बुढो सिमल-
हाम्रो गाउँमा मैले थाहा पाए देखि नै एउटा ठूलो सिमलको रुख थियो अजङ्गको। सिजनमा फुल फुलेर भुवा उडाउँथ्यो र अरु समयमा वर्षभरि चुपचाप ठाडिएर बस्थ्यो।गाउँका प्रत्येक केटाकेटिको लागि त्यो रुख टाढैँबाट चिनिने आफ्नो गाउँको एक आकृती थियो भने हुर्किसकेका हरुलाई पल्लो डाँडाबाट वा दोभानपारीबाट आफ्नो गाउँ चिनाऊन सजिलो बनाउँथ्यो, किनकि लगभग एक्लो रुख थियो। हाम्रा बुबा, हजुरबुबाहरु केटाकेटि भए देखि नै त्यो रुख त्यहिँ थियो त्यसैले भन्नुपर्दा गाउँका सबैजना भन्दा त्यो रुख जेठो थियो र बुढो थियो। केटाकेटि जन्मिए, हुर्किए, र आ-आफ्नो जीवनयात्रामा होमिए, त्यो सबैको साक्षी त्यहि रुख थियो। अहिले पहिलेका कोहि कता लागे कोहि कता लागे, सबै आ-आफ्नै गन्तव्यतिर लागे। नयाँ आगन्तुकहरु पनि प्रशस्त आए, कसैले धेरै समय त्यो गाउँमा बिताए कसैले थोरै। तर त्यो बुढो सिमल अहिले पनि त्यहिँ छ उस्तै। कहिलेकाहिँ मलाई चौतारिमा म बुढो सिमल हुँ कि जस्तो लाग्छ, हुन त आफैँ पनि हराइन सकिन्छ त्यो बेग्लै कुरा भयो। यहाँ पनि त्यस्तै छ, आउने जाने क्रम जारी छ। धेरै जमघट हुन्थ्यो, धेरै थरिका कुरा हुन्थे, अहिले यहाँ पनि सबै आ-आफ्नो जीवन यात्रा तिर लागे। ब्ल्ग बनाऊनेहरु ब्लगिङतिर लागे, समूह बनाऊने हरु समूहतिर छलफल गर्न गए, च्याटमा रमाऊनेहरु च्याटमा दोहोरो कुरा गर्न गए, चित्त दुखाऊने हरु पर्दा पछाडि परे, कोहि बाध्यताबश आफ्नै जीवनमा अल्झिए....यस्तै यस्तै!