Posted by: बैरे December 7, 2009
सफल जिन्दगी भाग २
Login in to Rate this Post:     0       ?        

Santosh1984
<<I knew Baire would pull off something like this. That's so sweet (ouchh!!!!! I sound like a girl). Thats the way to go. You just have to show to these girls that you are committed. They aren't too hard to please. I hope you don't mess up this time. Riya seems to be like a very nice and pretty girl. Someone I would like to have as my wife ( hope someone is not reading this post).  >>


सन्तोष सर , केटी को माया मोह बुझ्न सृष्टि कर्ता ब्रह्मा जी ले बुझ्नु हुन्न हामी त मनुष्य , सके जति गर्ने हो , त्यो फिजाएको जालो आफ्नै गला मा आउने हो की भन्ने डर नी सर !!! रिया को त के कुरा गर्ने सर , त्यो हिन्दी फिलिम मा भन्छ नी - "जो बात उस्मे है , और किसिमे नहि " भन्या जस्तो नी सर । तर प्रभु को someone पनि कम त छैन होला नी फेरी अरको डाइलग याद आयो "नजिक को तिर्थ हेला " यो त आफु लाई लागु भा थियो कुनै बेला ?
 
 
serial
<<बैरे को कुरै बेग्लै - क्या चाल चलेको
कथा चाँही भयन्करै नै मज्जाले गैराछ -
कस्तो बैरे कस्तो भाको यार - क्या सुध्रिएको - प्यार ने बैरे को निकम्मा करदिया लोल
च्याङ्ग्रा - "जोइ टिङ्ग्रे हुने भईश "
रिया - " जे पायो त्यही नबोल " म तिर हेर्दै - "केही भन्न सक्दैनौ यस्लाई ?"
म - " अपार्टमेन्ट आयो "
यो लिने चाँही खुब मनपर्‍यो ल मलाई
"केही भन्न सक्दैनौ यस्लाई ?" भन्दा " अपार्टमेन्ट आयो " रे लोल लोल महा लोल >>


चाल त चल्या नै छु तर जानि जानि आफु पुर्ने खाल्डो आँफै खन्दै छु की जस्तो नी लाग्छ , अब च्याङ्ग्रा लाई के भन्नु आफ्नो नाउ पार गराउने लाई नी गाली गरे त खत्तम हुन्छ भन्ने डर !!!


perfectionist
<<मैले अस्ती तेइ भेर गाली नगरया, यो बैरे पाट, एस्तै एस्तै केइ गर्छ भन्ने त लागिराथ्यो। यस्तो छट्टु बैर्या खप्पराँ कसरी यस्ती राम्री रिया जस्ती पर्न पुग्या भन्या, म त छक्क पर्छु भन्या, खप्पराँ लेखेर ल्याउन पर्छ भन्थे, हो रेछ कि क्या हो।
बज्येले सास्ती पाउला भनेको, हेर्दाSSS हेर्दै रिया जस्ती बुढी पो पाउन लाग्यो बै! ल बैरे, कथा घच्ची गैराछ, अब धेरै ट्वीस्ट नराखी कथा अगाडि बढाउ त! कुर्दै छु म याँ, कथा सुन्न    >>


खप्पर खप्पर की बात  है पुरे पाट , भाग्य चम्के सी कसो को बाउ को के लाग्छ र , मखुला ? ट्विस्ट अब नी आयो भने त खत्तम छ प्रभु !!!


quicksiler
<<ओहो बैरे कथा एकदम रमाइलो भाईरा छ। अब एस पछी को भाग पनि चाडै पद्द्न पये हुन्थ्यो। साझा खोल्ने बितिक्कै बिअरे ले नयाँ पोस्ट गर्‍यो कि भनेर हेर्छु म। ल त बैरे म त तिम्रो कथा को प्रतिक्षा मा छु। चाडओ राख्नु पर्‍यो। तिम्रो कथा पद्द्नु को मज्जै अर्कै छ।>>


सर कथा त बढाउन हुन्थ्यो तर यो काम ले अली पेली रहा छ के गर्ने माम खाना काम गर्नु पर्‍यो भन्थे बुढा पाको ले , सके सम्म चाडै नै राख्ने छु


Nitisa
<<फेरी के हुन लाग्यो भनेको त घर पो किन्न लागेको रएछ, फेरी घर मा भनेको छैन भन्छ खै के के हुने हो अगाडि..... >>


अब लोप पर्ने बित्तिकै घर मा भन्न थाल्यो भने त आमा बाउ ले कत्ती बुहारी भित्राउने ?


Serial
 
<<एतिका दिन पछी कथा आउँदा नि एती छोटो
भएन बैरे - अर्को भाग पनि छिटो हाल त
जात मिल्दैन घर बाट प्रोब्लम हुन्छ भनेर त लोप गर्नु भन्दा पहिले नै सोच्नु पर्छ नि
अहिले आएर घर मा कसरी भन्ने भन्ने कुरै आउँदैन -
मन पराइसके पछी सँगै बसिसकेपछी - घर बाट हुँदै भन्दा अरु सँग बिहा गर्ने त
यो नमिल्ने कुरा चाँही गर्न मिल्दैन - कि त पहिले नै सोच्नु पर्छ -
च्याङ्रा ले ठिकै भन्यो पहिले एही बैरे नभै नहुने अहिले नाटक गर्न कहाँ पाईन्छ
ल अब बैरे छिटो अर्को भाग राख त खुरुकन >>


प्रभु यो हाल्ने नी काम चोरी चोरी हाल्नु पर्या , आज कोमेन्ट नी काम चोरेर नै हाल्दै छु । अब यो जात भात को कुरा  भन्या चाँही निकै अफ्ट्यारो क्या सर , बुढा बुढी पुरानो सोच छन् , समय त लाग्छ तर मानि हाल्छ नी । यो जात भात हेरेर "आइ लोप यू" भन्ने हो भने त कत्ती को मन दुख्थ्यो होला, कत्ती ले मन दुकाउथे होला , मखुला बौचा ??


gurudevkoguru
 
<<के हो बैरे ज्यु,
यो चाँही भएन नि । यतिका दिन पछी पढ्न बसियो। यती थोरै, मज्जै आएन हो।  हात्तीको मुखमा जीरा जस्तै  भयो यो त । छिट्टै अर्को भागको आशमा प्रतिक्षारत छु। >>


अब गुरु देव को नी गुरु लाई के भनेर सम्भोदन गरु मैले , तर लुकी लुकी लेख्दा धेरै लेख्नै पाइन , माफि पाम ।


perfectionist
<<मुला बैरे, बर्सौँ पछी आयो त्यो पनि पढ्न सुरु गर्न पा छैन सकी सकेछ, के गर्या पाट, भेन नि यस्तो त।


माया गरेछी के जात-भात नि, केटाले केटी र केटीले केटा रोजेछी भै हाल्यो नि, पुन्टे काजी र जिम्मालबा जस्तो दोस्ताना चाइँ हुन भेन क्यारे, अरु त सब चल्छ भन्छु म। बैरेले यस्तरी रोकेछी मुटु धुक धुक भेर ल्याउँछ भन्या, ट्विस्त् ल्याउँछ पाटकी, यस्सो अलिकती राम्ररी गा हुन्छ, द्वाङ्ग गरेर खाल्डोमा पार्दिन्छ बज्ये। सफल जिन्दगी छ क्यारे, ह्यप्पी एन्दिङ भेन भने खौँ हान्छु, हा गरेर। थाहा छ कि नाइ? थाहा नभे त्यो लहरेलाई सोध्नु, अस्ती तेल्लाई हान्या थिएँ, बज्ये ऐले सम्म तर्सिन्छ पुरे भनेछी। हें हें हें हें


बैरे, वीकेन्द बेला लेख न यार, तिम्लाई जाँड खान फुर्सत हुनी, कथा लेख्न नभ्याउने? हुन्छ नि एउटा तरिका भन्ने कुरो पनि। ल अब अबेला गर्नी हैन त्याँ, भन्दी सकेँ >>


पुरे पाट कथाकार को कथा नी पाट को खौ को डर ले मोडिन्छ भन्या !!!!!! ट्विस्ट आउन आत्यो की तालु त्यसै ठुलो भएर आउछ के गर्ने भन्या ?? सर वीकेन्द मा कथा लेख्छु भनेर कुर्याथिये वीकेन्द नै काम भयो । तर  अरको भाग चाँही चाडै टास्ने छु


एssssssss कथा आयो भन्या त कमेन्ट पो रहेछ भनेर खौ को कुरा चाँही नगरौ है !!! कमेन्ट नै टास्न नी डर भयो भन्या

Read Full Discussion Thread for this article