Posted by: Birkhe_Maila December 31, 2009
चौतारी ~१७०~
Login in to Rate this Post:     0       ?        

हर्केजी आज्ञा गर्नुहुन्छ हे बिर्खेन्द्र मुनि तहाँ उपरान्त, माघ शुल्क पूर्णिमाको दिन आउँदा चौतारी नगर षोडषिहरुको चहलपहलले शुशोभित हुँदा, जसरी असंख्य भँगेराहरु बसेको बृक्षमा ढुङ्गा हान्दा एउटा न एउटा भंगेरा तल खस्छ त्यसैगरि, षोडषि नै षोडषि बसेका साउटबक्स नगरी वा चौतारी नगरीमा लहरेमुनिले नजरवाण हान्दा एउटि न एउटि षोडषि मोहित हुने आकांक्षा राखि लहरेमुनी श्री स्वस्थानी परमेश्वरीको व्रत गर्दा भया। माघशुल्क पूर्णिमा दिनदेखि नै हातगोडाको कहिल्यै नकाटिएका नङमा खाक्सि दलि,साइबाबातुल्य कपालमा सेम्फू नामक तरल लेपन गरि,ढलगंगा स्नान पश्चात लहरेमुनी शायरी नामक भजन गुनगुनाउँदै ल्यापटप अगाडिराखि आफ्नो क्युबिकलमा बिराजमान भया। यस्ता लहरेमुनीले नानाभाँति हाउभाउ कटाक्ष गरि साउटबक्स नगरमा भएका षोडषिहरुलाई 'हाइ' गर्दा भया। हाइ गर्दै लहरेमुनिले बत्तिस दन्त देखाउँदा यस्तो लाग्दथ्यो मानौँ शौच गर्न जाँदा पुरानो पँहेलो शौचस्थान टल्किरहेछ। उक्त टल्काईले तिन त्रिलोक चौध भुवन हल्लाउँदा भया। सम्पूर्ण चौतारी जगतभरि पँहेलो प्रकाश परावर्तबन हुँदा जगत नै पँहेलपुर देखिन पुग्या। उक्त टल्काईको प्रकोपले फिलादेफिया नगरिमा रिसोच गरिपाउँ,डाउडर लेखिपाउँ, तारेमाम् भन्दै तारेमाम्को जापसहित तपस्यामा लिन भएका ठूल्दाईमुनिको आशन डग्मगाउन पुग्या। डग्मगाईरहेको आशनदेखि त्रसित हुनपुग्दा ठूल्दाईले मदत पाउने आकांक्षामा 'त्राहिमाम्' भन्न खोज्दा अनुभवी प्रकोप हावि हुन पुगि केवल 'तारेमाम्' मात्र जाप गर्दा भया। आसन डग्मगाउँदै जाँदा गगनबाट पनि नानाभाँतिका असलि ममका डल्लाहरुका वज्रपात हुन पुग्या। उक्त वज्रपातबात अत्यन्त मर्माहत हुनपुगेका ठुल्दाईमुनीले फलस्वरुप गजल नामक भजन गुन्गुनाउन पुग्या। "आकाशबाट मम झर्नै पर्छ भन्ने के छ, झरेको ममले मेरो टाउको ठोक्नै पर्छ भन्ने के छ" भन्दै गजल गुनगुनाईरहेको अवश्थामा फेरि अचानक पहिलेभन्दा अलिक श्वेत प्रकाशले जगत ढाक्न पुग्यो। पँहेलो प्रकाशको प्रकोपबाट पार नपाउँदै आएको श्वेत प्रकाशको कारणले ठूल्दाई त्रसित थिए। त्यत्तिकैमा ठूलो अट्टाहसले संसार फेरि गुञ्जायमान हुन पुग्यो। एउटा ठूलो सुर्य उत्तरतिरबाट आएको देखिन पुग्दा ठूल्दाई एकैपटक दुई सुर्य भएर प्रलय हुनसक्ने आसंकामा फेरि 'तारेमाम्' 'तारेमाम' भन्न पुग्या। जसै उत्तरतिरबाट आउने प्रकाश नजिक पुग्या ठूल्दाई त्यहाँबाट अन्तर्ध्यान भइ मरुटोलनगर प्रश्थान गर्दा भया। उत्तरतिरबाट आउने प्रकाश अर्को सुर्यको नभै,एउटै सुर्यको प्रकाश पुन्टेन्द्र दैत्यको तालुमा टल्कन गई आएको रहेछ। हे बिर्खेन्द्र मुनी, पुन्टेन्द्र दैत्य कस्ता थिए र उनले के के बिघ्न बाधाहरु गरे, र उनको पतन कसरि भयो भन्ने कुरा अर्को अध्यायमा कहन्छु।


ईति श्री हर्केन्द्र पुराणे
चौतारी खन्डे,उटपट्याङमहात्म्यये
हर्काबिर्खैन्द्रोसंवादे प्रथमअध्याय

Read Full Discussion Thread for this article