पोस्टर पुजा गर्नु, खै कुरो बुझ्या

घराँ त्यो दिनको फोटो पठाउन पर्नी, म त्याँ भा भे भिड्वो खिच्दिन्थें, घर पठाउन हुन्थ्यो क्यारे

लु भन्न त नपर्नी, तै पनि भन्दिन्छु, रियाको बर्णन गर्या चाँही बबाल लाग्यो ल। लेख्न चाइँ जान्या हो बैरेले, त्यो अङ्रेजीमा भन्छन नि, mind blowing छ ल, लेखाइ भन्या नि, भाउजुलाई हामी त्यस्तो भन्दैनम

 
Posted on 01-27-10 11:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

प्रभुलाई नसकिने भइयो। प्रभुको लेखाइको महात्म्य हजार जिब्रा भयको शेश्नागले त भन्न सक्दैनन , म जाबो तुछ्य मानुसले कसरी सकु । पेलम पेलम अझै पेलम प्रभु ।

 
Posted on 01-27-10 12:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Great read Baire! last ma riya ta keti ko satta samalingi pari ra rey...twisted twist!
 
Posted on 01-27-10 3:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Daami raicha.

cyberlegend keti ko satta samalingi rey? keti pani samalingi huna sakcha. Mitho katha lai nabigaraum.

 
Posted on 01-27-10 5:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

बैरे अति नै मजा आयो कथा पदंन! खाई बैरे क भानुम...ठूलो लेखक भयेस. अति रामैलो भयो कथा पडेर. अबा अर्को भाग पानी चढाई पदन पावस/

 
Posted on 01-28-10 12:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Moro bajya baire le feri chaal chalyo. Khai kahan kahan bata Riya ko baarema nakaratmak dristikon paida garayo aghillo bhaagmaa, ahile aayera feri maile kina testo soche yesti Riya ko baarema bhanera aatmaglani bhairaachaa!!! La baire aba jati chaal chale ni Riya lai chahin nachhoda hai!!!!
 
Posted on 02-03-10 5:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

म कुन लक्ष्मी को पहिलो पूजा गरु भन्ने दुभिदा मा परेको थिए ।


पूजा गर्दा पनि आफुले उसको बारे मा पहीले कस्तो चाहिने नचाहिने कुरा सोचे भन्दै पछुतो गर्दै थिए । आखिर उसले मलाई अप्नाएको थियो , मैले कसरी उ माथि संका गरे । आफ्नो माया आफै लाई बोझ कसरी हुन पुग्यो त्यो थाहा नै पाईन । आफु ले आफु लाई कोश्दै थिए ।


पूजा सकेर हामी खाना खान लाग्यौ । किन हो कुनी आज कुरा को श्री गणेश गर्न ठीक हुन्छ लागेर होला


- " आज त अच्चम्म भयो नी , कहीले यस्तो तयारी गर्न भ्याको ? अरु बेला त म बिना डेक कुरा चल्न गाह्रो हुन्थ्यो ?"


उ - "तिमीलाई मेरो बारे धेरै कुरा थाहा छैन " फेरी आँखा झिम्काइ


- " तिमी सँग एउटा कुरा गर्नु थियो "


उ - "के कुरा ?"


- " I think its time we take things to the next level , घरमा कुरा गर्नु पर्ला , what do you say ?"


उ - "घरमा त सब थाहा भई सक्यो , अब के inform गर्ने "


- " होईन अब एउटा परिवार लाई अर्को परिवार सँग भेट घाट गराउनु पर्ला जस्तो छ , के भन्छौ ?"


उ - " तिमी लाई थाहा हुँदा हुँदै पनि , दुबै परिवार को सोचाइ पुरानो छ ......  खै झन कुरा बिग्रेला भन्ने डर लाग्छ "


- " तर जिन्दगी यसरी त बिताउन भएन नी , की त्यहि बिचार छ ?"


उ - "त्यस्तो होईन , I think we should let things cool down a bit , what do you say ?"


- "ठिकै छ , तर कुरेर कुरा झन बिग्रिन्छ की भन्ने डर मात्रै हो "


उ - " होईन , Let's wait few more months "


- "As you say, It was worth a try "


उ केही बोलिन, खाना तिर नै ध्यान थियो उसको ।
.............


केटी हरु को मन बुझ्न सक्न त दैबिय शक्ति नै चाहिन्छ जस्तो छ । हामी मेरो साथी को घरमा Thanks Giving को Dinner को लागि गएका थियौ । त्यहाँ साथी का परिवार हरु थिए , बच्चा देखि बुढा हरु सब खुशी का साथ रमाउदै थिए,  हाम्रो दशैं तिहार मा परिवार भेला भए झै ।


(घर फर्किदा  गाडीमा , )


उ - "आज कस्तो घर को याद आयो "


- " किन नी ?"


उ - "त्यहाँ सब जना कस्तो रमाइलो गरेर बसेका , नेपाल मा नी त्यस्तै रमाइलो हुन्थ्यो परिवार संगै हुँदा "


- "त्यो त हो , नेपाल घुम्न गए भई, हाल्यो नी "


उ - "होइन परिवार लाई नै यही बोलाउनु पर्ला जस्तो छ "


- " अनी कहाँ राख्ने बिचार छ ? उसै त संगै बस्या छ भन्दै मा बी पी high भाछ , झन ज्वाँई कै घर मा बसे त ........"
 
उ - " छ्छयाssssss कस्तो बोल्छ भने , बरु यही झ्याइ कुटी गर्न को लागि बोलाउने की "


गाडी को ह्यान्डल बेसरी समाते (हिउँमा गाडी अन्तै जाला भन्ने डर ले ) , उ तर्फ हेरे , उ मलाई हेर्दै मुस्कुराई अनी फेरी आँखा झिम्काइ ,


- "Are you Serious? "


उ - "Yes why not !!"


- " अनी भन्न कुरा चाँही कता बाट सुरु गर्ने ? यता की उता ?"


उ - " छोरा दिने भए यता बाट , छोरी लिन मन छ भने उता बाट "


सिधै कुरा गर्या भए हुन्थ्यो , किन तिर हान्नु पर्ने होला , मन मनै सोचे ।


घर पुगेर , नेपाल फोन गरे , आमा सँग सब कुरा भयो , उसले पनि आफ्नो घर मा कुरा गरि । छोरा छोरी को खुशी को अगाडि कसको के लाग्छ , दुई परिवार को भेट हुने निर्णय भयो ।


शायद , its a man thing भन्या झै होला , आफु लाई त्यो कुरा ले पिरलेको थिएन , तर मैले याद गरेको थिए उसलाई त्यो कुरा ले निकै पिरोल्दै थियो । पहीले त मैले ठीक भई हाल्छे नी भनेर वास्ता गरिन तर २-३ सम्म उसको हालत देखेर ..


- "Are you Ok , anything bothering you ?"


उ - " हेरन घर बाट केही खबर आको छैन , के कुरा भयो केही थाहा छैन "


- " कुरा गर्छु, भन्दै मा अरु काम छोडेर सिधै कुरा गर्न जानु हुन्छ त ? "


उ - " के गर्ने कस्तो डर लागि रहा छ "


- "डराउनु पर्ने केही कुरा छैन , Take it easy "


केही दिन बित्दै गए .......


शनिबार को दिन अली ढिला सम्म सुतु भन्या एका बिहानै फोन बज्यो । आफ्नो फोन हो की भनेर उथ्दा उसको रहेछ घच घचाएर उथाए । उसले फोन उथाउने बित्तिकै मलाई चुप हुने ईशारा गर्‍यो । नेपाल बाट रहेछ , उ कोठा बाट बाहिर गई । आफु लाई सुत्न सँग मत्लब थियो सुते ।


एकै छिन पछि उ भित्र आइ । उ निराश देखिन्थी , कुरा के भयो , त्यो थाहा नभए पनि त्यसले के रूप लियो त्यो थाहा भयो ।


सोध्नु त पर्‍यो - "के भयो "


उ - "कुरा सब , बिग्र्यो "


- " किन के भन्नु भयो "


उ - " तिमी पहिला फ्रेश भएर आउ , म नी यो बिषय लाई सोच्छु "


म उठेर बाहिर निस्के , के गर्नु बच्चै देखि लागेको बानी , उठ्ने बित्तिकै एक सर्को लगाउनु नै पर्ने थियो ।


December महिना ले डेन्वर लाई सेताएको थियो । जता ततै हिउँ को थुप्रो थुप्रेको थियो , उराठ लाग्दो त्यो ठाउँमा रोपे को हाम्रो माया को बिझ पलाउनु अगाडी नै फक्रिने भयो की भन्ने डर ले मन आत्तिन थाल्यो । मनमा कुरा हरु अनेक खेल्न थाले , हात मुख धुदा नी के भयो के गर्ने भदै सोच्दै बाहिर निस्के । कुरा पूरा नबुझी त्यसको निस्कर्श निकाल्न नी भएन त्यसै ले रिया सँग कुरा बुझ्न पर्‍यो भनि चिया पान नै नगरी उ भए ठाउँ मा पुगे ।


- " ल भन के भयो ?"
 
उ - "के हुनु नी , हुनु नहुनु भयो !! तिम्रो घर बाट मेरो घर मा कुरा गर्न जानु भाको रे , झन कुरा सप्रिन्छ भनेको त झनै बिग्र्यो "


- "किन के भयो ? " (कुरा भन्या त खुलस्त गर्नु नी - मन मनै सोचे )


उ - " खै तिम्रो घर बाट के भन्नु भयो त्यो चाँही थाहा भएन तर बुवा एक दम रिस्सौनु भयो रे , "हाम्रो छोरी कसरी अर्का को छोरी हुन सक्छ " भन्नु भयो रे आमा लाई "


कुरा त बुझिन , एक तर्फी कुरा कसरी बुझ्ने, त्यहि पनि सोधे - " अनी के भन्नु भयो ?"


उ - " त्यस्तो घरमा त कसरी नाता जोड्न सक्छस , तैले आज मलाई मरेको तुल्य बनाइस भन्नु भयो । ल छोरी को माया को लागि भनेर हामी ले जात भात को कुरै नहेरी नाता गास्न खोज्यौ तर भन्न पाए जे पनि भन्न पाहिन्छ ? त अब पनि त्यो केटा सँग बसिस भने हामी सँग नाता तोडे हुन्छ भन्नु भयो "


जात भात को कुरा निस्केर फेरी दिमाग तात्यो , तर उसको आँखा मा आँशु नदेखेको ले म झस्केको थिए । उसले मलाई पहिला उसको घर को कुरा सुनाउदा हाम्रो बिछोड हुन्छ भनेर रोएकी थीइ , तर अहीले म सँग नबस भन्दा पनि नरुनु  को कारण के हो त ? के उसले पनि अब छुटिनै लेख्या छ भनेर अडान राकेकी थीई त ?


के भन्या हो , कसरी मेरा परिवार ले  उसको परिवार को बेज्जत गर्‍यो त्यो त पत्तो नै लगाउनु पर्‍यो । यदि गल्ती मेरो घर बाट भएको भए त्यसो हुन त दिनु भएन , त्यसैले उ सँग झगडा गर्नु भन्दा श्रोत बाटै थाहा पाउनु उचित हुन्छ भनेर घर मा फोन घुमाए


घर मा केही कुरा सोध्नु अघि नै मल्टबारा पड्क्या झै पड्के , " घर मा बोलाएर बेज्जत गर्ने ? हामी ले त छोरो को मन राख्न जातै नमिल्ने घरमा गएर नाता लाउन खोज्यौ , आफ्नै बिरादरी ले के भन्ला भनेर केही सोचेनौ , तर यसरी अरुले सुन्दा नी लाजै पचाएर त बस्न सक्दैनम "


अब परियो धर्म संकटमा.... उसलाई उसको घर ठुलो मलाई आफ्नो । अब यो तनाब मा बलिदान भने हाम्रो माया को हुने देखे मैले ।


उ - " के कुरा भयो ?"
 
- "तिम्रो घर मा जे कुरा भयो त्यहि भयो "


उ मौन थियो


- "अब के त ? "


उ - "खै !"


- " Does this mean its the end of our relationship "


उ - "किन तिमीलाई त्यस्तो होस् लाग्छ ?"


- "होइन, तर तिमीले घर बाट हुन्न भन्यो भन्ने हुन्न भन्या थियौ नी पहीले "


उ - " हो , भनेको त हो , तर I am not willing to let you go "


- " तिम्रो घर ले त म सँग बसिस भने नाता तोड भन्या छ नी त फेरी ?"


उ - " म त्यहि कुरा सोच्दै छु । म जिन्दगी को तराजु मा एक तर्फ तिमी लाई अर्को तर्फ मेरो परिवार लाई जोख्न सक्दिन , बैरे "
 
- " तिमी के भन्न खोजी रहा छौ , खुलस्त सित भन , म सँग please कुरा नघुमाइ भन "


उ - " घर मा कुरा नमीले सम्म , म तिमी सँग बस्न सक्दिन "


उसको यो शब्द मेरो कान मा चट्याङ्ग परे झै पर्‍यो , उसले आफ्नो निर्ण्य गरि सक्या भए मैले आफ्नो कम्जोरी देखाउनु पर्ने जरुरी मलाई लागेन ।


- "ठिक छ त्यसो भए , Let me know, what I need to do "


उ - " तिमीले कुरा सजिलो पार्या छैनौ , Please don't act like its the end of our relationship. I just don't want to lose my parents, thats it "


- " मैले के नै भने र , मैले के गर्नु पर्छ भनेर पो सोधे को हुँ "


उ - " बैरे , तिमी मेरो ठाउँ मा भाको भए के गर्थ्यौ ? तिमी लाई पाउने आशा ले म मेरो परिवार छोड्न सक्दिन । बलिदान मैले नै गर्नु पर्छ भन्ने छैन , तिमीले बलिदान गर्न सक्दैनौ भने please साथ मात्रै देउ , That's all I am asking for "


- " तिम्रो घर बाट पछि पनि हुन्न भन्नु भयो भने नी ?"


उ - "You know what, I am sick and tired of you !!! Yes I am sick and tired of you and your future plans. पछि जे हुन्छ त्यती बेला नै tackle गरुला ,Lets think about the present , that is all I can control now "


म केही बोलिन । त्यो दिन पछि न त हामीले भविश्यमा के हुन्छ के हुदैन कुरा गरेनौ ! हप्ता दिन पछि उसले मलाई एउटा अपार्टमेन्ट  रेन्ट गरेको जानकारी गराइ ।


उ आफ्नो समान हरु बाध्न थाली , शनिबार को दिन पारेर समान हरु उसको अपार्टमेन्टमा सारियो । त्यो दिन उस्कै अपार्टमेन्टमा बसे । बिहान निस्कनु अगाडी उसले मलाई आफ्नो अंगालोमा बाधी


उ - "बैरे, यो दुरी ले हाम्रो जीवन मा फेरी दुरी नलेर आवोश "


- "आउदैन "


त्यती भनि म , त्यहाँ बाट निस्के , डेन्भर को त्यो उराठ लाग्दो जाडो मा म फेरी एक्लो भएको थिए ।


बसन्तले खुसियाली संगै मेरो रिया लाई कहीले लिएर आउछ भन्ने आश मा पर्खि रहेको थिए ..............


समाप्त



 


 
Posted on 02-03-10 5:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

जय होस प्रभु | दाम्मी छ |

 
Posted on 02-03-10 5:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Hope she comes wit u soon .
 
Posted on 02-03-10 5:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

बैरे "क्रमश" को सट्टा "समाप्त" भएछ typo त होईन  ??  'सफल जिन्दगी' पनि बियोगान्तक छोड्न पाईन्छ त ?? मनै खल्लो लाग्यो यस्तो अन्त्य ले  :( 
 
Posted on 02-03-10 7:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

....................................................................................................................................

कनेक्ट ड डट्स। कथा सकिएको छैन, म मान्दिन!!! चित्त बुझेन, यत्ति भन्न आ म त।

 
Posted on 02-03-10 8:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

मलाई चाही चित्त बुझ्यो | यो कथामा दुई जाना संगै हुने कुनै संभावना नभएको ले आश मा सकाएको जस्तो लाग्यो मलाई|

 
Posted on 02-04-10 12:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

baire sachikai samapta hoo???? naramailo lagyo ending.. tara katha ramro cha...sacho life ma chahi k bhayo tyo thaha pauna paye hunthyo..

 
Posted on 02-04-10 2:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

lau jaa ta - yesto bhaisakyaa raiha

borai bho ta

baire la kuraa milaaunu payo -

 
Posted on 02-04-10 3:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

लौ समाप्त ???? कथाकरको कुरै बुज्न गाह्रो। अझै बाँकी छ हैन र ?? अब देखी बैरे लाई छिटो कथा हाल छिटो कथा हाल भनेर प्रेसर नगरने र जती टाईम लाग्छ लगाएर भये पनि भाग ३ पनि लेख है। कथा चै दामी छ। सकियो भनेर नरमैलो लाग्यो।  
 
Posted on 02-05-10 7:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

बैरे ज्यु,


सफल जिन्दगी पार्ट -२ अन्त्य भई सकेको रहेछ। लास्ट सेकेन्ड पार्ट पढिसके पछि कथाले पोजिटिभ मोड लिएको थियो। अनि  कमेण्ट लेखेको थिए तर पोस्टिङ् error आएको कारण पोस्ट हुन सकेन।

कथा एकदम राम्रो छ। तर बियोगन्त रुपमा अन्त्य भएकोले मनमा नरमाइलो लाग्यो। कथाको पात्राहरु म र उ भएको कारण लेखकको आफ्नै रियल कथा झै लाग्यो। अनि कथाकारलाई नै यो बिछोड खेप्नु परे जस्तो लाग्यो। कथाकारको बिछोडको पिडाले मलाई समेत दु:ख लाग्यो।

आशा छ, यदी रियाले स्योर माया गरेको रहेछ भने फेरी फर्केर आउने छे। अनि फेरी बैरे जि को सफल जिन्दगी पार्ट - ३ सुरु हुनेछ।  हामी भाग -३ को प्रतिक्षामा रहने छौ।    


कालेदाइ

Last edited: 05-Feb-10 08:04 AM
Last edited: 05-Feb-10 08:09 AM

 
Posted on 02-05-10 9:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

tyahi ta baire bhag 3 chado liera au. Enjoyed every bit of your writing ch... oops baire.
 
Posted on 02-05-10 9:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

<<<ch... oops baire.>>>

त्यो ch... को कनेक्ट ड डटस नि बुझियो बै
 
Posted on 02-05-10 10:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

बैरे,
यती राम्रो कथा हामी माझ रखिदिएर हामी सबैलाई मनोरन्जन गराइदिनु भएकोमा धन्यवाद। फेरी पनि भबिस्यमा यस्ता राम्रा राम्रा आफ्नो रचनालाई साझामा पस्केर हामी माझ आउनु हुनेछ भन्ने हामीले आशा लिएका छौं ।

- भक्ते

 
Posted on 02-05-10 4:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

part III kaile suru hunchha ta baire ?


 


India gayera Ekata Kapoor sanga training leko thyo jasto chha baire le!! kati lamo lamo serial lekhna janya hola!!


 
Posted on 02-06-10 9:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

लौ यस्तो नि हुन्छ त बैरे, भएन यो त, सफल जिन्दगी रे कथा चाँही अनी कस्तोमा सकेको हो तिमीले ??? मलाई त यस्तो ending भयो भने साह्रै मन दुख्छ, खुशीको कुरा पो गर्नु त, ल कि यो समाप्त हटौ कि चाँही भाग ३ छिट्टै राख है, मलाई छिटो नै राम्रो राम्रो कुरा सुन्न मन लाग्यो, भएन यो त ....

 
Posted on 02-07-10 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

कथा समाप्त भएको सचै नै हो र? मलाई त चित्तै बुझिराछैन भ्नय!!!!! जे भय पनि कथा पढ्न सार्है नै मजा आयो। कथाको लागि धेरै धन्यवाद बैरे। भविस्यमा सफल जिन्दगी - ३ पढ्ने आशमा दिन गनी रहेको छु।
 
Posted on 02-07-10 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

कथा समाप्त भएको सचै नै हो र? मलाई त चित्तै बुझिराछैन भ्नय!!!!! जे भय पनि कथा पढ्न सार्है नै मजा आयो। कथाको लागि धेरै धन्यवाद बैरे। भविस्यमा सफल जिन्दगी - ३ पढ्ने आशमा दिन गनी रहेको छु।
 
Posted on 02-16-10 5:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

मेरा प्यारा साझा बासी हरुलाई जधौ तथा न्यानो अभिबदन । प्रीय लेखक बैरे लाई पनि नमस्कार तक्रौन चाहन्छु । बल्ल बल्ल फुर्सद मिलएर सबै भाग पढ्न सक्याये । नेपाल बाट फर्के पछी केही हप्ता को लागि साझा नै बिर्सेंको थिए तर बैरे को सफल जिन्दगी को कथा ले फेरी साझा खोल्न वाध्य तुल्यय्यो । एेक्दमै राम्रो लाग्यो बैरे तर आन्थ्य म बियोगन्त भएकोले साह्रै नै निरस तुल्यायो । आफुले पनि नेपाल म अर्कै जात कि सँग प्रेम चलएर अैयो, खोइ के गर्ने हो के अजै थाहा छैन ।
बैरे के अब रिया सँग कैले भेट हुँदैन त तपाईंको । के एही नै हो प्रेम भनेको किनभने यहाँ दिन्दिनै बैरे र रिय जस्ता धेरै जोडी हरु को बिछोड हुन्छ । के जात्भात ले गर्द प्रेम को बलिदान चाडऔनु नै सफल प्रेम को उदाहरण हो ।

 



PAGE: <<  1 2 3 4 5  


Please log in to be able to reply! If you don't have a login, please register here.

NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Quick Links

Like us in Facebook!

free counters
66.249.73.62