Posted by: बैरे August 25, 2009
सफल जिन्दगी भाग २
Login in to Rate this Post:     0       ?        

मुखा पानी पर्दा त मुख पनि झस्कियो होला लौ न नसुती बिहान भयो कि क्या हो भने हो !!! ऐना हेरे , र आफ्नो प्रतिबिम्भ लाई सम्झाए , " Play it Right " Thumbs up दिएर निस्किए बाहिर ।  उु मलाई कुह्री रहेकी थीइ , एक छिन बसी खाजा खायौ । बाहिर को रमणिय द्रिश्य सँगै हामी दुई रमाइ रहेका थियौ ।


उु - " कस्तो रमाइलो ठाउँ रहेछ है यहाँ त "


म केवल उस्लाई हेरी मुस्कुराइ रहे , म त्यो द्रिश्य र मेरी प्रियसी को दाजो गरी रहेको थिए । हार जीत कस्को भयो त्यो ठम्म्याउन सकिन ।


- " Please मलाई त्यसरी नहेर , I Know what you are thinking । मलाई Time चाहिन्छ , I will seriously consider this ."


- "मैले के नै भने र , म त तिमीलाई यो पल सँग दाजो गरी रहेको मात्रै थिए "


उु - " अनी कुन राम्रो त ? "


यथार्थ र सहि जवाफ मा फरक हुदो रहेछ , तर मलाई मेरो प्रश्न को सहि जवाफ थाहा थियो मैले न हिच्किचाई भनी - " तिमी "


उसको जवाफ - " I Know "


केही क्षण हामी त्यही बसी रहयौ , र बाहिर निस्किने तर खर गर्न आट्यौ । तयार भई राख्दा उसले मलाई सोधी - " आज यही खाने कि बाहिर ? "


- "बाहिरै केही खाउ हुन्न र ? " मन मनै सोचे घर मा पकाउदा काट कुट गर्नु पर्‍यो , पकाउनु पर्‍यो , भाडा माज्नु पर्‍यो , हिजो रात भरी उु आउने भनेर सफा सुगर गर्न लाग्या थिए फेरी गर्नु पर्छ भनेर घरमा खाने कुरा उपयुक्त लागेन ।


उु आफ्नो आँखा मा गाजल लगाइ रहेकी थीइ , आँखा को पारीली मा  आइ लाइनर कोर्दै थी , कहिले ब्लश ले गाला टक्टकाउथी भने कहिले कपाल सुम्सुमाउथी । - "के हेरी रहेको , give me  2 mins , जाउ बाहिर बसी राख "


- "किन मैले तिमीलाई हेर्नु हुन्न ?"


- " हुन्छ , तर तिमी लाई केटी को श्रिङ्गार पटार मा किन interst नि ?"


म केही नबोली बाहिर गएर बसे । एकै छिन मा उु बाहिर निस्की - "How do I Look ?" उत्तर - " Beautiful "


उु - " को जस्तै देख्या छु भन त " उत्तर - " रानी मुखर्जी "


उु - "रानी मुखेर्जी कि ऐश्वर्य राय " उत्तर - " ऐश्वर्य राय "


उु फेरी दङ्ग परी, भन्दै मा मेरो केही जाने होइन , उु दङ्ग पर्छ भने त Angelina Jolie नै भनी दिन्थे मेरो के बिग्रन्छ र ? 


हामी डेन्भर डाउन टोव्न घुम्न निस्कियौ , केही बेर यता उता घुमीयो , उसले पोज पोज मा फोटो खिची कत्ती पोज त आफु ले नि मारियो , बाट मा हिडि रहेका लाई खिचिदिन आग्रह पनि गरियो । केही बेर को हिडाइ र फोटो खिचाइ पछी खुट्टो ले सर्नै छाड्यो , खुट्टा ले हड्ताल सुरु गरी सकेको थियो भने पेट पालो कुर्दै थियो , लौ भएन खुट्टो लाई फकाउनु र पेट लाई युद्ध मा सामिल हुन दिनु अघी केही उपाय गर्नु पर्‍यो भनेर हामी एउटा डाईन आउट रेस्तुरन्त मा पस्यौ ।


आफ्नो अर्डर दिएर हामी , त्यो सितल साझ सँगै रमाइ रहेका थियौ ।


उु - " म नहुँदा अरु सँग पनि यस्तै गर्ने गरेको छौ कि क्या हो ?"


हरे भगवान कुरा फेरी अतित तिर जाला भन्ने डर ले - "किन नचाहिने कुरा गरी रहा " भने


उु - " तिमी सँग जिस्किन पनि हुन्न ? "कस्तो un-romantic मान्छे तिमी "


- " त्यसो भन्या होइन , कहाँ अरु सँग आउनु नि हान्न पो खोज्या त "


उु - " एउटा कुरा सोधु "


मुन्ना भाई मा झै मत पुछो भनी दिउ क जस्तो ला थियो तर , मुखबाट - " हुन्छ " भनी उत्तर आयो


उु - " तिमी प्राय जसो बाहिरै खान्छौ हो ?


मैले केही नसोची - " कहिले काही " भनी दिए , फेरी सोधे - " किन ?"


उु - " त्यतिकै सोधेको "


- " तिमीले कहिले त्यतिकै सोध्दैनौ , किन भन त !"


उु - " होइन खासै केही होइन , यसरी सधैं बाहिर खानु हुन्न , अहिले कमाइ छ त्यसइ ले सोच्दैनौ , तर savings को पनि बिचार  गर्नु पर्छ । आफ्नो भविश्य को बारेमा पनि सोच्नु पर्छ , We are not kids anymore "


मलाई उसको कुरा ले चित्त बुझ्यो , हुन पनि हो मैले अब भविश्य को बारेमा सोच्नु पर्ने त थियो , त्यही पनि उस्लाई जिस्काउन - " कमाए पछी खर्च  पनि त गर्नु पर्‍यो नि , आखीर  मरी लानु केही छैन "


उु - " मैले त्यसो भन्या होइन , खर्च  अवस्य गर्नु पर्छ , दु:ख ले कमाको पैसा मा मोज गर्न अर्कै मजा आउछ , आफ्नो पसिना को कमाइ भन्ने याद हुन्छ तर जीवन को कुन कुना मा झरी लुकेर बसेको छ त्यो थाहा हुन्न , त्यो पल नआए  पनि त्यसको लागि जगेणा भने गर्नु पर्छ । फेरी भविश्य भोली तिमी एक्लो हुने छैनउ , आफ्नो जीवन साथी को पनि तिमीले खयाल गर्नु पर्छ , त्यसैले अहिले देखी  saving गर्ने बानी पर्‍यो भने तिमी लाई पछी लाई सजिलो हुन्छ । Its not how much a Man makes, Its how much he saves ....."


- "Save  गर्ने तिमी छ्दैचाउ नि , मैले किन गर्नु पर्‍यो ?"


उु - " अ तिम्रो पैसा मलाई चलाउन दिन्छौ होला नि "


- " मेरो भन्नु नै तिम्रो हो, तिम्रो भन्नु नै मेरो हो , म सँग मेरो तेरो भन्ने कुरा नगर , मलाई मन पर्दैन " अली रिसाएर भने मैले


त्यही बिच वेटरले खाना ल्यायो । खाना खाइ सके पछी , हामी बाहिर निस्क्यौ , म चुरोट सल्काउन लागे ।


- " आज नखाए हुन्न "


- " अली कती मात्रै तान्छु " खाना खाए सि तान्नै पर्ने आफु लाई , उसलाई भने पटक्कै मन नपर्ने


उु - " अघी को कुरा ले अझै रिसाइ रहेको छौ कि क्या हो ? "


- "होइन किन रिसाउनु , तर आइन्दा प्लिज यस्तो तेरो मेरो कुरा चाँही नगर, मैले अघी नै भनी सके जे तिम्रो हो त्यो मेरो हो , जे मेरो हो त्यो तिम्रै हो " हान्न पाको डाइलग किन छोड्ने , दिए मैले नि एकै सास मा


उु - " ल ल , अब देखी गर्दिन, बरु तिमी ले चाँही चुरोट खान कहिले छोड्ने हो ? अब त उमेर पुगी सक्यो अब त न स्टाईल न पोज किन तानी रहनु पर्‍यो ?"


- " पहिला त तिमी लाई केही हुँदैन थियो अहिले चाँही किन एकासी के बिगारयो चुरोट ले तिम्रो ?"


उु - " तिमी ले भन्या होइन जे तिम्रो त्यो मेरो , जे मेरो त्यो तिम्रो , तिम्रो श्वासथ बिगारएे राख्या छ त्यो चुरोटले , तिम्रो र मेरो बिच को हरेक पल चोरी चोरी  पर लागि राख्या छ , तिम्रो चुरोट ले " उसले नि एकै सास मा भनी ।


आफु ले खन्या खाल्डो मा आँफै परीयो , हुन पनि हो अब त यो जिन्दगी मा उसको पनि अधिकार छ , आफु चाँही तेरो मेरो नभन भन्ने फेरी मलाई मन पर्छ भने तिम्रो टाउको किन दुख्ने त भन्नु भएन ।


- " छोडि दिउला , बिहे पछी " मैले नि भनी दिए त लौजा ।

Read Full Discussion Thread for this article