Posted by: serial November 13, 2009
~चौतारी १६४ ~
Login in to Rate this Post:     0       ?        

तारेमाम रिट्ठे चेली पुरे


अरु त कालो रेल को धुँवाले
म त कालो छातालाई ओर्दै नओर्ड्नाले


कालो लाई कालो भन्नु हुँदैन
बाङ्गो लाई सोझो मन पर्दैन
कृष्ण कालो मन को उज्यालोले
म त कालो छातालाई ओर्दै नओर्ड्नाले


भो भो किन मान्नु पर्दैन
मेरो कालो तिमीलाई सर्दैन
साइली कालो हाँडीको मोसोले
म त कालो छातालाई ओर्दै नओर्ड्नाले


कालो भनी नगर हेला
पर्ला फेरी कालो कै फेला
लाहुरे कालो बनको धुँवाले
म त कालो छातालाई ओर्दै नओर्ड्नाले

Read Full Discussion Thread for this article