Posted by: बैरे January 6, 2010
सफल जिन्दगी भाग २
Login in to Rate this Post:     0       ?        

रिया - "Thank You "


त्यो साझ ख्याल ठट्टा भन्दा नी गम्भिरता मा नै सकियो !


भोली पल्ट को दिन पनि आउन साथै सकियो ।।।।।।।।।


च्याङ्ग्रा , केरेन रिया सबै को जाने समय नी आयो सबै लाई छोड्न एअरपोर्ट तिर लागियो । रिया जानु अघि केही भन्छु झै गरेकी थीइ तर आफ्नो मन को कुरा मनै मा राखेर गइ, मैले पनि उसलाई सोच्ने समय दिन्छु भनेको ले त्यो कुरा जान्ने कर गरिन ।


समय ले आफ्नो काचुली फेर्न कहाँ छोड्छ र ? दिन हरु हप्ता मा बद्ले हप्ता हरु महिना मा , धन्यवाद दिवस (Thanks Giving) मा न्यू योर्क जाउ जस्तो लाग्या थियो तर प्लान अरु नै बन्यो अब पर्खाइ Chirstmas र New Years को थियो । हामी दुई बीच कुरा त सधैं नै हुन्थ्यो , तर मैले उसलाई त्यो दिन पछि डेन्भर आउने कुरा भने गरेको थिन ।


Christmas को लागि म न्यू योर्क जाने भएको थिए , आफ्नो छुट्टी बाँकी भएको ले  नयाँ बर्ष सम्म छुट्टी थियो ।


सधैं को झै मलाई लिन आइ पुगेकी थीइ मेरी मायालु । आफ्नो थकान मारी साझ घुम्न बाहिर निस्केका थियौ ।


न्यू योर्क शहर,  सिमेन्टी को जङ्गल हिउ ले ढाकीएको थियो , हेर्दा नी हिउ को पहाड झै देखिएको थियो , बाटा को प्वाल हरु बाट बाफ आउँदै गरेका थिए , स्वोर र आवाज भने चारै तिर बाट गुन्जि रहेका थिए, जता ततै बत्ती हरु बालिएको थियो, Christmas र New Years को भीषण तयारी गर्दै थिए । जिन्दगी मा एक चोटि न्यू योर्कमा न्यू येअर्स हेर्नु पर्छ भन्थे, त्यसै होला भिड झन धेरै थियो । आफु लाई भने महादेव ले बिष नील्या झै भई रहेको थियो । एक त स-साना बाटो घाटो, जता ततै बाट घर हरु ले थिच्या झै हुने , त्यो माथि मान्छे हरु को थप भिड, सास नै फेर्न गाह्रो । भनु भने आफ्नो प्रियसी रिसाउला भन्ने डर । निल्न नी नसकिने , उकाल्न नी नसकिन ।


Christmas को लागि केही समान हरु किन मेल गरियो र दिन लाई पूर्ण बिराम लगाउन आफ्नो बास स्थान तिर लागियो ।


Christmas Eve नी आयो , बिशेष केही भएन ! आफु लाई जो सँग हुनु पर्ने, उ साथ मा थियो अरु के नै चाहियो र ? साझ को सुरुवात उसको साथी को घर मा सानो पार्टी थियो त्यही बाट सुरुवात भयो , केही खान पिन , ख्याल ठट्टा पछि सबै जना क्लब जाने भन्न थाले, बहुमत को कदर गर्दै हामी नी पछि लाग्यौ । क्लबमा खाको सब उफ्रेर निकाले पछी थकाई र भोकाइ मेट्न हामी घर फर्क्यौ ।


उ किचन मा खाना तयार पार्दै थीइ , आफु चेन्ज गरेर बाहिर निस्की टेबल मा बसे ।


- "जाउ चेन्ज गरेर आउ , म तयार पारुला खाना "


सानै देखि लाग्या बानी  छुटाउन गाह्रो हुने रहेछ । रिया चेन्ज गर्नु अघि नै बाहिर निस्की मेरो ओठ मा स्पर्श छाडी र फेरी चेन्ज गर्न गइ ।


भाको चाँही के भने उसको खाट मा मैले Christmas को गिफ्ट राखी दिएको थिए । शायद उसलाई त्यसको आपेक्षा पनि थियो होला , तर मैले केही संकेत नदेखाएको ले गर्दा होला उसले आस मारे को थियो होला , वा बैरे को ओठ लाई त्रिप्त पार्ने उसको बिचार (ब्रह्मा जी ले तरुनी बनाउदा आँफै चकित पर्नु भाको थियो रे, तरुनी को लीला अपरम्पार, के सोच्छे के बुझ्छे त्यो ज्ञान सृष्टि कर्तालाई थाहा थिएन यो बैरे को के कुरा )



माछो नयाँ भाको भए स्वाङ्ग नी गर्नु हुन्थ्यो , पुरानो पर्‍यो आफु ले नी लाजै पचाइ सोधे - "अनी मेरो गिफ्ट खै ?"


- "अघी द्या होइन ??" उसले मुस्कुराउदै जवाफ दीइ


लौ बाण नै हान्ने भए आफ्नो कमाण मा अस्त्र शस्त्र को कमी कहाँ थियो र ? - "त्यत्ती ले कहाँ पुग्छ र ?" नझिम्किने आखो नी झिम्काए ।


- " भाग्य ले जुरायो भने , सोचेकै चिज दिउला " जवाफ आयो


कुरा बुझ्नै गाह्रो भयो, थप प्रश्न के हुनु पर्ने त्यो मलाई थाहा थियो तर प्रश्न भन्दा पहीले जवाफ नै के आउथ्यो त्यो ज्ञान भएको ले म चुप भए
 
New Year आउन हप्ता दिन को पर्खाइ थियो , केही त गर्नु पर्‍यो , भुस तिघ्रे भएर कत्ती बस्नु ? पाप धुरी बाट कराउछ भन्थे , त्यस्तो कठिङ्ग्रिने जाडो मा मयालु ले - "बोस्टन, डिसि घुम्न जाने ?" भनेर प्रश्न गरि " म २ दिन छुट्टी लिन्छु"


मुखले "दीमाग त ठीक छ ?" भन्न खोज्या थियो निस्किने बेला मा "हुन्छ " पो निस्क्यो ? अब मुख ले गर्या गल्ती ज्यान ले सजाय भोक्तिनु पर्‍यो ।


२-३ दिन को यात्रा २-३ जुगको जस्तो भयो , मुख ले भने साथ दियो सधैं मुस्कुराइ रहने, हुन्छ मा हुन्छ मिलाउने , अरु अँग प्रत्यङ्गल यति सरापे ......... ज्यान स्वर्ग गए नी मुख बिना जाला जस्तो छ ।


न्यू योर्क आएपछी एक दिन त कही निस्किन आनन्द ले न्यानो हिटर संगै बसे , खुट्टा को नँग देखि कपाल को टुप्पो सम्म सब कठ्याङ्ग्रिएको थियो सिवाए मुख !!!! , अब हो मा हो मिलाए पछि मुख ले ईनाम त पाउने भई हाल्यो नी , उसको न्यानो श्वासले सधैं मुख लाई न्यानो पन दिन्थ्यो अनी कसरी कठङ्ग्रियोस त मुख ?


म New Years Eve सम्म सधैं घरै मा हुन्थे उ भने काम गर्न जान्थी, बिचरी थाकेर आउथी । ढुङ्गा भए त पग्लिन्थ्यो मन किन नपग्लोस , त्यसै ले दु:ख दिन्न थे , खाने कुरा को बन्दोबस्त सबै गरिदिन्थे , उसले नभने पनि , उ क्रित्यज्ञ भएकी थीइ ।
 
New Years Eve आयो , प्लान के भन्दा Times Square मा जाने , त्यो दिन त मैले नी हुन्छ भने ।


साझ पर्नु अघि नै हामी  Times Square तिर निस्क्यौ । जाडो त निकै थियो तर तयारी मा आएको भएर खप्न सकियो । साझ पर्दै गयो , बत्ती हरु बल्दै गए, र मान्छे को भिड पनि । जब जब घडी मध्य रात तर्फ लम्कदै गयो चहल पहल बध्दै गयो । अब त केवल क्षण हरु मात्रै बाँकी थियो ।


१०.......९........... ८..........७.............६.........५.........४..........३...........२..........१


त्यत्रो फिलिम हेर्या काम त लाग्नु पर्‍यो नी । ताने मैय्या लाई छेउ मै , एक अर्का मा स्पर्श छोड्ने क्रम मा हात मा आएको कागज नी याद भएन , होस् ठेगान मा आए पछि हात मा आएको कागज खोली हेरे ।


कागज हेरे ........ उसलाई हेरे , बोली निस्केन , फेरी कागज हेरे अनी उसलाई .. के साच्चै मैले सोचेको कुरा नै उसले मलाई भन्न लागेकी हो त ?


Christmas मा भनेको कुरा याद आयो , "भाग्य ले जुरायो भने , सोचेकै चिज दिउला "


न्यू योर्क शहर को उज्यालो उसको मुस्कानको अगाडी फिक्का परेको थियो ।


क्रमश :


 

Read Full Discussion Thread for this article