Posted by: Deep December 11, 2009
~चौतारी१६८~
Login in to Rate this Post:     0       ?        

पुरे: ए! लहरे हैन त्यो?
बैरे: ह्या --काँ लहरे हुन्छ त्यो?  त्यो त रमेश हो -- साले भिलेन --
हर्के: रमेश रे -- को रमेश?
बैरे: त्यै सुष्माको-- हैन कस्को कुरा गर्या तिमेरले?
पुरे: थुक्क बैरे -- यस्ले आफु पनि बे नगर्ने भो अरुलाई नी गरेर खान नदिने भो --
बैरे: ल ल अब प्रबचन सुन्नु पर्या छैन -- हैन त्यो त साँच्चै लहरे नै हो जस्तो छ --
बिस्टे: हो हो--लहरे नै हो-- ए लहरे, ल हेर बिजोग ---के भो र यस्तो लोड्शेडीङ्ग भा जस्तो ज्यान लिएर हिन्या?
लहरे: अब यस्तै पर्यो जिन्नगीमा ---


बिस्टे: किन र के भो?
लहरे: अरुले गरे नी बुढाले त पक्कै गर्दैनन भनेको --
पुरे: को बुढाले?
बिस्टे: अनि यता पोडेटोल तिर किन बतासिएको त?
लहरे: यसो ज्यान, मन हलम् पारम् कि भनेर नी --
बिस्टे: हत्तेरी! यसरी गती छाडन भएन -- भयो के?
लहरे: उनले फस पार्या मान्छे यहीँ छन्, नाम चै नतोकम तर मैले लगभग ठेक्कामा लिन लाको चौतारीमा कुन सडको फुत्त छिरेर जिम्मालले अर्धचन्द्राकार लाए मलाई --आफ्नै चौतारीमा त्यसो गरेसी कसरी जानु?--मलाई भन्या भे उन्लाई फस पार्न मुन लाग्यालाई म नै दंग परेर फस पार्दिन्थे नी --
बैरे: हेर न त्याँ अशोके -- साले सँधै स्वास्नी सँगै हिन्या हुन्छ -- कैले काहीँ त एक्लै नी यसो कतै जान दिनु नी --

Last edited: 11-Dec-09 04:02 PM
Read Full Discussion Thread for this article