Nepal News May 22
Popular Videos





   [Show all top banners]

rahulvai

Subscribers
[Total Subscribers 19] :: VIEW ALL

mysteryman2055

hundari

बिस्टे

liberty gal

perfectionist

o ho

popeye

ThahaChaena

raju161
:: Subscribe
Related Videos
Back to: - KURAKANI GENERAL DISCUSSION Refresh page to view new replies | HOME PAGE
 चौतारी ~१७०~ Fix Unicode

[Please view other pages to see the rest of the postings. Total posts: 322]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11  
[VIEWED 15057 TIMES]
NEW! Click here to get reply notification email
SAVE! Save this thread for ease of future access.
The postings in this thread span 11 pages, go to PAGE 1.

This page is only showing last 30 replies
Posted on 12-23-09 8:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

~ चौतारी १७०~


नयाँ बर्ष तथा क्रिस्मस पर्ब बिशेष



हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको  १६९ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"






कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||



आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 

यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!

हिमाल माथि घामले सिन्दूर हालेको कहाँ छ ?


सुन हे यात्री यो देश मेरो नेपाल जहाँ छ!

हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens,wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers,alxoholics, workoholics,home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 170 editions.



Last edited: 23-Dec-09 08:31 AM

 
The postings in this thread span 11 pages, go to PAGE 1.

This page is only showing last 30 replies
Posted on 01-04-10 10:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

hello cha hai sabailai.

crazy kata gayab hau?

LOL birkhe ba. birkhe ba le kasari tha pako ritthe dailai mero sathi man pareko kura? maile ta bhanya chaina hai ritthe dai.
 
Posted on 01-04-10 11:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

ओहो ओहो! रुखमा को हो?


ओहो ओहो! रुखमा को हो?


ल, ल जिम्माल बा भनि दिनु पर्‍यो रुखमा को हो?


हाइ खुशी, के छ हालखबर?


 
Posted on 01-04-10 11:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

बिहान बिहान पनि चुडेल आउछ बाssss


घोर कलयुग -


 
Posted on 01-04-10 11:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

ह ह हो हो हो हम हम ह ह

खोइ खोइ? काँ छ चुडेल? भन भन

ह ह बुर्‍र्‍र्‍र्‍र्‍र्‍ हम्म्म्म्म्म्म्म्म्म
 
 
 
Posted on 01-04-10 11:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

खुइssssय


निक्कै हुलमुल भैसकेछ !


तेइ त है खुशी यो जिम्माल लाई कसरी थाहा भको होला तिम्रो र मेरो बिच को कुरा? पक्कै त्यो हाँडी को पिध मदनवा ले कुरो लाको हुनु पर्छ ! अस्ती भन्दै थ्यो नि मैले भिलेन खेले भनेर तेइ बदला लेको होला मोरा ले !


क्रेजी धेरै पछी देखियो ! सञ्चै हो? ल एलर्जी एनर्जी मा परिनत् होस् ! नयाँ बर्षको शुभकामना !


लहरे को कामले पेल्ने दिन आयो रे? बल्ल कानले शान्ती पाउने भएछ ! लौ क्रेजी लाई किन चुडेल भन्या? तेसो नभन त मेरो साथी लाई !


दैत्य राज पुन्टेन्द्र लाई नि जदौ ! (जिम्माल को स्वस्थानी बाट चोरेको है शब्द) 


 
Posted on 01-04-10 11:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

तारेमाम लहरे, पूण्टे दाई , खुशी



ओहो ओहो! रुखमा को हो?



 


ओहो ओहो! रुखमा को हो?



 


ल, ल जिम्माल बा भनि दिनु पर्‍यो रुखमा को हो?


लोल क्रेजी लोल


 
Posted on 01-04-10 11:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

त्यै हो पून्टे दाइ त्यै हो, तपाइको ठ्याक्कै माथि रुखमा बसेर अर्को रुखमा हाइजम्प गर्न लाको छ। बिचार गर्नु है, तपाइको तालुमा चिप्लेर फेरि त्यो खस्ला नि।


रिट्ठे चा, म्ह फु ला? नेवारीको कोर्स गर्‍या भन्या सुन्याथे, हो कि हैन रैछ।


 
Posted on 01-04-10 11:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

लहरे - क्या खुब लगती हो, चुडेल सि दिख्ती हो


क्रेजी - फिर से कहो केहेते रहो, अच्छा लगता हे,


 
Posted on 01-04-10 11:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

हे परमेश्वरी!  चुडैलको दस गुणा बढी चुडैल लहरी परोस् यो बाँदरलाइ लौ जा।


परमात्माको सराप त ठ्याक्कै लाग्छ। खुब मात्यार पठाँउछ।


 
Posted on 01-04-10 12:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

यो दशकको तेश्रो जदौ! यो बिर्खे माईलाको!


खुसि नानी र लहरेलाई जदौ!


अहो अहो त्यो रुखमा झुण्डिनेलाई त चिने चिने जस्तो लाग्यो तर लहरे हैन है हैन!


 
Posted on 01-04-10 12:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

कभी कभी मेरे दिल मे खयाल आता है
के ए क्रेजी चुडेल जैसे क्युन दिख्ती है
 
Posted on 01-04-10 12:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको तारेमामका साथमा जदौ।


 


हैन यो लहरे ले क्रेजी परमात्मा, क्रेजिले लहरे लाई किन देखी नसहेको भने ?? नेपालको पार्टी जस्तै  मिलेर बसे संबिधान न बने नि धान त बन्थ्यो। मखुला??


 
Posted on 01-04-10 1:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

फुट्या आँखाले सबैलाइ चुडैल देख्छ, आफुलाइ नि राक्षस देख्छ, ऐना हेर त!


ठुल्दाइ, बाँदरको जातै त्यस्तो हो, मान्छे भए पो मिल्न सक्थ्यो।


यो लहरे कसैसङ मिलेर बस्या देख्नु भाको छ आजसम्म यो चौतारीमा ?


 
Posted on 01-04-10 1:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

ऐयाSSSSSSSSSS  थाकियो , अस्ती देखि बाँकी भाको काम केही गर्या थिईन , अब आएर पेल्यो , ल म त हुसुर्न जान आट्या , अनी चौतारी पसी हाल्या । सब आत्मा पर्मात्मा लाई बैरे को प्रणाम , नवा साल ले प्रगती लाई पोइ जस्तै बनाइ सँगै संगै ल्यावोस , मन ले चिताको कुरा पुगोस ( पुरे बौचा त्यो क्रीकेट , सिकेट को कुरा गर्या होइन, बजिया हरु फेरी बैरे ले भन्या छ भनेर क्रीकेट मा घर जग्गा बाजी लगाउला नी  ) ।


लौ एकै छिन मा फेरी आउँला


 


 
Posted on 01-04-10 1:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

बैरे सोम के छ यार लोङ टाईम नो सि - कता गायब तिमी त


ठुल्दाइ म्ह: फु ला - ठीक ठाक मखुला -


क्रेजी चुडेल जि के छ - अब जहिले नि चुडेल जस्तो गरी झम्तेपछी म के गर्ने त -


बानी देखी अनुहार सम्म सबै चुडेल जस्तो छ त म के गरौ -


अब तिम्राँ खपराँ चुडेल जस्तो अनुहार परोस भनेर लेख्या छ त मैले गर्‍या भे पो एउटा कुरा नि


 
Posted on 01-04-10 2:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

२१ औ शताब्दीको दोश्रो दसक को दोश्रो जदौ तथा तारेमाम आफ्नै स्टाईलमा !


चार दिन देखी दाउ हेरेर बसिरहेको काम ले आज अट्याक गर्‍यो ! बल्ल हसुर्ने मौका पाये !


सबैको हसुराइ भाईसक्या होला भन्ने आशा छ !


बैरे मित्र लाई पनि हेल्लो !


क्रेजी उहिले नेवारी कोर्स त गरेको हो अली अली, झन्डै शिक्षिका सङै लोप परेर ! पछी त शिक्षिका पनि बेपत्ता भइन् अनी म पनि !



 


 
Posted on 01-04-10 2:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

आज हाम्रो भेट भाको दिन


नचिने झै गर्छौ किन


माया मोहनी नलगाई नहुनी


हेsssssssss


 
Posted on 01-04-10 3:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

हैन यता के हुँदैछ हँ? उता चिच्याउने बाकसाँ गाको, भत्केछ। यो बज्ये लहरे चाइने नचाइने काम गर्छ। उफ्रेर बस्या होला, खार्लाप्-खुर्लुप हुनी गरी भत्काएछ मुर्दार। ल छिटो बनाउ भन त लहरे, लाइन नम्बर ३६०मा एरर आयो भनेर देखायो मेरोमा त!

अरुको के हुँदैछ ताअाआ

 
Posted on 01-05-10 7:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

प्रणाम!
 
Posted on 01-05-10 8:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

तारेमाम गाम्लेहरु !
मंगलबारे मंगलमय जदौ ।


यस्तो चिसो मा नि पुरे को जांगरलाई दाद दिएं।  तारेमाम पुरे । 


 
Posted on 01-05-10 8:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

दाद बादमा दिनु दाई, बरु तपाईंको नयाँ नौलो के छ सुनाउनु। त्यो बज्ये लहरे जस्तो परियेन आफु त, जाँगरिलो परियो बच्चै देखिन्।

अनी दाईको चिया नास्ता भा हो त? मेरो त आज तातो पानीमा गुजारा गर्नु पर्नी छ, घाँटी दुखेर बसी नसक्नु भा छ। क्वाल: पिएको पिएइ छु।

त्यो बज्ये लहरेले पनि क्रिकेट त हेरिरा होला, ऐले चाइँ केइ भन्दैन त मुर्दार, अरु बेलाँ त थर्ड डे नपुग्दै बास्न आउँथ्यो, आज सुनम के भन्छ त्यो बकम्फुसे, अ मुर्दार, कता छौ एह। अर्को एक जना बुढा पनि छ, भन्न-सुनाउन पर्नी, थुतुनो किताबमा लेख्या थ्यो अझ, चौतारी पनि धाउँछन तर आफु चाइँ कैले लेख्दैनन, उन्लाई पनि याइँबाट सुनाइ देको मैले, हेर्दाइ गरम है क्रीकेट चाइँ, लु प्रणाम!!!
 
Posted on 01-05-10 9:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

यदी मान्छौ भने म तिम्रै देव भएर
म त खाइदिन्छु कसम आँफैलाई भाकेर


नारायण भायका इस गाने के साथ साथ अप्पन आज का खाता खोलरेहेला है और  अक्खी चौतारीवालो को अप्पुन जदउ और तारेमाम भि बोलरेहेला है ! 


पुरा भाय और राहुल भाय चाय वाय का जोरजाम करो भाय गन्नु भाय खुस होएगा अन्खेरुन आशिर्वाद देगा !


 
Posted on 01-05-10 9:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

हैन पुरे त्यो बुढा को पर्‍यो ?? चौतारी धाइ धाइ लेख्न चाँही नाइ नाइ गर्ने को हो ??

 
Posted on 01-05-10 9:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

तारेमाम ठुल्दाइ, प्यारे लाल अनी रिट्ठे


के हुँदैछ त -


आफ्नो त केही न केही छ


क्रीकेट भन्या के हो ठुल्दाइ - बुझ्या भे त त्यो प्यारे लाल को खपराँ के भन्नु 


 
Posted on 01-05-10 9:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

तारेमाम रिट्ठे, लहरे ।


लौ मंगलबार को साइतमा नयाँ चौतारीको शिलान्यास गर्नु पर्‍यो ।


 
Posted on 01-05-10 9:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

अब त्यो चाँही उ त्यो प्यारे लाल ले बनाउछ


कुरा ट्यार ट्यार काम भने केही छैन


अब बच्चै देखी को जाँगरिलो मान्छे ले बनाउछ अब को चौतारी


ल प्यारेलाल ल बनाम्न तिर लागम


 
Posted on 01-05-10 9:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

कसरी बनाउने हो? ल सिकाम त
 
Posted on 01-05-10 9:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

गूड् मर्निङ चौतारी , लौ यो धागो त सकिन आट्यो लौ कसले हो अरको चौतारी बनाउने ??


माथि ठुल्दाइ देखि तल पुरे सम्म सपै लाई लाला सलाम


यो चौतारी बनाउने आइडिया त मलाई नी सिक्नु छ


 
Posted on 01-05-10 10:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

अ बैरे पाट, ठुल्दाइ देखी पुरे सम्म रे? पुरे देखी पुरे सम्म भन! ब्यान ब्यान उठेर चौतारी माथि तान्ने म, अझ बरSSSSSSS

लु चिसो प्रणाम तिम्रा लागि, ल लेउ!
 
Posted on 01-05-10 10:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

ईट्टा, बालुवा, सिमेन्टी चाहियो पहिला


पानी पनि त खोज्नु पर्‍यो  


पहिला यी चिज हरु को ब्यवस्था गर्दै गरम बाको पछी सिकाम्ला


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11  


Please log in to be able to reply! If you don't have a login, please register here.

NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Quick Links

Like us in Facebook!

free counters
66.249.73.62