Posted by: Birkhe_Maila November 19, 2009
~चौतारी १६४ ~
Login in to Rate this Post:     0       ?        

चिप्लेको थर परीवर्तन वारे सुचना:


हालै चौतारीकै वरिष्ट  औतारी, श्री राहुलभाई रायमाझि द्वारा दिईएको 'चिप्लेको थर फेरिपाउँ, नयाँ थरमा उसको पोस्ट हेरिपाउँ, तारेमाम्' भन्ने निवेदनलाई ध्यानमा राखि चौतारी मन्त्रीपरीषद्ले थर फेर्ने निर्णय गर्न खोज्दा खोज्दै, उनै चिप्ले टुप्लुक्क देखा परेर पहिलेकै थर राखिपाउँ भन्दै, चिलिम तानिरहेका राहुलभाई रायमाझीकै फोटो टाँसिदिएकोले मन्त्रीपरीषद् निम्न कुराहरु गर्न बाध्य भएको छ-


१) थर चित्रकार राख्न खोज्दा चिप्लेको फोटोसहितको झटारो फेरिने डर।


२) थर पहिलेकै कायम राख्दा राहुलभाई रायमाझिलेको चिलिमे गोदाई भेटिने डर।


३) कुनै पनि थर नराख्दा चिप्लेको नामोनिशान मेटिने डर।


त्यसैले निम्न थरहरुमा चौतारीका औतारीहरुको जसको भोट बढि हुन्छ त्यहि थर कायम गर्ने निर्णय चौतारी मन्त्रीपरीषद्ले गरेको छ।


प्रस्तावित थरहरु निम्नानुसार छन्-


१) चिपलकान्त चरिनङ्ग्रे


२)चिपलनाथ चप्पलघोटे


३)चिपलविक्रम चापलुसे


४)चिपलचंखे च्याङ्ग्राखोरे


५)चिपलनन्दन च्यापच्यापे


६)चिपलकाँडे चुराफुटाल


७)चिपलगाले च्वापच्वापे


 


धन्यवाद्


चौतारी मन्त्रीपरीषद्

Read Full Discussion Thread for this article