Posted by: Harka_Bahadur December 31, 2009
चौतारी ~१७०~
Login in to Rate this Post:     0       ?        

मेरो पनि एस्तै रमाइलो काहानी छ , कुरा धेरै अगाडिको हो , कामको सिल्सिलामा त्रिसुली तिर जानु परेको थियो , अनी हिड्दा हिड्दै रात परो , तेस पछी म र मेरो साथी त्रिसुलिकै किनरमा एउटा माझी दाइको घरमा बास बस्ने निदो गरेउ, अनी के भन्छ पहिलो झुप्रो देखिने बित्तिकै , बास पाईन्छ भनेर सोधेउ , पाईन्छ भनेर बुडा माझिले बस्ने ठाउँ देखाइदिए।


भोकले मर्ने बेला भको थियो , खान पाईन्छ भनेर कसरी सोध्ने ? बास दि सकेको थियो , भोक्कै सुत्नु पर्ला भनेर सोच्दै थियौ हामी ।
अनी एक छीन पछी माझिले भात खाने हो भनेर सोधे , हामी त के खोज्छश कानो आँखा भने झै जर्याक जुरुक उठेउ । गैयो भात खान , भात र झोल दिए बुडाले , झोल निक्कै मिठो थियो अनी माछाको गन्द पनि आउथ्यो तर माछा भने थिएन ।


पछी थाहा भो त्यो माछाको झोल नभर लेउ लागेको ढुङ्गाको झोल रैछ भनेर , तर पनि माछाको जस्तो गन्ध आउने निक्कै मिठो टेस्ट थियो ।

Read Full Discussion Thread for this article