Posted by: crazy_love August 4, 2009
सम्झौता
Login in to Rate this Post:     0       ?        

भाग-१०


लिजा सङ छुट्टिएपछि सार्थक आफ्नो अफिस फर्क्यो। म्युजिक डाइरेक्टर कुरिरहेको थियो, आबश्यक बुँदाहरुमा छलफल गर्‍यो। छायाँकनको लागि अझै मिति तोक्न सकेन। उसले पछि खबर गर्ने आश्वास्वन दियो र म्युजिक डारेक्टर उ सङ बिदा भयो। बास्तबमा उसको अलबम उसको योजना भन्दा पछि परिरहेको थियो। सबै कुरा लगभग सकिसकेको थियो भिजुलाइजेसन मात्र बाँकि थियो। त्यसको लागि उ पहिला त्रिस्नाको काम सकाउन चाहन्थ्यो। तर प्रबेशले अझै उसलाइ केहि खबर गरेको थिएन। सार्थकले प्रबेशलाइ आफै फोन गर्‍यो।


"सर, मैले तयारी गरिसकेको छु। तर त्रिस्ना लाइ सन्चो नभएर अलि दिन कुर्नु पर्ने भयो।" नमस्ते आदान प्रदान गरे पछि प्रबेशले उसलाइ खबर दियो।


"के भयो त्रिस्नालाइ?" सार्थक चिन्तित भयो।


"खोइ? पेट दुख्छ रे, त्यो केटि त सार्है रोगी रैछे। जहिले पनि केहि न केहि भइरहेको हुन्छ।" प्रबेशको जवाफ थियो।


"डाक्टरलाइ देखायो त?" सार्थक अरु जान्न चाहन्थ्यो।


"अस्ति बलबहादुर दाइले बिर अस्पताल लगे क्यारे, कुनि के हो औषधीहरु दिएर पठाएको छ, निको हुन्छ भनेको छ रे।" प्रबेशले भन्यो।


"पानि फोहोर भयो कि? खाना मिलेन कि? कहाँ बस्छन् उनिहरु?" यी सबै कुराहरु एकै चोटि सोध्यो सार्थकले।


"त्यही सुन्धाराको एउटा सस्तो लजमा बस्छन्। अब काठ्मान्डुमा राम्रो ठाँउमा खान महङो छ। जहाँ पायो त्यहीँको खाना र पानी त्यस्तै दुषित नैं हुन्छ। तर त्यो केटि गाँउमा पनि बिरामी भइ रहन्थी रे सानैदेखि।" प्रबेशले आफुले पाएको जानकारी दियो।


"त्यस्तिले के स्वास्थ्य सेविकाको काम गर्ली?" सार्थकले सोच्यो, अनि फेरि सोध्यो। "अब कति दिन कुर्ने त?"


"म तपाइलाइ दुइ/ तिन दिनमा खबर गर्छु।" भन्दै उताबाट प्रबेशले फोन राख्यो।


त्रिस्ना बिरामी छे, तर उ अनभिज्ञ छ। थाहा पाएर पनि उ के गर्न सक्छ उसको लागि। गएर भेटु भने उनिहरुले अरु आशा गर्लान् भन्ने पीर। नगरु भने त्रिस्ना को छ यो संसारमा? बलबहादुरलाइ केहि भइ हाल्यो भने त्रिस्ना एक्लि हुन्छे। कसरी बाँच्ली एक्लो जिबन? तर बिकल्प के छ त? कसरी उ आफ्नो कर्तब्यलाइ निभाउन सक्छ ? त्रिस्ना उसकी छोरी, श्रेया पनि उसकी छोरी। दुबैको जिबनमा उसको भुमिका उत्तिकै महत्वपुर्ण छ। तर कति टाढा बनाएको छ समयले उसलाइ त्रिस्नाको जिबनबाट? श्रेयालाइ अलिकति रुघा लागेपनि उसको मन दिनभरि बेचैन हुन्छ। उ जहाँ गए पनि घरि घरि फोन गरेर सोधि रहन्छ। तर त्रिस्ना बिरामी भइ रहन्छे, उ खालि दुबिधामा परिरहेको हुन्छ। के गर्ने के नगर्ने भनेर?


साँच्चि त्यस्तो रोगी मान्छेले के गरेर खाली जीबनमा? गाँउको जीबन गार्हो छ। काम नगरी खाने आधारहरु हुन्नन्। कि त्रिस्नालाइ यही कतै राख्नु पर्‍यो? काठमान्डु मैं कुनै छात्राबासमा। उसको नजरमा त हुन्छे उ। बिरामी भइ भने उपचारको लागि अस्पताल हुन्छ। सार्थक आफै प्रत्यक्ष उसलाइ हेरबिचार गर्न नसके पनि कसैलाइ कामको जिम्मा दिन सक्छ। रमेशलाइ अर्हाए पनि हुन्छ। बेला बेलामा भेटेर हालखबर पनि बुझ्न सक्छ। यदि पढी भने यसो कसैलाइ भनसुन गरेर सजिलो काम पनि लाइ दिन सक्छ सार्थकले। तर यो सबै कुरा आभा, श्रेया र समिर कसैले पनि थाहा पाउनु हुन्न। त्रिस्ना मान्छे त? यदि यो बिकल्प राख्यो भने त्रिस्नाको जिबनमा परिबर्तन आउला? उ पनि आफ्नो पश्चातापबाट मुक्त हुनेछ। यो सबैको लागि रामो हुनेछ।


उसले रमेशलाइ बोलायो, वालेटबाट केहि पैसा निकालेर दियो र भन्यो, "बलबहादुर र त्रिस्ना सुन्धारातिर कतै सस्तो लजमा बस्छन् रे। त्रिस्नालाइ सन्चो छैर रे। उनिहरु बसेको ठाँउ पत्ता लगाउनु र यो पैसा खर्चको लागि दिनु। पैसा सकियो होला, काठ्मान्डु आएको पनि धेरै भइसक्यो।"


"सुन्धारा कतातिर होला दाइ?" रमेशले सोध्यो।


"त्यो त मैले सोधिन। म प्रबेशको नम्बर दिन्छु तिमी आफै फोन गरेर सोध।" सार्थकले रमेशलाइ नम्बर टिपायो।


रमेश गयो, तर सार्थक सोचिरह्यो, त्रिस्ना र उसको सम्बन्ध, कति जटिल कति संबेदनशील।


क्रमश:


 

Last edited: 04-Aug-09 11:27 AM
Read Full Discussion Thread for this article