Posted by: chipledhunga December 30, 2009
चौतारी ~१७०~
Login in to Rate this Post:     0       ?        
रिट्ठे सर, त्यसो भए नयाँ बर्षको शुभकामना अहिले नै दिइहाल्नु पर्‍यो भोलि भेट नहुने भने पछी। पिलान त नयाँ बर्ष पुरानो बर्ष जे भए पनि बियर नै हो मेरो त, सरको त व्हिस्की पर्‍यो केरे हैन?
हर्के, मेरो पुर्ख्यौली घर तमुवान हालको चाँही नेवामा पर्‍यो। भने पछी तिमी सिन्धुली, रामेछापतिरबाट तल झरेको हौ कि कसो? साँच्ची नेपालबाट फर्किंदा तिम्रै भेक (लालबन्दी)को मान्छे परेको छेउको सिटमा। रामेछापबाट झरेको, अनि पहिले मकालु बस (मलंगवा काठमाडौं रुटमा) अहिले कतारमा ट्रक चलाउने।  रिक्सा चलायो चलाएन चाँही सोधिन।  तिमी चाँही बंगूर खाँदा खाँदा वाक्क भएछौ तर मेरो अहिलेको फेबरेट नै बङूर भएको छ। कुखुरा खांदा खाँदा नित्य कर्म गर्दा पनि सुली आउला जस्तो, खसी किन्न महँगो, गौमाता बर्जित अनि के गर्नु? फोटोहरु चाँही बाँकी छन् टन्नै, एकै चोटि किन सिद्ध्याउनु हैन? तिमीले राखेको  फोटोमा मासु बेच्ने बाउचा किन्ने पूरे हुन् ल जा त।
 
Read Full Discussion Thread for this article