Posted by: Birkhe_Maila December 31, 2009
चौतारी ~१७०~
Login in to Rate this Post:     0       ?        

द्वितिय अध्याय:
हर्केजी आज्ञा गर्नुहुन्छ, हे बिर्खेन्द्रमुनी तहाँ उपरान्त पुन्टेन्द्र दैत्यको तालु टल्केर सम्पूर्ण चराचर जगत ज्वाजल्यमान हुनपुग्दा पुन्टेन्द्र दैत्य अत्यन्तै खुसि भया। पुन्टेन्द्र दैत्य कस्ता भने, शरिर भरी भुत्लै भुत्ला भएका,आँखिभौँ क्रुरसिङ मुनिको भन्दा पनि बाक्लो, तर तालु भने जसरी गंगा नदीको किनारको ढुङ्गा चिल्लो र बन्जर हुन्छ त्यसैगरि पुन्टेन्द्र दैत्यको तालु चिल्लो र बन्जर थियो। अट्टाहास लगाउँदा पुन्टेन्द्र दैत्यका दाराहरु यस्ता लाग्दथे मानौँ कोलम्बसमुनी भन्दा पूर्वका रेड इन्डियनहरुको विषालु वाणहरु लहरै मिलेर बसेका छन्। भुँडि बिशाल तथा गोलो थियो र भुत्ले भुँडिको बिचमा नाइटो यस्तो लाग्दथ्यो मानौँ चारकोसे झाडिको बिचमा फोहोर गुफा बिराजमान छ। उनका खुट्टा मोटा र छोटा थिए र त्यहाँ पनि भुत्लै भुत्लाले भरिएका थिए। टाढा बाट हेर्दा पुन्टेन्द्र दैत्य 'ठँ' जस्ता देखिन्थे भने नजिक आउँदा उनि 'ठ' जस्ता देखिन्थे। हे बिर्खेन्द्र मुनी,तपाँलाई बुझाउँछु, पुन्टेन्द्र दैत्यको केवल भुँडि देखिने हुनाले उनि 'ठ' जस्ता देखिएका थिए र टाढाबाट हेर्दा 'ठँ" देखिनाको कारण चाहिँ उनको तालुमा सुर्यको प्रकाशको परावर्तन भएको हो। यहि परावर्तन सहन नसक्दा ठूल्दाईमुनि अन्तरर्द्यान भएर मरुटोल नगरी गएका थिए, किनकि ठुल्दाईमुनिको नाम 'ठ' बाट नै आउँदथ्यो र उनि त्यसमा कुनैपनि किसिमको दाग लगाउन चाँहदैनथे। यसरि पुन्टेन्द्र दैत्यले नानाभाँति अट्टाहास लगाउँदै साउटबक्स नगरीको एक उध्यानमा पुग्दा भया। अनेकन रंगिचंगि फुल तथा वृक्षहरुले शुशोभित उक्त उध्यानमा अनेकन षोडषिहरु अनेकन वस्त्रालंकार पहिरि खिलखिलाउँदै हाँस्दै थिए। खुसि षोडषि,बिरेन्डि षोडषि, ठुलि षोडषी लगायत अनेकन षोडषिहरुका बिच कुनै राजकुमार जस्तो बस्त्रालंकारमा  रिट्ठेन्द्र मुनि लङगुर जस्तो अनुहार लेपनले छोप्दै अंगुर खाँदै विराजमान थिए। रिट्ठेन्द्र मुनि नजर कटाक्ष तथा अनेकन हाउभाउ कटाक्ष गर्दै कहिले कुनै षोडषीसित नजरवाण चलाउँदथे त कहिले कुनै षोडषिसित नातावाण चलाई दिदि बाहिनि बनाउनमा तल्लिन थिए। रिट्ठेन्द्र मुनि कति बाठा थिए भने,कुनै षोडषिसित मोहित हुन पुग्दा उक्त षोडषिको अत्यन्त नजिकको सखिसित नातावाण चलाई दिदि बहिनि भन्दा थिए। यसरि अनेकन साम दाम दण्ड भेद लगाउँदै षोडषिलाई जाल हाल्नमा तल्लिन भएका रिट्ठेन्द्र मुनीको तल्लिनतालाई भङग गर्दै पुन्टेन्द्र दैत्यको उक्त उध्यानमा आगमन भया। हे बिर्खेन्द्रमुनि तहाँ उपरान्त कसरि पुन्टेन्द्र मुनिले रिट्ठेन्द्र मुनिको शान्ती खोस्दा भया र भ्रान्ती दिँदा भया, तथा कसरी पुन्टेन्द्र मुनि आफैँले खनेको खाडलमा तालुसम्म आफैँ जाकिँदाभया म अर्को अध्यायमा कहन्छु।



ईति श्री हर्केन्द्र पुराणे
चौतारी खन्डे,उटपट्याङमहात्म्यये
हर्काबिर्खैन्द्रोसंवादे द्वितियअध्याय

Read Full Discussion Thread for this article