जीवन यहाँ जताततै अल्मल्लिएको धूँवा जस्तै
तिर्खाएको पानीलाई नभेटिने कुवा जस्तै
बास खोजी उडी हिंड्ने सिमलको भुवा जस्तै
बुधबारे जवानीमय जदौ सबै गाम्लेहरुलाई।
आज चिया नास्ताको ब्यवस्था गरिदिनेको दिन झक्कासको हुन्छ है, भनिदिएको छु मैले।
ठुल्दाइ, नयाँ चौतारी त बनाउनु भयो तर:
त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!
मरुटोलको मान्छेले घान्द्रुकलाई आफ्नो गाउँ भनेको अनि अन्नपूर्ण दक्षिण र हिउँचुलीको द्रिष्यलाई धौलागिरी भनेकोमा घोर बिरोध। अब त साँच्ची नै ५ दिने आमहड्ताल गर्नु पर्यो। आज दिउँसो देखि शुरु गरी सोमबार बिहानसम्म चौतारीमा एउटै पोस्टिङ् गर्दिन, ल जा त।
हड्तालकै कुरो गर्दा नि: बाबुराम र प्रचण्डे बानेश्वरमा सम्बोधन गर्न पुग्या रहेछन्। हिंडेर त गएनन् होला ती देशमारा पशुहरु। अझ तीनका कार्यकर्ताहरु राजमार्ग अवरुद्ध गर्दै नाचगान गर्दै रमाइलो गरेको फोटोहरु देखियो। सबैलाई बिचल्लिमा पारेर रमाइलो गर्ने र गराउने जतिलाई एक चिहान पारीदिउँ जस्तो।
अनि ठुल्दाइ, मीनभवनमा कहिले थियो इस्कूल? मीनभावन क्याम्पस भनेको त सुनेको हो। मेरो अन्दाजीफिकेसनमा चाँही यो चलन दरबार स्कुलबाट शुरु भएको हो, सामुन्नेको रानीपोखरीका माछाहरु जलगत (भूमिगत भन्न भएन पानी मुनी लुक्नेलाई) हुने गरेको आधारमा। चलन त देबशमशेरकै पाला देखिको हो, जब देखि उक्त स्कुल सर्वसाधारणलाई खुल्ला गरियो।
अनि हर्के, केसँग खायौ त्यस्तो जाडो? बङूरको मासुसँगै त होला नि, मखुला?
दीप पर्भो, जाडो मौसममा तरुनीको न्यानो स्पर्श कत्तिको पाइँदैछ त? उहिले शीरक तरुनी र घाम तरुनीको कथा पढेको सम्झना आयो।
बिर्खे बुढा, नली खुट्टा कस्तो छ अचेल?
हिमालयजी, चौतारीको हाजिरी ढड्डामा धेरै रातो दाग लाग्यो है, अलि नियमित हुनुपर्यो।
रिट्ठे, पूरे, र बाउचा कता लाग्या हुन्। महिला समूह त झन खोइ कहाँ हुन्।
नाम छुटेका बाँकीलाई तारेमाम।