एक छिन त्यही बसेर , कफी पिउदै , द्रिश्य सँगै मान्छे हरु स्की गरेको हेर्यौ , को लड्छ को लड्दैन भन्दै बाजी नि खेलियो , समय बितेको पत्तो नै भएन । सुर्य को प्रकाश लाई निलुला झै गरेर सन्ध्या छाउन थाल्यो , हामी पनि होटेल गएर बेलुकी को तयारी गर्न लाग्यौ ।
७:३० - ८:०० बजे तिर होटेल बाट निस्किएर हामी खाना खान गयौ । केरेन र च्याङ्ग्रा को एनीभर्सरी भएको ले ट्रिट हाम्रो तरफ बाट थियो । सुरुवात स्यापेन बाट गरियो , टोस्ट भन्दा नि बोल्ने मौका सबै ले पाए , आफु लाई कहिले एक घुट्को लगाउ जस्तो भाको थियो । रोमान्टिक मूड रे हरेक चोटि ग्लास मुखा छेउ लाने बित्तिकै , खुट्टाँ हिल को घोचाइ भेटियो । लौ अरु ले न पिए सम्म पिउदिन भन्दै हात उठाइ मात्रै राखे ।
च्याङ्ग्रा केरेन तिर हेर्दै - " Although we have stayed together for many years now, the past year as husband and wife has been special. You bring the best out of me . For a year gone by and many more to come - I Love You "
अनी हामी तिर - "Thankx for a special day .... "
केरेन , च्याङ्ग्रा को तर्फ - "You are the smartest and by far the funniest person . You make fun of me , but support me. You sometimes get annoyed by me but take pride in our relationship . You still smile at me the same way you first smiled at me. You bring flowers to me just because you had no reason to make a reason . You regard me as a woman, a person, a friend and your life partner, and I fall back in love with you again. Happy Anniversary "
उनी हरुले एक अर्को मा आफ्नो स्पर्श साटे , इमोसन धेरै बगी रहेको थियो । त्यसै ले मूड अली लाईट बनाउन मै बोल्नु पर्यो - " What about us ?"
- " You guys have embraced me like your family. I am very proud to have friends like you "
अब त सकियो झै लागेर हात अली माथि उठाको थिए , रिया फेरी बोली - " Now it's your trun "। अब कस्को पाली भन्या हो भन्दा त म तिर पो हेर्या रहेछ ।
बोल भने सि बोल्नै पर्यो - "Well, let me quote a word of wisdom that I heard, - If you can fit a cube in a round hole, that is a perfect match... In this case it shows that you guys were meant to be and are a perfect fit for each other. Hope You guys grow old and be a rude old couple. I love you guys "
अब कुर्नु त पर्ने नै थियो उसले नि बोल्ने चान्स पाउनु पर्यो नि ।
रिया - "Let me also speak some words of wisdom - They say strike an average between what a couple think about each other a month before they marry and what they think a year afterward, and you will have the truth about them..... Well you guys are still madly heads over hills about each other and I hope you stay like this forever . Happy Anniversary "
म तिर हेर्दै - " I hope I feel the same about you after we get married "
आयो पेच ..... जवाफ त दिनै पर्यो
- " I hope your husband and my wife understands your emotions towards me "
केरेन - "Thats bad "
म च्याङ्ग्रा तिर हेर्दै अघी मैले देको सप्पोर्ट फिर्ता मागे , हाम्रो हात हावा मा गई मिल्यो । रिया थचक्क बसी ।