Posted by: बैरे December 3, 2009
सफल जिन्दगी भाग २
Login in to Rate this Post:     0       ?        

म - " अपार्टमेन्ट आयो "


रिया को आँखा मा क्रोध थियो । त्यो ज्वाला मा मेरो ज्यान कति खेर च्वाई हुने हो त्यो चाँही थाहा थिएन तर हुने चाँही निस्चित थियो ।


हामी सब मेरो अपार्टमेन्ट भित्र पस्यौ ।


(भित्र पस्न साथ )


च्याङ्ग्रा -" लौ तेरो अपार्टमेन्टमा चोर आएछ , सब कोठा मिलाएर गएछ । "


रिया हासी , म नी मुस्कुराए


केरेन - "Impressive "


केही बेर थकाई मार्न बस्यौ , च्याङ्ग्रा र म बार्दली तिर लाग्यौ । रिया र केरेन भान्सा तिर ,


च्याङ्ग्रा - " भने पछि तिमी हरु अब sure भइश होइन त ?"


- "हुन त हो , त्यहि नी घरमा त भन्नु पर्‍यो नी, माने नी नमाने नी खबर त गर्नु पर्‍यो, रिया घर बाट मन्जुरी नभई अघि नबढ्ने भन्छे "


च्याङ्ग्रा - "त्यसको नाटक हो , म कुरा गरुला त्यो सँग "


- "खोइ के भन्ने , बिहे गर्नु भनेको ख्याल ठट्टा त होइन । हामी बीच जात को अन्तर छ , बुढा, बुढी हरु को सोचाइ पुरानो छ , भन्या जस्तो चाँही सजिलो हुदैन "


च्याङ्ग्रा - "धन्ना नमान, be positive "


रिया - "तिमीहरु चुरोट कै खाजा खाने हो की हामीले बनाको नी खाने ?"


हामी केही नबोली भित्र पस्यौ ।


रिया - "बेलुकी हुन अघि बाहिर जानु पर्छ , थकाई भन्या पछि मारुला , I want to enjoy this weather"


केरेन - "I agree"
 
- "OK"


डेन्भर शहर घुमियो , रमणिय बाताबर्ण संगै हामी नी रमायौ , तर खुट्टा र पेटले भने साथ दिएन , सुर्य को ढल्काइ संगै खुट्टाले कदम लिना छोड्यो , पेट बाट अनेक आवाज आउन थाल्यो ,


च्याङ्ग्रा - "अब त सकिन्न , कति हिड्नु जिन्दगी नहिड्या यो डेन्भर मा हिडियो , लौ अब कतै गएर चिसो बियर तानु , अनी पेट पूजा नी गरौ "


को पहीले बोल्छ भन्ने कुर्हाइ मा सबै जना थियौ , च्याङ्ग्रा ले बोल्यो सब ले सहमती दियौ ।


तरुनीहरु साथ मा थियो जता पायो त्यता लानु त भएन ! हामी भिटा तर्फ लाग्यौ ।


केरेन - "Wow this is a lovely View, I must give it to you, You know how to treat a woman and get your point across, very tactful"


वेटर लाई पहीले त चिसो बियर अनी तरुनी हरु लाई वाईन मगाइयो ।


केरेन " I can't believe that vacation is almost over. I love this place ....I don't want to go back . "


च्याङ्ग्रा - " I agree "  रिया लाई हेर्दै - ""What do you think ?"


रिया - " " Ohh my God !!! Now its you three vs me ? ......."


" Its a good place, but I still need time to think "


च्याङ्ग्रा - " तेरो नाटक अत्ती भयो ? पहीले यही बैरे नभई नहुने , अहीले सब कुरो मिल्दा चाँही किन नाटक गरि रहा ?"
 
च्याङ्ग्रा - " थपक्क घर मा इन्फोर्म गर , अनी बरु अहीले यहाँ engagement गर , बिहे भन्या पछि गरे नी हुन्छ "


रिया - " किन सब कुरा मा हतार गर्नु पर्‍यो , मैले सोच्छु भने कै छु नी "


च्याङ्ग्रा - " अब सोच्ने टाईम सकियो अब Let you action speak volume "


रिया - " घर बाट OK नभई त केही नी हुदैन ?"


च्याङ्ग्रा - " 21st century मा नी , त उहीले को कुरा नगर । मेरो पालो मा त खूब सब ठीक हुन्छ भन्थिस त , आफ्नो मा चाँही के भयो नी ? अरु लाई अर्ती दिन सबल सक्छन , फोलो गर्न चाँही गाह्रो हुन्छ "


च्याङ्ग्रा केरेन लाई हेर्दै - " What you think Honey !! Does it make sense for her to get an OK from her family ? Its simply ridiculous"


केरेन - " Give her time, that is what she is asking for , But Riyaa the time you have asked for is to think positive not to think what ifs ? Opportunities does not knock twice "


रिया चुप थी , म तर्फ हेरी , शायद उसलाई मेरो भनाइ पनि सुन्नु थियो होला ,


सधैं आफ्नो स्वार्थको कुरा गर्थे ता अहीले भने उसको साथ निभाउन जरुरी लाग्यो मलाई ।


- " You take as long as you want, No pressure from my side. We will move forward with our plans when you are ready....... As Keren said think positive "
 
रिया - "Thank You "



क्रमश:

Read Full Discussion Thread for this article